मतदाता सूचीमा रेणु भरतपुर महानगरपालिको बासिन्दा हुन् । ‘मलाई पार्टीले भरतपुर महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ’, काठमाडौंबाट चितवन प्रस्थान गहेकी रेणुले भनिन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १ मा कांग्रेसका नेता प्रकाशमान सिंहसँग नराम्रोसँग पराजित भएकी रेणले बाबुको गृह जिल्ला ताकेकी हुन् ।
रेणु माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव हुन् ।
२०३३ सालमा चितवनको शिवनगरमा जन्मिएकी रणुको बाल्यकाल र पढाई चितवनमै भएको थियो । एसएलसी परिक्षा दिने वित्तिकै उनको अर्जुन पाठकसँग विवाह भएको थियो । उनका दुई बच्चा छन् ।
स्रोतका अनुसार रेणुकी आमा सीता दाहालले जसरी पनि चितवन महानगरपालिकाबाट जिताउन दवाद दिएकी छिन् । रेणुलाई टिकट दिनका लागि शनिबार दिनभरि बालुवाटारमा बाबु, आमा र दिदीसँग कुराकानी भएको थियो । मधेसी मोर्चा र सत्तारुढ दलहरूको बैठक चलिरहेका बेला शनिबार साँझ रेणु दाहाललाई आमा सीता दाहालले आफ्ना गाडीमा राखेर छाड्न गएकी थिइन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment