Thursday, February 25, 2016

हवाईजाहाज दुर्घटनामा मारिएका बाह्रजनाको शव पोखरा ल्याइयो

बिहीबार, १३ फागुन
पोखरा । म्याग्दीको दाना गाउँ विकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने १२ जना यात्रुको शव पोखरा विमानस्थलमा ल्याइएको छ ।
गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी महेन्द्रकुमार पोखरेलका अनुसार ल्याइएका शवमध्ये क्याप्टेन रोशन मानन्धर र रेवती बरालको पहिचान खुलेको छ ।
क्याप्टेन मानन्धरको शवलाई काठमाडौं लाने तयारी गरिएको र अन्य शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिने उहाँले जानकारी दिनुभयो ।
पहिचान खुलेका विनिता भट्टचन, उनको साढे दुई महिनाको छोरा र कृष्णलाल भट्टचनको शवलाई मुस्ताङमै आफन्तको जिम्मा लगाइएको छ ।
बाँकी अन्य शव पनि दुर्घटनास्थलबाट पोखरा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment