Saturday, February 27, 2016

प्रधानमन्त्रीको दोस्रो भ्रमण चैत ७ बाट, चीनसँग हुनेछ अहिलेसम्मकै ठूलो सम्झौता

काठमाडौं, १५ फागुन । भर्खरै भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी ओलीको चैत ७ गतेबाट दोस्रो विदेश भ्रमण सुरु हुने भएको छ ।
आफ्नो विदेश भ्रमण भारतबाट सुरु गरेका ओली दोस्रो भ्रमणका क्रममा उत्तरी छिमेकी चीन जान लागेका हुन् ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले चीनसँग अहिलेसम्मकै धेरै सम्झौता गर्ने तयारी छ । इन्धनदेखि व्यापारसम्म, विकासदेखि आर्थिक सम्वृद्धिसम्मका सम्झौताहरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी चीनले चैत ९ देखि १२ गतेसम्म हाइननन प्रान्तमा आयोजना हुने ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा भाग लिन पनि प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा गरेको छ ।
यसअघि चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री कमल थापाले ८ बुँदे सम्झौता गरेका थिए । भारतले नाकाबन्दी लगाउँदा चीनले नेपाललाई थुप्रै सहयोग गरेको थियो ।
यसैबीच काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको भ्रमणको मितिबारे मौखिक जानकारी गराएको छ । जसअनुसार चैत ७ बाट सुरु हुने प्रधानमन्त्रीको चीन भ्रमण बढीमा पाँच दिनको हुनेछ ।
प्रधानमन्त्री काठमाडौंबाट ७ गते बेइजिङ जाने, त्यसको भोलिपल्ट उच्चस्तरीय भेटवार्ता एवं महत्वपूर्ण दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी थालिएको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment