Sunday, April 9, 2017

चुनावको मुखैमा काठमाडौंमा एमाले फुट्यो !

काठमाडौं २७ चैत– स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेको काठमाडौं जिल्ला कमिटि विभाजित भएको छ ।

पार्टी भित्रको विबाद चर्केपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको हो ।

नयाँ बजारको नेपाः ब्याङ्केटमा आइतवार एक कार्यक्रमकाबीच बसन्त मानन्धरको नेतृत्वको ३८ सदस्सीय समानान्तर कमिटी घोषणा गरिएको हो ।

केपी ओली समूहले आफूहरुलाई पेलेको र तीन बर्षमा हुनुपर्ने अधिवेशन ८ वर्षसम्म नगरेको नेपाल समूहको आरोप छ । एमाले काठमाडौंमा ओली पक्षका अध्यक्ष कृष्ण राई रहेका छन् । कार्यक्रममा माधव नेपाल, झलनाथ खनाल र योगेश भट्टराईको सहभागिता रहेको थियो ।
आइतवार, चैत्र २७, २०७३ मा प्रकाशित

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment