Tuesday, May 2, 2017

संसारका सबैभन्दा वृद्धको १ सय ४६ वर्षमा मृत्यु

 काठमाडौं, १९ बैशाख । संसारको सबैभन्दा धेरै बाँचेको भनी दाबी गर्ने वृद्धको १ सय ४६ वर्षको उमेरमा मृत्यु भएको छ। इन्डोनेसियन नेशनल सोडिमेड्जोका अनुसार एमबीएएच घोटो ९ग्रान्डपा घोटो० को जन्म सन् १८७० को डिसेम्बरमा भएको थियो ।

प्रथम विश्वयुद्धमा उनी ४३ वर्षको र दोस्रो विश्वयुद्ध हुँदा ७० वर्ष भएको दाबी गरिएको छ ।

अत्यधिक धुम्रपान गर्ने चार श्रीमतीका श्रीमान्लाई स्वास्थ्यमा समस्या देखिएपछि उनको गाउँ सेन्ट्रल जाभा मा रहेको अस्पतालमा गत अप्रिल १२ तारिखमा पुर्याइएको थियो ।

 अस्पताल पुर्याएपछि उनले परिवारसँगै बस्ने भनी घर जान जिद्दी गरेको र उनको आइतबार मृत्यु भएको जानकारीमा उल्लेख छ ।

इन्डोनेसियाले सन् १९९० देखि जन्म दर्ता गर्न थालेका कारण उनी आधिकारीक रुपमा संसारको सबैभन्दा धेरै बाँच्ने व्यक्तिको रुपमा परिचित भएनन् । यद्यपी, अधिकारीले बीबीसीसँगको कुराकानीमा उनको रेसिडेन्सी (निवास) कार्डमा लेखिएको जन्ममिती उनीसम्बन्धि अन्य कागजात र अन्तर्वार्ताले पुष्टि गरेको बताएका छन् ।

उनका नाती सुयान्तोले बीबीसीलाई दिएको जानकारी अनुसार उनलाई अस्पतालबाट घर ल्याइएपछि निकै कम खान थालेका थिए ।

‘मृत्यु हुने दुईदिन अघि उनले खानपिउन नै छोडिदिए, ’ उनले थपे । ‘उनी हामीसँगै बस्न चाहन्थे, आफ्नो मृत्युपूर्व उनी हामी सबैको अनुहार हेर्न चाहन्थे ।’

उनको अन्तिम संस्कार सोमबार गरिएको बताइएको छ । पूर्व किसान र माझी उनले एक वर्ष अघि आफू धेरै वर्षसम्म बाँच्नुको रहस्य खोलेका थिए । उनले भनेका थिए, ‘म यत्तिका वर्षसम्म बाँच्न सफल भएँ किनभने मेरो हेरबिचार गर्न र माया गर्ने परिवार पाएको थिएँ ।’उनी स्थानीय स्तरमा हिरो थिए र आफ्नो कथा धेरैलाई सुनाउने गर्दथे ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment