मंगलबार सिंहदरबारमा प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतासँगको भेटमा थापाले निधिका गतिविधिबारे रिपोटिङ गरेका थिए । एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा राप्रपा अध्यक्ष समेत रहेका थापाले निधिको गतितिवधि राष्ट्रहितमा नरहेको बताएका थिए ।
सरकारमा बसेर बाह्य शक्तिको इशारामा मधेसी मोर्चाको अनुचित र राष्ट्रहीत विपरितको काम गरिरहेको आरोप थापाले लगाए त्यस क्रममा उनले निधिले दुई र पाँच नम्बर प्रदेशमा निर्वाचनको वातावरण नरहेकाले दोस्रो चरणमा गर्ने गरी पहाडमा मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव सरकारले ल्याएको जानकारी ओलीलाई गराएका थिए ।
थापा र निधिले प्रधानमन्त्रीपछि आफू नै वरिष्ठ भएको दाबी गरेपछि लामो समयदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन् ।
प्रधानमन्त्री चीनबाट फर्कने क्रममा स्वागतका लागि अन्तराष्ट्रिय विमानस्थल पुगेका निधिले सभामुखपछि थापा उभिएको देखेपछि अर्का उपप्रधान तथ अर्थमन्त्री कृष्णबहादुर महारलाई थापातिर धकेलेको तस्वीर भाइरल बनेको थियो । निधि र थापाबीच भेटहुँदा समेत बोलचाल हुँदैन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment