रिवन काटेर सडक उद्घाटन गर्दै ९३ वर्षीय वृद्ध छविलाल पौडेल। तस्बिरः अर्जुन भुसाल
अर्घाखाँची– जिल्लाको पाणिनि गाउँपालिका– ६ धातिवाङ्गमा मोटरबाटाको उद्घाटन गरिएको छ । धातिवाङ्गका ९३ वर्षीय छविलाल पौडेलले रिवन काटेर माटरबाटो उद्घाटन गरे।
श्रीनगर यातयातका दुई ओटा, देउराली यातयातको एउटा जिप र दर्जनौं मोटर साइकल गुडाएर मोटरबाटो उद्घाटन गरियो।
मोटरबाटो उद्घाटन गर्दै पौडेलले गाउँमा सडक निर्माण भई गाडीहरु आएका देख्दा आफूलाई निकै खुसी लागेको बताए । उनले मर्ने बेलामा भएपनि गाउँमा सडक बनेको भन्दै अबका पुस्ताले सडकबाट फाइदा लिने बताए । सडक उद्घाटन कार्यक्रममा बाजाघाजा सहित स्थानीयको उल्लेख्य उपस्थिति थियो ।
गाउँमा सडक बनेपछि स्थानीय हर्षित बनेका छन् । उदघाटन समारोहमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का सदस्य हरिप्रसाद पौडेल, एमाले धातिवाङ्गका अध्यक्ष थानेश्वर पौडेल, माओवादी केन्द्रका धातिवाङ्ग अध्यक्ष मनमोहन थापा, स्वास्थ्य चौकी इन्चार्ज मित्रवेद पौडेल, धातिवाङ्ग वडा कार्यालय सहायक इन्द्रमणि पौडेल, वडा प्राविधिक कमल थापा लगाएतले मन्तव्य राख्दै सडक बनेपछि गाउँको विकासमा ठूलो टेवा पुग्ने बताए । सो सडक करिव ३ लाख ५० हजारको लागतमा निर्माण भएको हो।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment