Saturday, February 27, 2016

आज र भोलि टोकियोमा अमेरिका जाने विधि वारे सेमिनार हुँदै

टोकियो । जापानको मुख्य शहरहरू टोकियो, ओशाका, नागोया फुकुओका, तोचिगी र गुम्मामा सफल सेमिनार सम्पन्न गरेको सुर्य कर्पोरेसनले आज र भोलि फेरी टोकियोमा सेमिनार गर्ने जनाएको छ ।
टोकियोमा अधिक माग र चापका कारण तेस्रो चरणको सेमिनार गर्न लागेको सुर्य कर्पोरेसन निर्देशक बासुदेब लामिछानेले जानकारी दिएका छन ।
उक्त सेमिनारमा सहभागी भएका मध्ये केहीले अमेरिकाको भिषा पाई सकेका छन भने केहि प्रक्रियामा रहेको उनले बताए ।
कर्पोरेसन भिसा प्रक्रियाको लागि सम्पूर्ण कागजपत्र बनाउने प्रक्रियामा प्रोफेसनल्ली सहयोग समेत गर्दै अाएकाे छ  ।
यसैगरी सुर्य कर्पोरेसनले थुप्रै आकर्षक प्याकेज सहित वेबसाईट लन्च गर्ने तयारीमा रहेको र मार्चको पहिलो साताबाट टोकियोको कार्यालयबाट पनि सेवा लिन सक्ने लामिछानेले बताए ।
जापान वा स्वदेशबाट स्नातक तहको पढाई पुरा गरेकाहरुलाई जापानमा कामको लागि स्युस्योकु भिजा दिलाउने कार्य गर्दै आईरहेको कर्पोरेसनले यसपाली टुरिस्ट, बिजनेस र स्टुडेन्ट भिजामा अमेरिका जाने प्रक्रियाका लागि जापानको विभिन्न मुख्य शहरहरूमा गर्ने सेमिनारको प्रवेश शुल्क भने १ हजार तय गरेको छ ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment