Monday, February 22, 2016

नेपाललाई छ महिनामा होईन, तीन महिनामै ६०० मेगावाट विद्युत दिन्छौँ: भारत

काठमाण्डु, १० फागुन– भारतका उर्जा राज्यमन्त्री पियूस गोयलले नेपालको उर्जा संकट समाधान गर्न ६ महिनामा होईन तीन महिनाभित्रै ६०० मेगावाट विद्युत दिन तयार रहेको बताएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तामा उनले तत्काल प्रशारण लाईनको क्षमता बढाएर नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
उनले भारतीय कम्पनीहरुले निर्माण गर्न लागेको माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना तत्काल अघि बढाउने भन्दै उनीहरुलाई समय तोकेर नै निर्माण कार्य अघि बढाउन निर्देशन दिनेसमेत बताए ।
उनले पञ्चेश्वर जलविद्युृत आयोजना पनि अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
गोयलले जलविद्युतको क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको समेत भेटवार्तामा स्पष्ट पारेका थिए ।
kathmandutoday

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment