कारण उनले घुम्ने तथा अन्य काम गर्नबाट बन्चित हुनु पर्यो । उनी जतिनै मोटी भएपनि एम्बरका बुवाआमा तथा प्रेमीले उनको साथ छोडेका थिएनन् । मोटोपनकै कारण उनले आफ्नो पढाई भने छोड्नु पर्यो ।
एम्वरले सन् २०१४ मा माई ६०० पाउण्ड नामक रियालीटि शोमा भाग लिएकी थिइन् । यस कार्यक्रममा भाग लिने बढि तौल भएका व्यक्तिले डाक्टर तथा विज्ञको सल्लाहले आफ्नो तौल घटाउने प्रयास गर्दछन् ।
एम्बरलाई पनि ग्याष्ट्रिक वाइपासको माध्यमबाट उनको शरिरमा भएको अनावश्यक बोसो काटेर फाल्ने काम गरियो । जब उनी मुस्किलले डाक्टर कहा पुगिन्, सर्जरी गर्नुअघि उनले ३ महिनामा ९ केजी तौल घटाउने लक्ष्यका साथ अघि बढिन् । सर्जरीका सुरुका दिनमा उनलाई सहन गाह्रो हुन्थ्यो भने विस्तारै उक्त प्रक्रिया सामान्य अवस्थामा रह्यो ।
१२ महिना लामो यस प्रक्रियाबाट एम्वरले करिब १२१ तौल घटाइन् । हाल उनको तौल १७७ केजी छ। सबैकुराबाट बन्चित एम्वर आफ्नो तौल घटेसंगै उनी पुन सामान्य अवस्थामा फर्किएकी छिन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment