जिल्ला युवा समितिको कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको शैक्षिक प्रमाणपत्रको धितो राखेर युवाहरुलाई ऋण दिने कार्यक्रम कार्यान्वयन चरणमा आएको हो ।
जसअनुसार गुल्मीमा एक वडा १० युवा एक उद्यम कार्यक्रम सुरु भइसककेको जानकारी दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका युवाहरुको लागि प्रस्ताव आब्हान गरिएको थियो । प्राप्त व्यवसायीक प्रस्तावहरु मध्येबाट पाँच वटा प्रारम्भिक छनौटमा परेको परिषदका अध्यक्ष राजेन्द्रबिक्रम कुँवरले बताए ।
व्यवसायीक प्रस्तावलाई अन्तिम निर्णयका लागि राष्ट्रिय युवा परिषदको केन्द्रीय कार्यालय काठमाण्डौं पठाइएको अध्यक्ष कुँवर बताए । खास गरी यो कार्यक्रमले युवाहरुको सीप, क्षमता, नेतृत्व एवं उद्यमशिलता विकासको उदेश्य बोकेको कार्यालय प्रमुख रामप्रसाद पाण्डेयले बताए ।
सरकारको नीतिअनुसार राष्ट्रिय युवा परिषद्ले १६ देखि ४० बर्ष उमेर समूहका युवाहरुकोबीचमा काम गर्ने र उक्त कामको कार्यान्वयन गुल्मीमा जिल्ला युवा समितिको कार्यालयले गर्ने पाण्डेयले जानकारी दिए ।
परिषदले रोजगारीको खोजीमा दिनानुदिन विदेशीदै गरेका युवाहरुको क्षेत्रमा सीपमूलक तालिम, व्यवसायीक ऋण, सरकारी तथा गैरसरकारी निकायको सहयोग एवं अनुदान केन्द्रित गराई स्वदेशमै रोजगार तथा स्वरोजगारका अवसरहरु सिर्जना गर्ने उद्देश्य राखेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment