उपचारमा संलग्न डाक्टरले देवीको स्वास्थ्यमा आएको सुधारलाई आश्चर्यजनक सुधारको रुपमा लिएका छन् । देवीको अप्रिल ९ को बिहानै होस् आयो । होस् आउँदा उहाँको छेउमा श्रीमान लोकेन्द्र हुनुहुन्थ्यो । अस्पतालका कार्यकारी निर्देशक डाक्टर सेर्वाज विच्छुले यो आश्चर्य जनक सुधार भएको बताउनुभयो ।
‘अस्पतालमा ल्याउँदा उनी बाँच्ने कमै आश थियो’ डक्टर बिच्छुले भन्नुभयो, – ‘त्यहि पनि हामीले भर्ना गरेका थियौं । नभन्दै श्रीमानको लगन र अठोटका कारण केस सफल भयो ।’श्रीमानले उनको ज्यान गए आफूपनि सँगै प्राण त्याग्ने बताएको अस्पतालले जनाएको गल्फ न्युजमा समाचार छ । यो अवधिमा श्रीमान लोकन्द्र पनि सँगै अस्पतालमा बस्नुभयो ।
देवी र लोकेन्द्रसँगै चेन कफिसपमा काम गर्नुहुन्थ्यो । कामकै शिलशिलामा भेट भएका लोकेन्द्र र देवीले गएको जुन महिनामा विवाह गर्नु भएको थियो ।
गएको जनवरीमा काम गरिरहेको बेला देवी अचानक विरामी हुनुभयो । उहाँलाई उच्च ज्वरो र वान्ता भयो । बिरामी हुँदा देवी ६ महिनाको गर्भवती हुनुहुन्थ्यो ।
देवीलाई श्रीमानले अस्पताल पुर्याउनु भयो । अस्पताल पुर्याएको तीन दिन पछि उहाँलाई विरामले झन साह्रो पार्यो । त्यसपछि देवीलाई आइसियुमा भर्ना गरियो ।
उपचारमा संलग्न डाक्टरका अनुसार उहाँलाई स्वासप्रस्वास सम्बन्धी समस्या थियो । गर्ववतीको अवस्थामा यो कसै कसैलाई हुन सक्छ । उहाँको फोक्सो सुनिएर पानी भरिएको थियो । मुटु पनि कमजोर भएको थियो । चाल पनि स्थिर थिएन । मृगौला र कलेजो पनि संक्रमित थियो । उहाँको जिवीत रहने संभावना कम थियो ।
यो सबै अवस्थाको उपचार गर्न देवीलाई कोमामा पठाउन र अक्सीजन दिन पनि जुरुरी भयो । धेरै वटा अंगले एक साथ काम गर्न छाडेपछि देवीको अप्रेसन गरियो तर बच्चा बजाउन सकिएन ।
सामान्यत यस्ता विरामीलाई १४ दिन मात्रै भ्यान्टिलेटरमा राखिन्थ्यो । तर देविलाई तीन महिना बढि राखियो ।
गएको अप्रील ९ देखि उहाँको स्वास्थ्यमा सुधार भएको छ । आइसियुबाट सामान्य रुममा लगिएको छ । मांसपेशी बलियो पार्नको लागि फिजियो थेरापी गरिरहेको छ । यो सकिएपछि देवी नेपाल फर्किनु हुनेछ ।
गएको सय दिनको उहाँलाई केहि याद छैन । मात्र एउटा सपना याद छ । रेलमा यात्रा गरिरहेको कुरा मात्रै याद भएको देवीले बताउनुभयो ।
देवीले विदेश जानु पहिले काठमाडौंमा बोर्डिङ स्कुल सञ्चालन गर्नु भएको थियो । तर अहिले बन्द गरिएको छ । आफू पुरै ठिक भएपछि देवीले खोटाङ फर्किएर अंग्रेजी भाषाको निजि विद्यालय सञ्चालन गर्ने लक्ष रहेको प्रतिक्रिया दिनुभयो ।
खोटाङमा राम्रो अंग्रेजि भाषाको विद्यालय नभएकाले प्लेग्रुप देखि १२ कक्षा सम्मको अंग्रेजि भाषाको विद्यालय खोल्ने योजना सुनाउनु भयो ।
तर उहाँको उपचारमा संलग्न डक्टर प्रभुले देवीलाई पूर्णरुपमा स्वस्थ हुन अझै ६ महिना लाग्ने बताएका छन् । श्रोत: उज्यालो अनलाइन
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment