Tuesday, May 2, 2017

निर्बाचन अधिकृतद्वारा आत्महत्या प्रयास, उपचारका लागी काठमाडौँ पठाइयो

बैशाख १९, रसुवा । खादाको पासो लगाई आज बिहान झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौँ पठाइएको हो ।

उहाँका अनुसार नाडीको चाप चलेपनि होस भने खुलेको छैन । आज बिहान ४ः१५ बजे जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको कालिका गेस्ट हाउसको रेलिङबारमा घत्र्याक्घुत्रुक् आवाज आएपछि उनीसँग भित्र कोठामा बस्ने साथीले थाहा पाई स्थानीयवासीको सहयोगमा पासो फुकाली तत्काल नुवाकोटको अस्पतालमा उपचारार्थ पठाइए पनि होस नखुलेका कारण थप उपचारका लागि काठमाडौँ पठाइएको प्रसाईंले बताउनुभयो ।

आज हुने स्थानीय तह निर्वाचनको उम्मेदवार दर्ताका लागि कालिका गाउँपालिकामा अर्को निर्वाचन अधिकृतको व्यवस्था भइसकेकाले मनोनयन दर्तामा कुनै असर नपर्ने मुख्य निर्वाचन अधिकृत कार्यालय रसुवाले जनाएको छ ।

यता विदुरबाट प्राप्त समाचार अनुसार उहाँको स्वासप्रश्वास सञ्चालनमा कठिनाई भएकाले अबस्था गम्भीर रहेको उपचारमा संलग्न सिटी अस्पताल विदुरका डा. मनोज रिमालले जानकारी दिनुभयो ।

कालिका गापाको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मोहन श्रेष्ठका अनुसार निर्वाचनको लागि खटिएका कर्मचारीसंग जिससको गेष्टहाउसमा बस्नुभएका गिरीलाई आज बिहान प्यासेजमा झुण्डिएको समयमा स्वास फेर्न गाह्रो भएर कराएको सुनिएपछि उद्धार गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय रसुवाका नासु नारायण घिमिरेका अनुसार स्थानीयतहको निर्वाचनको लागी आज हुने उम्मेदवारी दर्ताको पूर्वतयारी गरी उहाँ हिजो बेलुका १० बजे सुत्नुभएको थियो ।

बेपत्ता छानबिन आयोगमा कार्यरत रहनुभएका उपन्यायाधिवक्ता गिरी स्थनीयतहको निर्वाचनको लागि कालिका गापाको निर्वाचन अधिकृतको जिम्मेवारी लिएर गत साता रसुवा आउनुभएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment