Monday, April 10, 2017

पति म्यादी प्रहरीमा भर्ना हुन हिँडेपछि पत्नीले निम्त्याइन् यस्तो घटना

तेह्रथुम । प्रहरी र स्थानीयबीच शुक्रबार बेलुकी झडप भएपछि आठराई गाउँपालिकास्थित सक्रान्ति बजारको जनजीवन प्रभावित भएको छ । शनिवार असुरक्षित हुने भन्दै अधिकांश व्यवसायीले उद्योग व्यवसाय, पसल र यातायात ठप्प पारेका छन् ।

गत चैत १७ गते आठराई गाउँपालिका–१, सक्रान्तिबजार–३ की सरिता तामाङ घरैमा झुण्डिएको अवस्थामा फेला परेपछि उनको हत्या भएको भन्दै दोषीमाथि कारबाहीको माग राखी माइती पक्ष र स्थानीयले आन्दोलन गरेका थिए ।आन्दोलनकारीले प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले अश्रु ग्याँस र लाठी चार्ज गरेको थियो ।

सोही घटनालाई लिएर स्थानीय त्रसित भएका हुन् । प्रत्येक शनिवार सक्रान्तिबजारमा ठूलो बजार लाग्ने गथ्र्यो तर उक्त बजारसमेत असुरक्षाको कारण देखाउदै आज प्रभावित भएको उद्योग वाणिज्य संघ संक्रान्ति बजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए ।

 उक्त झडपका क्रममा सवारी चालक माथि प्रहरीले कुटपिट गरेको भन्दै चालक र व्यवसायीले यातायात सेवा ठप्प पारे ।
बन्दका कारण आठराईबाट पाँचथर, इलाम, झापा र तेह्रथुम सदरमुकाम म्याङलुङका लागि छुट्ने दर्जनौ सवारी साधन सञ्चालनमा आएनन् ।

 निर्दोष चालक माथि भएको कुटपिटको छानबिन र सवारी साधनको सुरक्षाको प्रत्याभूत नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने कञ्चनजंगा यातायात संक्रान्तिबजार काउन्टरका इन्चार्ज राजेन्द्र लिम्बुले चेतावनी दिए ।

यता, इलाका प्रहरी कार्यालय प्रमुख निरीक्षक डम्बर पुरीले सुरक्षाको अवस्था सबै सामान्य भएको बताए । उनले बजार र यातायात बन्द गर्नुपर्ने गरि असुरक्षाको अवस्था नरहेको बताए । प्रहरीले शुक्रबार पक्राउ गरेका सागर थिंलाबु, चन्द्र तामाङ, खड्ग कटुवाल, नरेन्द्र सम्बाहाम्फे, विनोद तामाङ र डम्वर तामाङलाई आज रिहा गरेको छ ।

विभिन्न राजनीतिक दल लगायतको सर्वदलीय छलफल पश्चात अब उपरान्त अनैतिक गतिविधि नगर्ने शर्तमा रिहा गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए ।

घटना यसरी भएको थियो

इलाम नगरपालिका–३ माइतीघर भएकी १८ वर्षे सरिता चैत १६ गते दिउँसोबाटै हराएको परिवारको भनाइ छ । उनलाई १७ गते घरको माथिल्लो तलामा घुँडा खुम्च्याएर झुण्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले घटनाको स्थलगत मुचुल्का गरी पोष्टमार्टम समेत गरेर सरिताको शवको दाहसंस्कार समेत भइसकेको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सरिताको ११ महिनाको बच्चा छ । सो दिन उनका श्रीमान् कुलबहादुर तामाङ भने म्यादी प्रहरीमा भर्ती हुन सदरमुकाम म्याङलुङ्ग गएका थिए ।

 घरमा रहेका सासु, ससुरा र नन्दले सरिताले आत्महत्या गरेको बताएपनि स्थानीयबासी, महिला अधिकारकर्मी, नागरिक समाज र माइती पक्षले भने सरिताले आत्महत्या गरेको नभई हत्या भएको आशंका गर्दै चैत २० गते नै प्रहरीमा किटानी जाहेरी गरेका थिए ।

उजुरीपछि प्रहरीले दोषीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाउनुको सट्टा परिवारसँग मिलेर कारबाही प्रक्रियालाई आलटाल गरेको स्थानीयको आरोप छ ।अाजकाे  नयाँपत्रिका दैनिकमा खबर छ ।

 

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment