विश्वकै ठूलो होटल यसकारणले पनि हो यो होटलमा दशहजार वटा त कोठा नै छन् । यति ठूलो होटलको नाम अब्राज कुदई हो । यो मक्काको मध्य मनोफिआ भन्ने ठाउँमा रहेको छ ।
यो ४५ वटा तलाको रहेको छ । यसमा ४७ वटा रेस्टुरेन्ट एक सपिङ्ग मल, ठूलो प्रार्थना सभाहल, अण्डरग्राउण्ड पार्किङ्ग रहेको छ । यो विशाल होटल बनाउनको लागि ३ सय ५० करोड बढि लागेको थियो ।
यो गुम्बज शैलीमा रहेको छ । यो होटल २३ हजार ५ सय गज क्षेत्रफलमा बनाइएको छ । यो होटलको आन्तरिक डिजाईनको जिम्मा लण्डनको अरीन हस्पिटालिटीले लिएको छ ।
हो होटल खास गरी हज गर्न आउने यात्रुको लागि बनाइएको हो । यसको दुई टावरमा ५ तारे र १० वटा टावरमा ४ तारे होटल रहेको छ । पाँचतारे होटल भने शाही खानदानी र विषेश व्यक्तिको लागि मात्र बनाइएको हो ।अत्याधुनिक प्रविधिबाट बनाइएको यो भवनको ४ वटा टावरमा हेलिप्याड समेत बनाइएको छ
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment