Tuesday, April 11, 2017

मलार्इ त मारे तर हजुरहरुले आफ्नो छोराछोरी बचाउनुहोस् (भिडियो)

गोंगबुमा आमासँगै बस्दै आएका १४ वर्षका कुन्दन थापा मगर बुधबार बिहानसम्म हाँसीखुसी थिए । तर बुधबार मध्यान्ह एउटा यस्तो दुर्घटना भयो, जहाँ कुन्दनले आफ्नो ज्यान गुमाए ।

 कुन्दन सामाखुशीस्थित नेपाल प्रहरी अस्पतालमा कक्षा ८ मा पढ्दथे । केही दिनअघि मात्रै कुन्दनले कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिएर बसेका थिए । तर परीक्षाको नतिजा नआउँदै कुन्दन यस धर्तीबाट विदा भए ।

बुधबार बिहान करिब ११ बजे नेपाल प्रहरी विद्यालय सामाखुशीबाट कुन्दनको आमा गोमतीको नम्बरमा फोन गयो । तर उक्त नम्बरको फोन बुधबार कुन्दन आफैले बोकेका थिए ।

 विद्यालयमा आउनु भन्ने फोन आएपछि कुन्दन एक्लै विद्यालयमा पुगे । यद्यपि विद्यालयबाट भने आमालाई लिएर विद्यालय आउनु भनिएको थियो । आमालाई लिएर आउनु भनेपनि कुन्दन आफू एक्लै विद्यालयमा पुगे ।

उनी एक्लै विद्यालय पुगेपछि विद्यालयका कमाण्डेण्ट इन्स्पेक्टर शर्मिला गुरुङले उनीमाथि सोधपुछ सुरु गरिन् । खासमा कुन्दनमाथि फेसबुकमा सँगै पढ्ने एक केटीसाथीको फेक आइडी बनाएर अश्लील सामग्री पोष्ट गरिएको आरोप लगाइएको थियो ।

 विद्यालयमा सँगै पढ्ने केटी साथीको अभिभावकले विद्यालयमा कुन्दनमाथि किटानी गर्दै जाहेरी दिएका थिए ।

यही किटानी जाहेरीलाई लिएर बुधबार विद्यालय विदा भएपनि संवेदनशील विषय भएको भन्दै कुन्दनलाई बोलाएर केरकार गरिएको थियो । र, फेक फेसबुक आइडी बनाएर अश्लील प्रचार र चरित्रहत्या गरेको सोधपुछका क्रममा कुन्दनले स्वीकार गरेको विद्यालय प्रशासनको दाबी छ ।

कुन्दनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेपछि कुन्दनको आमालाईसमेत बोलाएर छलफल गर्ने भन्दै इन्स्पेक्टर गुरुङले एक हवल्दारलाई कुन्दनसहित उनको घरमा जान भनेकी थिइन् । घर पुगेर आमालाई पनि लिएर आउन भनेपछि बाहिर निस्किएका कुन्दनले त्यसपछि विद्यालयको तेस्रो तलाबाट हाम्फालेर आत्महत्या गरेको शर्मिला दाबी गर्छिन् ।

१४ वर्षीय एउटा केटो, जसले घटनामा आफ्नो संलग्नता स्वीकार गरिएको भनिएको छ । तर फेसबुक घटना स्वीकार गर्दा पनि सामान्य नै देखिएका भनिएका कुन्दनले कसरी आत्महत्या गरे त्यो रहष्यमै छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment