तपाईंलाई थाहा छ कि छैन कुन्नी ? आज केदार घिमिरे अर्थात हास्य कलाकार माग्ने बुढाको जन्म दिन हो । उनको यही जन्म दिनको अवसरमा उनका जोडी हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले एउटा फोटो सार्वजनिक गरेका छन् ।
उनले निकै पुरानो फोटो राखेर आफूहरुका पुराना दिन स्मरण गर्दै केदारलाई जन्म दिनको शुभकामना दिएका छन् । उनले उक्त शुभकामनामा अहिले केदार बिरामी रहेको र पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
उनले आफूहरु दर्शकको प्रीय बन्ने साझा सपना बुनेर संघर्षको मैदानमा होमिएको समयको फोटो भन्दै निकै पुरानो फोटो पोस्ट गरेका हुन् ।
त्यही संघर्षकै कारणले आफूहरु दर्शकका माझमा परिचित बनेको समेत बताएका छन् ।
पछिल्लो समयमा धुर्मुस र माग्नेको सम्बन्धमा चिसोपना आएको हल्लाहरु सुनिएका थिए । तर धुर्मुसले माग्ने आफ्नो अनन्य मित्र भएको र उनी सफा मनको धनी भएको रहस्य पनि खोलका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment