वरिष्ठ पत्रकार भरत शाक्यले काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमकाबीच एल्बमको विमोचन गरेका हुन्। उक्त एल्बममा गायक स्वयंको शव्द संगीतमा 'ज्यान साइली'सहित पाँचवटा गीतहरु समावेश छन्।
आधुनिक र लोकधारको नेपाली मौलिक संगीत शैलीलाई आत्मसाथ गरी गीतहरु तयार गरिएको गायक कटेलले बताए। म्युजिक भिडियोमा युवा र युवतीबीचको माया प्रेमलाई दर्शाउन खोजिएको छ।
'ज्यान साइली' बोलको गीतको भिडियोमा नायिका हर्षिका श्रेष्ठ र पवित्र भण्डारीले अभियन गरेका छन्।
दोलखाको खरीढुंगामा छायांकन गरिएको भिडियोको निर्देशन भरत शाक्यले गरेका छन्। गायक तथा संगीतकार कटेलको यो पहिलो एल्बम हो। आउँदा दिनमा गायन र संगीत सिर्जनमा लागि रहने कटेलले बताएका छन्।
भिडियो
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment