आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा मधेसवादी दलबीच एकीकरणको प्रस्ताव आएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका सांसद अभिषेकप्रताप साहले सम्पूर्ण मधेसवादी दललाई एक भई समावेशी पार्टी निर्माण गर्न आह्वान गरेका हुन् । उनले यसो नभए आगामी निर्वाचनमा मधेसवादी दलहरुको अस्तित्व समाप्त हुने चेतावनी समेत दिएका छन् ।
मधेसी दललाई पसलको संज्ञा दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्तित्व जोगाउन आफ्नो दुकान बन्द गरेर समावेशी पार्टीको निर्माणमा लाग्न सबै नेतालाई आग्रह गरेका छन् ।
कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने सांसद साहले भनेका छन्– ‘सारे मधेसी नेता अपनी अपनी दुकान बन्द गरेर एक समावेशी पार्टीको निर्माण गर, नत्र अस्तित्व समाप्त हुने निश्चित छ ।’
निर्वाचन आउनै लाग्दा तराईमा मधेसवादी दलहरु आ आफ्नै तरिकाले प्रचार प्रसार तथा पार्टी प्रवेश गराउनमै व्यस्त छन् । तुलनात्मक रुपमा उपेन्द्र यादव नेतृत्वको फोरम बलियो देखिएको छ । आफ्नो पार्टी बलियो अवस्थामा रहेको बेला सांसद साहले मधेसमा एक मात्र समावेशी पार्टी बनाउन प्रस्ताव गरेका हुन् ।
यो प्रस्तावलाई मधेसका बुद्धिजिवी र मधेसी दलका कार्यकर्ताले मन पराएका छन् । नेताहरुबाट भने कुनै प्रतिक्रिया आएको छैन् ।
मधेसवादी दलहरुबीच आफैमा प्रतिस्पर्धा तथा प्रतिष्ठाको लडाइँ हुँदा मधेसका मुद्दा ओझेलमा परेको आरोप पनि बेला बेला लाग्ने गरेको छ । यस्तो बेला आएको साहको प्रस्तावलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment