Thursday, April 13, 2017

शिर्ष नेताको पढाईः देउवा एमए पास ओली अण्डर एसएलसी !


स्थानिय तहको निर्वाचन नजिंकिंदै जाँदा नेपाली राजनीतीमा बिभिन्न बिषयहरुमाथी बहस शुरु भएको छ ।

अरु बिषयहरु बाहेक नेताहरुको अध्ययन (पढाई) को विषय पनि वहशको विषय बनेको छ । औपचारिक अध्ययनको विषयलाई नेताहरुले नै सार्वजनिक चासो र चर्चाको विषय बनाएका हुन् । केहि दिनअघि नेकपा एमालेका सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले सामाजिक संजाल ट्विटरमा नेपाली काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा प्रति लक्षित गर्दै अनपढको संज्ञा दिएपछि अहिले सामाजिक सञ्जालमा वहश मात्र भएको छैन आरोप प्रत्यारोप ब्याप्त छ ।

भट्टराईले ट्विटरमा लेखेका छन् ‘पढेलेखेकालाई नै उखानटुक्का पनि आउछ, अनपढलाई त कालो अक्षर भैंसी बराबर देउबाजी । ’ काँग्रेस सभापति देउवाले एमाले अध्यक्षले भन्ने गरेका उखान टुक्कालाई कटाक्ष गरेको समाचार एक दैनिक पत्रिकामा प्रकाशित भएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । भट्टराईको ट्विटमा कोट ट्विट गर्दै काँग्रेस नेता विश्वप्रकाश शर्माले ‘कुन पार्टीका अध्यक्षले कति पढेका छन् ‘त्यो पनि खोजौं ? तर कमरेड हाम्रो पुस्ताको पहिचानमा तिक्त बोली को लेप एकदमै नलगाऔं ’।

यी बहसपछि वहशपछि मुख्य राजनीतिक दलका नेताहरुको शिक्षाबारे जानकारी गराउने प्रयास हामीले गरेका छौं । हालको नेपाली राजनीतिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अन्य दलका बिर्ष नेताभन्दा बुद्धिजीवि मानिन्छन् । देउवाले एमए, एलएलबी गरेका छन् । यस्तै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् । देउवासँग लामो राजनीतिको अनुभव रहेको छ। उनी बि.स.२०२२ सालदेखि राजनीती गरेका हुन् । उनले बेलायतको प्रतिष्ठित विश्बविद्यालय ‘लण्डन स्कूल अफ इकोनोमिक्स’ एण्ड पोल्टिकल साइन्समा पनि स्नातकोत्तर गरेका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कृषीमा स्नातकसम्मको अध्य्यन गरको छन् उनी बि.स.२०२८ सालदेखि राजनीतिमा लागेका हुन् ।

बि.स.२०२५ सालदेखि राजनीति गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पढाइ र योग्यताबारे बिभिन्न आंकलन भएपनि उनको यथार्थ पढाइबारे बाहिर केहि आउको छैन् । संसद सचिवालयमा दिइएको व्यक्तिगत विवरणमा मानार्थ सर्टिफिकेटको चर्चा भएपनि औपचारिक शिक्षाको कुरा उल्लेख छैन । स्रोतका अनुसार ओली अण्डर एसएलसी रहेको बताइन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment