Monday, May 1, 2017

राष्ट्रपतिले प्रचण्डलाइ भनिन्-महाअभियोग फिर्ता लिनुहोस्

 प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाउने काँग्रेस र माओवादी केन्द्रको कदमप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छन् । राष्ट्रपतिले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बोलाएर त्यसप्रसित असन्तुष्टि व्यक्त गरेकी हुन् ।

 श्रोतका अनुसार निर्वाचनको मुखमा प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउँदा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको सन्तुलन बिग्रने र निर्वाचनका लागि प्रतिकुल वातावरण सिर्जना हुन सक्ने भन्दै राष्ट्रपतिले चिन्ता व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिले महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेको शीतलनिवास स्रोतको दाबी छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा मन्त्रीपरिषदको कार्यकारी अधिकारमा हस्तक्षेप गरेको, न्यायपालिकामा

न्यायाधीशहरुप्रति पक्षपातपूर्ण व्यवहार गरेको तथा गुटबन्दी गरेको जस्ता अरोप लगाउँदै कार्कीविरुद्ध आइतबार सत्तारुढ काँग्रेस र माओवादीका २४९ जना सांसदले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
त्यसबारे संसद सचिवालयले पठाएको पत्र पुगेपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएकी हुन् । यद्यपि राष्ट्रपतिले असन्तुष्टि जनाए पनि महाअभियोग प्रक्रिया र प्रधानन्यायाधीश कार्कीलाई निलम्बनमा पर्नबाट जोगाउन सक्दिनन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment