पाल्पा – छुट्टाछुट्टै दुई दुर्घटनामा पाल्पामा आइतबार पाँचको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार ट्रिपर दुर्घटनामा एकै घरका तीनसहित चारको मृत्यु भएको छ ।
ट्रिपर दुर्घटनमा मृत्यु हुनेमा चालक तिनाउ गाउँपालिका–६ मस्यामका पुरन सारू ९२६०, उनकी श्रीमती बालकुमारी ९२४०, पाँच वर्षीय छोरा हेमेस र सहचालक प्रेमबहादुर कनौजे ९२२० छन् । गम्भीर घाइते उनीहरूलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु भएको बताएको प्रहरीले जनाएको छ ।
पाल्पाको झुम्साबाट मरेकतर्फ जाँदै गरेको लु।१ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ मा दुर्घटनामा परेको हो । कच्ची सडकखण्डमा अनियन्त्रित भएर ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका सइ प्रवीण आचार्यका अनुसार अर्को ट्रिपरलाई साइड दिन लाग्दा सो दुर्घटना भएको हो । नयाँ पत्रिकाले छापेको छ ।
पाल्पामा आइतबार नै रिद्दिकोट गाउँपालिका–७ चाचरीमा जिप दुर्घटना भएको छ । लु।१ज १५८१ नम्बरको जिप दुर्घटनामा स्थानीय दानबहादुर गाहाको मृत्यु भएको पाल्पा प्रहरीका सइ प्रवीण आचार्यले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुईजना घाइते भएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment