Wednesday, April 26, 2017

तपाईंजस्तै ठ्याक्कै अर्को व्यक्ति खोजिदिने यो वेबसाइटः पाइयो यस्तो अपत्यारिलो नतिजा


आफ्नो जस्तै अनुहार भएको व्यक्ति देख्दा निकै रोमाञ्चक अनुभव हुनसक्छ । साधारणतया सेलिब्रिटीले मात्र यस्तो मौका पाएका हुन्छन् किनभने उनीहरु जस्तै देखिने चाहना धेरैको हुन्छ र थोरै मेल खाँदा पनि उनीहरु चर्चामा आएका हुन्छन् ।

तर यदि कसैले चाहेको खण्डमा जोसुकैले आफ्नो डुप्लिकेट खोज्न सक्छन् । यसका लागि तपाईंलाई ट्विन स्ट्रेन्जर्स डट नेट ( twinstrangers.net) ले सहयोग गर्नेछ ।

सन् २०१५ को अप्रिलमा नियाम गिनी नामक एक २६ वर्षीय विद्यार्थी र टेलिभिजन प्रस्तोताले आफ्ना दुई साथीसँग मिलेर ट्विन स्ट्रेन्जर्स नामक प्रोजेक्ट सुरु गरेका थिए । केही महिनाभित्रै उनीहरु आफ्नो प्रोजेक्टले काम गरेको देखेर जिल परे । प्रोजेक्ट सुरु गर्ने व्यक्तिले नै आफ्ना एक होइन दुईजना लुकअलाइ भेटे ।

यस्तै डबलिनकी नियामले आफ्नो पहिलो डुप्लिकेट पाइन् कारेन ब्रेनिगनको रुपमा । दुबैको भेट पनि भयो र उनीहरुको फोटो सोसल मिडियामा भाइरल पनि भए । माथिको तस्बिरमा नियाम बायाँ र कारेन दायाँपट्टी छन् ।

यतिमात्र होइन, केही समयपछि इटलीकी लुइसा गिजार्डीले उनको वेबसाइटमार्फत उनीहरुलाई सम्पर्क गरिन् । नियाम यो देखेर अचम्म भइन् कि लुइसा पनि काटीकुटी उनीजस्तै देखिन्थिन् । नियाम लुइसालाई भेट्न इटाली पनि गइन्  जहाँ लुईसाकी आमाले नियामलाई देखेर आफ्नै छोरीजस्तो लागेको बताइन् ।

यो वेबसाइटमा यस्तै प्रकारका अन्य ‘अपरिचित जुम्ल्याहा’ का तस्बिर र भिडियो छन् ।


यो वेबसाइटमा रजिस्टर गरेपछि आफ्ना केही फोटो अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले केही विकल्पमाथि क्लिक गर्नुपर्ने हुन्छ । यसमा तपाईंको अनुहारको ढाँचा बारे सोधिन्छ जस्तै अनुहारको आकार, आँखा र आँखी भौंको प्रकार ।

तपाईंलाई दिइएको विकल्पमा सबैभन्दा उपयुक्तमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो डाटाबेसमा तपाईंको अनुहारसँग मिल्दो जुल्दो अनुहार छानेर देखाउनेछ ।

स्मरण रहोस् यो वेबसाइटको सुरुवाती सुविधा निःशुल्क दिइएको छ । यसको डाटाबेसमा गहिरो अनुसन्धान गर्नका लागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ । साथै, तपाईंको डुप्लिकेट पाइन्छ नै भन्ने पनि कुनै ग्यारेन्टी हुँदैन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment