दक्षिणी छिमेकी भारतको ६ दिने राजकीय भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको एक महिनापछि चीन यात्रा हुन लागेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
काठमाडौस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको भ्रमण मितिबारे मौखिक जानकारी दिइसकेको कुटनीतिक स्रोतले बतायो ।
प्रधानमन्त्री ओली चारदेखि बढीमा पाँच दिन चीन भ्रमणमा रहनेछन् ।
प्रधानमन्त्री काठमाडौंबाट ७ गते सीधै बेइजिङ जाने त्यसको भोलिपल्ट उच्चस्तरीय भेटवार्ता एवं महत्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने गरी तयारी अघि बढेको जानकारी बेइजिङस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले दिए ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment