Friday, March 17, 2017

मेलम्ची खानेपानीको लागि बनाएको खाल्डोमा मोटरसाइकल खस्यो

काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् ।

आज बिहान चक्रपथबाट रत्नापार्क गइरहेको बा ४७ प ७४३० नं मोटरसाइकल आयोजनाले बनाएको खाल्डोभित्र खस्दा मोटरसाइकल चालक घाइते भएका हुन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । खाल्डोभित्र खसेको मोटरसाइकललाई क्रेन लगाएर बाहिर निकालिएको ट्राफिक जवान हरिकृष्ण सेढाईँले जानकारी दिए ।

मेलम्चीको खानेपानी काठमाडौँभित्र ल्याउने बहानामा जथाभावी खाल्डो भएपछि खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले तत्काल सवारी हिड्ने बाटोमा खनिएका खाल्डो पुर्न मेलम्ची खानेपानी आयोजना निर्देशनालय–२ लाई निर्देशन दिएका छन् ।

राज्यमन्त्री खड्काले बाटोमा खनिएको खाल्डो नपुर्दा व्यापक धुलो र हिँड्न गाह्रो भएको जनगुनासो आएको भन्दै यसअघि पनि सम्बन्धित निकायलाई कालोपत्र गर्न निर्देशन दिएका थिए । उनले राति मेलम्चीको काम गर्न निर्देशनालयलाई आग्रह समेत गरेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment