Wednesday, April 5, 2017

पूर्व राजा शाहले बुधबार बिहानै सन्देश दिँदै के भने ?


पूर्वराजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी रहेको टिप्पणी गरेका छन् ।

रामनवमीका अवसरमा बुधबार बिहान शुभकामना सन्देश दिँदै पूर्व राजा शाहले भनेका छन्, ‘त्यसैले भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा छड्कारो आवश्यकताको रुपमा देखापरेको छ ।’

‘रामनवमी जस्तो पूनीत पर्व विशेषले नेपाली भूलोकमा सबैलाई “सबैको हित गरौं” भन्ने दीव्य आदर्श दिन सकोस् यही मेरो कामना छ’, शुभकामना सन्देशमा भनिएको छ ।

‘त्रेता यूगमा यो धरतीमा लोकहितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दीव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गुण एवम् गरिमाको सम्झना गराउँदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ’, पूर्व राजा शाहले भनेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment