Friday, March 3, 2017

४ वर्षपछि सचिनको खुलासा, किन लिए उनले सन्यास ?


 भारतीय क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरले पहिलो पल्ट आफ्नो सन्यासको विषय सार्वजनिक गरेका छन्। लामो समय आफ्नो सन्यासको विषयमा गुपचुप बस्दै आएका सचिनले सोशल मिडिया ‘लिङक्डइन’ मार्फत सन्यासको कारण सार्वजनिक गरेका हुन्।

उनले सन् २०१३ को अक्टुवरमा आयोजना भएको च्याम्पियन्स लिग टि–२० खेल्ने क्रममा पहिलो पल्ट आफ्नो दिमागमा सन्यासको विचार आएको बताएका छन्।

सचिनले च्याम्पियन्स लिगको एक महिनापछि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। ‘लिङक्डइन’ को ‘इन्फ्लुरेन्सर’ को रुपमा जोडिएका सचिनले ‘माई सेकेन्ड इनिङ’ शीर्षकमा लेखेका छन्, ‘अक्टुवर २०१३ मा दिल्लीमा च्याम्पियन्स लिगको खेलको बेला यस्तो भएको थियो। म बिहान जिममा वर्कआउटका लागि जान्छु। यो मेरो २४ वर्षदेखिको नित्य काममा पर्छ। तर, त्यो दिन अक्टुवरको बिहान सबैकुरा बदलिए जस्तो लाग्यो। मलाई पहिलो पल्ट अनुभव भइरहेको थियो, आफैलाई उठाउन पनि मलाई गाह्रो परिरहेको छ।’

उनी अगाडि लेख्छन्, ‘मेरो क्रिकेट जीवनमा जिम ट्रेनिङ प्रमुख प्राथमिकतामा पर्छ। २४ वर्षदेखि म अनवरत जिम गरिरहेको छु। तर पनि त्यो दिन मलाई अनिच्छा भइरहेको थियो, आखिर किन?’

सचिनले लेखेका छन्, ‘के यही नै संकेत थियो...संकेत थियो, अब रोकिनु पर्छ भन्ने?’
सचिनले २०१३ मा क्रिकेटको सबै फरम्याटबाट सन्यास लिएका थिए। क्रिकेटबाट सन्यास लिएपछि उनी मानवीय कार्यमा निकै सक्रिय छन्। उनले आन्ध्रप्रदेशको एउटा गाउँ पुट्टमराजु कन्डरिगाको विकाशको स्वामित्व लिएका छन्। उनी भारतको अविकसित गाउँमा गएर बिजुली उपलब्ध गराउने प्रोजेक्टसँग पनि जोडिएका छन्।
उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत मिशन’ सँग र क्रिकेटलाई विकट गाउँसम्म पुर्याउने अभियानमा सक्रिय छन्।
उनी अहिले क्रिकेटभन्दा बाहिरको प्रोजेक्टहरूमा बढि सक्रिय छन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment