प्रधानमन्त्री ओलीले भारत भ्रमणबाट स्वदेश फर्केपछि पहिलो पटक भैरहवामा आयोजित जनताको संविधान जनताको माझमा भन्ने कार्यक्रमलाई सम्बोधन गर्न भैरहवा आउने भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टि एमालेका अध्यक्ष समेत रहेका ओलीले पार्टीद्वारा भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजित लुम्बिनी अन्चलस्तरीय विशाल आमसभालाई सम्बोधन गर्न भैरहवा आउन थालेका हुन् । भैरहवाको विशाल आमसभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी अन्चल इन्चार्ज बैजनाथ चौधरीले जनाए ।
प्रधानमन्त्री ओलीसहित पार्टीका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने उक्त कार्यक्रमको पूर्व तयारी सम्बन्धमा एमाले प्रचार विभाग रुपन्देहीको आइतबार भैरहवामा प्रचार विभागको विस्तारित बैठक सम्पन्न भयो । बैठकका सहभागी सदस्यलाई निर्देशन दिँदै पार्टीका पोलिटब्युरो सदस्य चौधरीले भने ‘छिमेकी देश भारतको भ्रमणमा जानुभएका प्रधानमन्त्रि तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वदेश फर्केपछि पहिलो पटक भैरहवामा आयोजित विशाल जनसभालाई सम्बोधन गर्नुहुनेछ । लुम्बिनीबासी हामी सबैको लागि यो अत्यन्त खुसीको कुरा हो । सो सभामा प्रधानमन्त्रीले भारतीय सरकारसँग भएका छलफल र सम्झौता एवं नेपालको संविधान २०७२ का बारेमा स्वयं प्रकाश पार्नुहुनेछ ।’
पार्टी प्रचार विभाग प्रमुख तथा एमाले जिल्ला सचिवालय सदस्य तेजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त विस्तारित बैठकमा एमाले केन्द्रीय सल्लाहकार नेत्र पन्थीले फागुन १२ गते स्वदेश फर्किने प्रधानमन्त्री ओलीले फागुन १४ को भैरहवाको विशाल सभालाई सम्बोधन गर्ने जनाए । नेता पन्थिले भने लुम्बिनीबाट शुरु हुने हरेक आन्दोलन तथा सभाले देशलाई सहि बाटो देखाउने भएको हुँदा १४ गतेको विशालसभा निर्णायक हुने भन्दै भने ‘जसरी ०६२ साल मंसिर ४ गते एमालेद्वारा लुम्बिनी अञ्चलको बुटवलबाट आयोजित सभाले राजा ज्ञानेन्द्रको निरंकुशतालाई ढाल्न उत्प्रेरणा प्रदान गर्यो त्यसरी नै ०७२ को फागुन १४ गते लुम्बिनी अन्चलकै भैरहवाको विशाल सभाले संविधानको भ्रमपूर्ण प्रचारलाई चिर्दै मुलुकलाई समृद्धि र शान्ति तर्फ उद्धत हुने बाटो खोल्ने छ ।’
बैठकमा एमाले रुपन्देही जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले आजकै दिनदेखी फागुन १४ गते सम्म २४ औं घण्टा अग्रपंक्तिमा खटिई संविधानको अन्तरवस्तुको बारेमा प्रधानमन्त्रीकै मुखरावृन्दबाट थाहा पाउनको लागी सबै जनता सिद्धार्थ रंगशालामा आउने वातवरण बनाउन मिडियाकर्मीलाई आग्रह गरेका थिए ।
जिल्ला प्रचार विभाग सचिव दिनेश पाण्डेको सन्चालनमा सम्पन्न उक्त विस्तारित बैठकमा प्रेस चौतारीका पूर्व केन्द्रिय अध्यक्ष बालकृष्ण चापागाईले प्रेस चौतारीका सबै सदस्यहरु जनताको संविधान जनताको माझमा पुराउने काममा दिलो ज्यानले लाग्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा एमाले केन्द्रिय सदस्य एकराज विक, लुम्बिनी अन्चल कार्यलय सचिव गोपाल भट्टाराई, एमाले जिल्ला उपाध्यक्ष शिव सुवेदी, सचिव तुलसी प्रसाद चौधरी, उपसचिव राजेन्द्र प्रसाद पन्थि, एमाले रुपन्देही क्षेत्र नम्बर २ का इन्जार्च हरि प्रसाद अधिकारी, क्षेत्रीय अध्यक्ष घनेन्द्र विक्रम पाण्डे, जिल्ला सदस्य कुमार थापा, प्रेस चौतारी केन्द्रिय उपाध्यक्ष मुकेश पोखरेल, प्रेस चौतारी रुपन्देहीका सल्लाहकारद्वय शेर बहादुर केसी र मोहन चापागाई, प्रेस चौतारी लुम्बिनी अन्चल सचिव रामप्रसाद आचार्य, जिल्ला अध्यक्ष अमृत गिरी लगायत प्रचार विभाग र प्रेस चतौतारीका जिल्ला सदस्यहरुको उपस्थिीति रहेका थियो ।
विस्तारीत बैठकले जनताको संविधान जनताको माझमा भन्दै फागुन १४ गते भैरहवामा सम्माननिय प्रधानमन्त्रिले सम्बोधन गर्ने कार्यक्रमलाई सफल बनाउन प्रेस चौतारी रुपन्देहीका कोषाध्यक्ष नरेश केसी संयोजक रहेको प्रचार हेल्प डेस्क गठन गरेको छ । जसको सदस्यहरुमा सम्झना शर्मा, दिपेश पछाई, शंकर पाण्डे, भुवन पाण्डे, राजकुमार धवल र विरेन्द्र मिश्रा रहेका छन् ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment