Tuesday, April 25, 2017

सप्तरीमा यो के हुदै छ ?बस र भ्यान ठोकिँदा एक युवकको मृत्यु यसको रहस्य

  राजविराज, १२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका– १ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस ठोकिँदा सोही गाउँपालिका– ३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नंको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नंको भ्यानमा ठोकिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा परी सीतापुरकै रवीन्द्र चौधरी घाइते भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment