तर रिलिज अघिबाटै फिल्मले विभिन्न रेकर्डहरु बनाउँदै आएको छ। २८ अप्रिलमा विभिन्न भाषामा रिलिज भएको यस फिल्मले बक्स अफिसमा निकैनै कमाई गर्न सफल भइरहेको छ।
कैयौं रेकर्डहरु आफ्नो पोल्टोमा पार्न सफल यो फिल्मले शाहरुखको एउटा फिल्मको रेकर्ड भने तोड्न सकेन। भारतीय मिडियाका अनुसार २०१४ मा रिलिज भएको शाहरुखको फिल्म ‘ह्याप्पी न्यु इयर’ को रेकर्ड भने ‘बाहुबली २’ ले तोड्न सकेको छैन्।
शाहरुख र दिपिकाको यस फिल्मले रिलिज भएको पहिलो दिनमा ४४.९७ करोडको ओपनिंग गरेको थियो तर हिन्दी भाषामा रिलिज भएको ‘बाहुबली २’ले पहिलो दिनमा ४१ करोड कमाएको थियो।
हुनत बाहुबली २ को जम्मा ओपनिंगले त रेकर्ड राखेको छ तर हिन्दी भाषामा रिलिज भएको फिल्मको मामिलामा भने बाहुबली २ शाहरुख खानको फिल्म भन्दा पछि परेको छ। तर आज सम्मको कलेक्सन हेर्ने हो भने बाहुबलीले ६०० करोड भन्दा बढी कलेक्शन गरिसकेको बताइएको छ। जबकि शाहरुखको ‘ह्याप्पी न्यु इयर’को जम्मा कलेक्शन २०३ करोड रहेको थियो।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment