Tuesday, April 25, 2017

यो यो हनी सिंहका बारेमा रोचक तथ्य जानिराख्नुस्

संगीत निर्माता, गायक, फिल्म अभिनेता र –यापर यो यो हनी सिंह युवाहरूका प्रिय गायक हुन् । पार्टीहरूमा यो योका गीत प्रायः बजेकै हुन्छन् ।

उनी प्रायः चर्चा र विवादमा रहिरहेका हुन्छन् । अहिले चाहिँ उनी लाइमलाइटमा त्यति छैनन् तैपनि उनको चर्चा चलिरहन्छ । उनको जीवनी पनि छिट्टै सार्वजनिक हुन लागेको छ । यहाँ हामी उनीसम्बन्धी केही रोचक तथ्य लेख्दैछौं ।

यो यो हनी सिंह सन् १८८३ मा पञ्जाबको होशियारपुरमा जन्मेका थिए ।
उनको खास नाम हृदेश सिंह हो ।

ट्रिनिटी स्कूल अफ युकेमा संगीतको पढाइ गरेका हनीले रेकर्डिङ आर्टिस्टका रूपमा करीयर शुरु गरेका थिए ।
सन् २००० मा १२ कक्षा पास गरेपछि दिल्लीबाट उनले कमर्सको पढाइ गरेका थिए ।

उनलाई पढाइलेखाइमा खासै रुचि थिएन र उनी यसै कारण घरबाट भागेका पनि थिए ।
स्कूलमा छँदा उनी बलिउड कलाकार अमोल पालेकरको नक्कल खुबै उतार्थे ।
हनी सिंहलाई तीव्र गतिमा गाडी चलाउन खुबै मन लाग्छ र पहिले त उनी दिल्लीका सडकमा बेतोड गाडी दौडाइरहन्थे । सन् २००३ को क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई हराएपछि उनले आफ्नो व्यागन आर कार बेतोडले कुदाएका थिए ।
दिल्लीमा वार अफ डीजे नामक प्रतियोगितामा दोस्रो भएपछि हनी सिंहले संगीतमा करीयर शुरु गरेका थिए ।
यो योको अर्थ योर वोन (तपाईं सबैको) हो ।
अभिनयको शुरुवात उनले पञ्जाबी फिल्म मिर्जाबाट गरेका थिए । त्यसमा उनी ग्याङस्टरका रूपमा देखिएका थिए ।
बलिउड फिल्म मस्तानको एक गीत गाउन उनले ७० लाख भारु लिएर सबभन्दा बढी फीस लिने कलाकार बनेका थिए ।

हनी सिंह विवाहित छन् तर उनकी पत्नी लाइमलाइटबाट टाढा छिन् । केही समयपहिले हनीको बिहेका तस्वीरहरू सार्वजनिक भएका थिए । मानिसले यो झुट हो भनेपनि हनी आफैंले बिहेको पुष्टि गरेका थिए ।
उनकी पत्नीको नाम शालिनी सिंह तलवार हो र उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । आफ्नी पत्नीलाई इन्डियाज् र स्टार नामक टिभी शोमार्फत उनले सार्वजनिक गराएका थिए ।
हनी अहिले बाइपोलर डिसअर्डर नामक रोगबाट ग्रस्त भएका कारण लाइमलाइटबाट टाढा छन् । धेरै रक्सी र ड्रग खाएका कारण उनलाई रोग लागेको बताइन्छ । उनी अहिले रिह्याब सेन्टरमा छन् ।
यो योको एल्बम इनटरनेसनल भिलेजर अहिलेसम्म सर्वाधिक कमाइ गर्ने पञ्जाबी एल्बमको रूपमा चर्चित छ ।
साथीहरूका लागि उनले जे पनि गर्ने बताइन्छ । चेन्नई एक्सप्रेस फिल्मको लुंगी डान्स नामक गीत उनले शाहरुख खानसँगको मित्रताका कारण गाएका थिए र यसका लागि जम्मा १०० रुपैयाँ लिएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment