Wednesday, May 3, 2017

यो तस्वीरमा अनुहार देख्नुभयो ? त्यसोभए जान्नुस तपाईंलाई यो रोग लाग्यो

 तपाईंले कुनै पनि कुरा ध्यान दिएर हेर्दा त्यसमा अनुहार देख्नुहुन्छ ? देख्नुहुन्छ भने यो कुनै जादू हैन । यसलाई मेडिकल टर्मिनोलोजीमा पेरीडोलिया भनिन्छ ।

यो खासमा एक मनोवैज्ञानिक स्थिति हो जसमा मानिसहरूलाई कुनै पनि कुरामा ध्यान दिँदा अनुहार देखिन थाल्छ ।

 क्यानाडाको युनिभर्सिटी अफ टोरन्टोका प्राध्यापक कांग लीले पेरीडोलियामाथि धेरै अनुसन्धान गरेका छन् । यो रोग लागेका मानिसले चिन्तित नभई खुशी हुनुपर्ने उनी बताउँछन् किनकि तेज दिमाग भएका मानिसलाई चीजहरूमा अनुहार देखापर्छ ।

 उनीहरूले तस्वीर र छायाँमा अजनबीको अनुहार देख्छन् । यी अनुहारहरू व्यक्तिको दिमागको उपज हो जसलाई कल्पनाको माध्यमले साकार रूप दिन्छ ।

 हुन त यो रोग लागेको मानिसलाई कुनै नोक्सानी पुग्दैन तर उनीहरूको दिमागमा हरेक कुरामा डरलाग्दो आकृति देखापरेमा चिन्ता जन्मिन्छ ।दैनिक अनलाइन डटनेटबाट ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment