इरानको सरकारी टेलिभिजनमा बोल्दै रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिई अमेरिकाको नेतृत्व गर्ने व्यक्तिले आतंकवादसंग लड्ने दाबी गरेपनि सिरियामा आक्रमण गरेर उनीहरुलाई नै किन सहयोग गरेको भन्ने प्रश्न गरे ।
अमेरिकी पहिलो कदमबाटै आतंकवादीलाई समर्थन गरेको देखिएको ईरानी राष्ट्रपतिको जिकिर थियो ।
अमेरिका समर्थित सिरियाली विद्रोहीलाई इरानले आतंकवादी समुह मान्दै आएको छ । रुस र इरान सिरियाली राष्ट्रपति बशर अल असादको पक्षमा छन् ।
अमेरिकाले शुक्रवार गरेको मिसाइल आक्रमणका कारण पाच जनाको मृत्यु भएको थियो ।
सिरियामा विद्रोही नियन्त्रित खान शेखौन शहरमा सिरियाली सरकारी सेनाले संदिग्ध रासायनिक आक्रमण गरेको जवाफमा अमेरिकाले उसको हवाई अड्डा लक्षित गरि आक्रमण गरेको जनाएको छ ।
आक्रमणमा परि कम्तिमा ८९ जनाको मृत्यु भएको छ । तर सिरियाले भने रासायनिक आक्रमण गरेको अस्वीकार गर्दै आएको छ ।
- Next पति म्यादी प्रहरीमा भर्ना हुन हिँडेपछि पत्नीले निम्त्याइन् यस्तो घटना
- Previous पाकिस्तानी पूर्व कर्णेल नेपाल-भारत सीमाबाट बेपत्ता
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment