Wednesday, April 12, 2017

पुरुष बलात्कार गर्ने २३ वर्षीया युवती पक्राउ

पुरुष बलात्कार अभियोगमा पक्राउ ब्रिटनी

ओहायो—अमेरिकाको ओहायो राज्यमा एक महिलाले छुरा देखाएर पुरुष ट्याक्सी चालकको बलात्कार गरेकी छिन्। ती युवतीले चालकको साथमा भएको पैसा पनि लुटेको प्रहरीले जनाएको छ।

 प्रहरी प्रमुख रोबर्ट लिङ्कले घटनाको अनुसन्धान भइरहेको बताए। युवतीले लुटपाट गर्नुअघि बलात्कार गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

२३ वर्षीया युवती ब्रिटनी कार्टरले पक्राउ गरेको छ। बयानमा उनले आफ्नो अपराध कर्म स्वीकारेकी छिन्। एक पुरुष सहयोगीको साथमा उनले ट्याक्सी चालकलाई बलात्कार गरी पछि लुटपाट गरेकी थिइन्। प्रहरी प्रमुख रोबर्ट लिङ्कले घटनाको अनुसन्धान भइरहेको बताए।

युवतीले लुटपाट गर्नुअघि बलात्कार गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

ती युवती सुरुमा यात्रु बनेर ट्याक्सीमा चढेकी थिइन्। पछि उनले ट्याक्सी चालकमाथि यस्तो हर्कत गरेकी हुन्। प्रहरीले बलात्कृत पुरुषको नाम सार्वजनिक गरेको छैन। पीडितकै उजुरीका आधारमा महिला पक्राउ गरेको प्रहरीले जनाएको छ।

ती युवती यसअघि २०१६ मा लागूऔषध बिक्रीको अभियोगमा दुई पटक पक्राउ परेकी थिइन्। लुटपाट तथा बलात्कारमा सहयोगी भूमिका निर्वाह गरेका पुरुष सहयोगी फरार छन्।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment