छोटो समयमै लोकप्रिय बनेका दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएको छ । उनलाई शुक्रबार दिउँसो एक अज्ञात इमेलबाट ज्यान मार्ने धक्की आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार इमेलबाट केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि प्रहरी अनुसन्धान टोलीले अनुसन्धान तीब्र पारेको छ । दिल्ली सरकारको गृह विभागले मुख्यमन्त्रीलाई ज्यान मार्ने धम्की दिनेलाई तत्काल कारबाही गर्न दिल्ली पुलिसलाई निर्देशन दिएको छ । प्राप्त जानकारी अनुसार ज्यान मार्ने धम्कीसहितको ईमेल पठाउने व्यक्तिले मुख्यमंत्रीमाथि आक्रमण गर्न हतियारसमेत जुटाइरहेको उल्लेख छ ।
मुख्यमन्त्री केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि उनको सुरक्षाका लािग प्रहरी तथा सरकारले दुवैले सुरक्षा सतर्कता बढाएका छन् । मुख्यमंत्री केजरीवालको सुरक्षाका लागि जेड प्लस सेक्युरिटी प्रदान गरिएको छ ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment