Thursday, March 2, 2017

स्ववियु निर्वाचन हारेपछि नेविसंघ नेतृ रिमाले गरिन् आत्महत्या


 त्रिभुवन विश्वविद्यालयसम्बद्ध क्याम्पसहरुमा हालै भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनामा पराजित भएकी नेपाल विद्यार्थी संघकी नेतृ रिमा क्षेत्रीले आत्महत्या गरेकी छिन् ।

स्याजाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययरत २० वर्षीया रिमा बुधबार भएको स्ववियु निर्वाचनको अध्यक्षकी उम्मेदवार थिइन् । तर, उक्त निर्वाचनमा पराजित भएकी उनले फेदीखोला–९ स्थित आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

उनको साथबाट सुसाइड नोट पनि भेटिएको छ । जसमा ‘आफ्नो मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको’ उल्लेख गरिएको प्रहरीले जनाएको छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment