तर यो फोटो कहाँको हो र खसले खिचेको हो भन्नेबारे धेरैलाई थाहा छैन। २४ अगष्ट २००१ मा विन्डोज एक्सपी बनारमा आउँदा यो फोटो डिफल्ट डेस्कटप वालपेपरको रुपमा आएको थियो।
यो फोटोका बारेमा धेरै अनुमानहरु पनि गरिएका थिए। तर अधिकांश अनुमानहरु गलत थिए। यो फोटो अमेरिकाका फोटोग्राफर चार्ल्स ओरियरले खिचेका हुन्। उनी कुनै कामले क्यालिफोर्निया जाँदा सानोमा कन्ट्रीमा यो दृश्य देखेर उनले फोटो खिचेका थिए। उनले यस्ता चार फोटो खिचेका थिए।
चार्ल्सका लागि यी फोटो सामान्य थिए। उनले केही दिनमा यी फोटो बिल गेट्सको इमेज लाइसेंसिग सर्भिस ‘कोर्बिस’मा अपलोड गरिदिए।
माइक्रोसफ्टका एक अधिकारीलाई यो फोटो मन पर्यो। त्यहाँका अधिकारीहरुले यो फोटोबारे छलफल गरे। लगभग सबैलाई फोटो मन परेपछि उनीहरुले बिल गेट्सलाई यो फोटो पठाए।
बिल गेट्सलाई पनि फोटो मन परेपछि उनीहरुले फोटो किन्नको लागि चार्ल्सलाई सम्पर्क गरे। चार्ल्सलाई माइक्रोसफ्टले यो फोटोको लागि ठूलै रकम दिएको थियो तर त्यो रकम चार्ल्सले अहिलेसम्म खुलाएका छैनन्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment