Monday, February 29, 2016

यी हुन तपाई हाम्रो बुद्धि बढाउने फलफूलहरु....!!

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।


बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।

जमुना:

जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।

पालुंगो:

बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।

कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ।

पालुंगो लाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।

अमला:

फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल-वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ।

अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल-वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन।

प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै: काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।

स्ट्रबरी:

अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।

बदाम:

बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।

ओखर:

बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।

अंकुरित गेडागुडी:

अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ।

अन्य ब्रेन फुड्स:

स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ' ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ

तपाइँलाई थाहा नहुन सक्छ कागती पानीको यो जादु

हामीले बच्चा बेला देखि नै तातो पानी पिउनुका फायदाबारे सुन्दै आएका छौं । अझ कागतीको रस तातो पानीमा मिलाउँदा त धेरै नै फाइदा पुग्छ भन्ने गरिन्छ ।
तर तातो पानीमा कागती मिसाएर पिउँदा यति धेरै फाइदा बारे तपाइँलाई जानकारी नहुन पनि सक्छ । यहाँ तातो पानीका फाइदाबारे चर्चा गरिएको छ ।


१ पाचन प्रणालीमा सुधार
तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसमा हुने तत्वले पाचन प्रणाली मात्र नभएर मुटुलाई समेत २ स्वस्थ राख्छ ।

३ कलेजोलाई सफा पार्छ
कागती हालेको तातो पानीले कलेजो स्वस्थ राख्छ । यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ । कलेजोमा जम्मा हुने विकार सफा गर्न कागती पानी निक्कै राम्रो मानिन्छ ।

४ रक्तचाप सन्तुलित राख्छ
कागती हालेको तातो पानीले रक्त चाप पनि सन्तुलित राख्छ । यसमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ जसबाट विकार शरीर बाहिर निस्किन्छ । त्यसैगरी शरीरमा क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।

५ रोगसँग लड्ने क्षमता बढाउँछ
कागती हालेको पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता विस्तार गर्छ । यसमा हुने भिटामिन सी ले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरुलाई बलियो तुल्याउँछ ।

५ त्वचालाई जवान राख्छ
कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरुलाई बाहिर फाल्न पनि सहयोग गर्छ । कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ ।

६ श्वास प्रश्वासका विरामीलाई राम्रो
कागती हालेको पानीले श्वासप्रश्वासमा समस्या हुनेलाई राम्रो गर्छ । यसले ब्याक्टेरियादेखि बचाउँछ ।

७ वजन घटाउन उपयोगी
दिनमा एक गिलास कागती हालेको पानी पिउँदा तपाइँको मोटोपन नियन्त्रणमा आउँछ ।

पाकिस्तानी प्रधानमन्त्रीले ओसामा बिन लादेनसँग पैसा लिएर चुनाव लडेको खुलासा

एजेन्सीः पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले अलकायदाका प्रमुख ओसामा बिन लादेनसँग पैसा लिएर चुनाव लडेको खुलासा भएको छ ।


पाकिस्तानमा भर्खरै प्रकाशन भएको ‘खालिद ख्वाजाः शहीद–ए–अमनु’ नामक पुस्तकमा नवाज शरीफले पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो विरुद्ध चुनाव लडेको उल्लेख गरिएको छ ।

शमामा खालिदले उक्त पुस्तक लेखेकी हुन् । खालिद पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आईएसआईका पूर्व अफिसर खालिद ख्वाजाकी श्रीमती हुन् ।

उक्त पुस्तकलाई उदृत गर्दै पाकिस्तानी अनलाइन पत्रिका डोनले नवाफ शरीफले पाकिस्तान पीपुल्स पार्टीका विरुद्धमा चुनाव लड्नका लागि लादेनले पैसा दिएको उल्लेख गेको छ ।

उक्त पुस्तकमा लादेन र नवाजबीच साँठगाँठ थियो । त्यस्तै नवाजले पाकिस्तानमा इस्लामी कानुन लागू गर्ने तथा उनको सुरक्षा गर्ने दाबी गरेका थिए ।

तर, अहिले सरकारमा आएपछि उनले आफ्नो प्रतिबद्धता कार्यान्वयन नगरेको पनि पुस्तकमा उल्लेख गरिएको थियो ।

सुन्तलाको बोक्रा को फाईदा थाहा छ तपाईलाई ? क्यान्सर देखि रक्तचाप सम्मको औषधि

सुन्तला निकै मिठो फल हो र यो गुनकारी पनि हुन्छ । यसमा प्रसस्तै भिटामिन सि लगायतका पोषण तत्व पाइन्छन् । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर  फ्याँक्छौँ र गुदी मात्र खान्छौँ ।  युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा दल्ने गरेको भने कहीँकतै देखिन्छ । सुन्तलाको बोक्राको उपयोगिताको बारेमा भने हामी अधिकांस जानकार छैनौँ । यदि सुन्तलाको बोक्राका फाइदाको बारेमा जान्नुभयो भने साँच्ची तपाइँले अब सुन्तलाको बोक्रा फ्याँक्नुहुने छैन  ।

यदि कपाल एकदम खश्रो तथा जर्जर छ भने कपाललाई सुन्दर, सिल्की बनाउका लागि सुन्तलाको बोक्रा वरदान सावित हुनसक्छ । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ ।

अनुहारमा दाग, धब्बा छ रु यदि त्यसो हो भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हराउनेछन् ।

सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा सरीरको छाला चम्किलो तथा नरम बन्छ । अनुहारको छाला बढि चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा गर्छ ।

सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी बन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएका हरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।

सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ ।

निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले एक महिनामा तीन देशको भ्रमण गर्ने

नयाँ दिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मार्च महिनामा विभिन्न तीन देशको भ्रमण गर्न लागेको बताइएको छ ।

उनले आगामी मार्च महिनामा संयुक्त राज्य अमेरिका, बेल्जियम र साउदी अरेबियाको भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी जानकारी दिइएको छ ।

उनी मार्च ३० मा बेल्जियम पुग्ने र त्यहाँ हुन लागेको युरोपेली युनियनको सम्मेलनमा सहभागी हुने छन् ।

त्यसपछि उनी संयुक्त राज्य अमेरिका जाने छन् । अमेरिकाको वासिङ्टनमा हुने आणविक सुरक्षा सम्मेलनमा सहभागी हुने जनाइएको छ ।

उक्त आणविक सुरक्षसम्बन्धी सम्मेलनमा विश्वका करिब ५० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने जनाइएको छ ।

प्रधानमन्त्री मोदीले त्यसपछि साउदी अरेबियाको भ्रमण गर्ने छन् । भारतको प्रधानमन्त्रीका रुपमा गएको छ वर्षयता पहिलो पटक प्रधानमन्त्री मोदी साउदी अरेबिया जान लागेका हुन् ।

ratopati

अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू

काठमाडौं, ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।

ल्वाँङमा हुने एक बिशेष प्रकारको स्वाद यसमा हुने एक तत्व युजेनलको कारणले हुने गर्दछ, यहि तत्वका कारण यसका एक बिशेष किसिमको गन्ध उत्पन्न हुन्छ । यद्दपी, ल्वाँङ हरेक मौसममा हरेक उमेरका मानिसहरूका लागी लाभदायक छ तर सर्दीको मौसममा यसको बिशेष महत्व रहेको छ, किनभने यसमा गर्मी गर्ने तत्व धेरै हुन्छ । ल्वाँङको तेलले निकै गर्मी गराउँदछ, यसका कारण यसको निकै सावधानीसंग प्रयोग गर्नु पर्दछ । जब तपाइँ यसलाइ आफ्नो त्वचामा प्रयोग गर्नुहुन्छ, त्यतिबेला यसलाइ केही अन्य कुरामा मिलाएर लगाउनु पर्दछ ।

यहाँ ल्वाँङका १० गुणहरूका बारेमा चर्चा गरिएको छ

१. दांतहरूमा हुने पीडामा ल्वाँङको प्रयोगले राहत मिल्दछ र यही कारणले ९९ प्रतिशत टूथपेस्टमा हुने पदार्थहरूको लिस्टमा ल्वाँङको बिशेष रूपमा प्रयोग हुने गर्दछ ।

२. खोकी र गन्हाउने स्वासको उपचारका लागी ल्वाँङको प्रयोग गर्न सकिन्छ । ल्वाँङको नियमित प्रयोगले यी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । तपाइँ ल्वाँङलाइ आफ्नो खानामा तथा यसलाइ सुपका साथमा खान सक्नुहुन्छ ।

३. सामान्य रूपमा हुने सर्दीलाइ ल्वाँङले ठिक गर्न सक्दछ । तपाइँ ल्वाँङको तेलको दश थोपा महमा मिलाएर दिनमा दुइ देखि तीन पटक प्रयोग गर्न सक्नुहुन्छ । जसले तपाइँको सर्दीलाइ ठिक गर्न सक्दछ ।

४. ल्वाँङमा दिमागी स्ट्रेसलाइ कम गर्ने गुण पनि हुन्छ । ल्वाँङलाइ तपाइँ तुलसी, पुदीना र अलायचीका साथमा प्रयोग गरेर सुगन्धित चिया बनाउन सक्नुहुन्छ, साथै यही मिक्स तपाइँ महका साथमा प्रयोग् गरे स्ट्रेसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

५. यदि तपाइँ त्वचा सम्बन्धी समस्याहरू जस्तै, पोतो, ब्ल्याकहेड्स,र व्हाइट हेड्सबाट चिन्तित हुनुहुन्छ भने यसको उपाय ल्वाँङको तेलमा लुकेको छ । तपाइँले यसलाइ आफ्नो फेसप्याकमा मिलाएर प्रयोग गर्न सक्नुहुन्छ किनभने यो निकै पोल्ने हुन्छ, यसको सिधै त्वचामा प्रयोग गर्न हुँदैन ।

६. ल्वाँङको तेलमा अन्य कुनैपनि तेलको तुलनामा सबैभन्दा धेरै एन्टीअक्सीडेन्ट गुणहरूले भरपूर हुन्छ । एन्टीअक्सीडेन्ट स्वस्थ त्वचा र शरीरलाइ तन्दुरुस्त राख्नमा निकै उपयोगी हुन्छ । ल्वाँङ तेलमा मिनरल्स जस्तै पोटाशियम, सोडियम, फस्फोरस, आइरन, भिटामिन A, र भिटामिन C अत्यधिक मात्रामा हुने गर्दछ ।

७. ल्वाँङको तेललाइ कुनै बिषालु किराहरूले टोकेमा घाउमा प्रयोग गर्न सकिन्छ ।

८. ल्वाँङको प्रयोग गरेर बनाइएको चियाले केशलाइ निकै फाइदा पुर्याउँछ । ल्वाँङको चियालाइ केश कलर गर्न र स्याम्पु गरेपछि लगाउन सकिन्छ । यसलाइ चिसो बनाएपछि मात्र केशमा प्रयोग गर्नु पर्दछ । तपाइँको केशलाइ सुन्दर बनाउन यो निकै उपयोगी सावित हुन्छ ।

९. ल्वाँङबाट केशका लागी कन्डीशनर पनि बनाउन सकिन्छ । यदि तपाइँको केशमा छिटै लट्टा पर्ने जस्तो समस्या रहेको छ भने, यसबाट बनाइएको कन्डीशनर निकै असरकारक हुन्छ।

१०. ल्वाँङको उपयोगबाट उलटी आउने समस्या, डराउनु र मर्निङ सिकनेसमा आराम मिल्दछ । ल्वाँङको तेलमा केही अमिलो र थोरै चिनीका साथमा पानी राखेर पिउनु पर्दछ ।

यति धेरै उपयोगी ल्वाङको तपाइँ पनि प्रयोग गर्न थाल्ने कि ?

आर्यूवेदिक उपचार: पिनास हुदा खान हुने र नहुने

डा. क्षितिज बराकोटी
नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना । (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन । पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै ः नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।

पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ । मासको दाल पनि खानु हुँदैन । अति नै सादा भोजन गर्नु पर्छ । यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।

पिनास हुँदा खानु पर्नेे कुराहरु पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ । हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ । नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।

विशेष ः पिनासको उपचारका लागि योसास क्लिनिक डा. बराकोटीब्दय – लगनखेल, ललितपुरको बिशेष उपचार विधिहरुबाट हजारौ पिनासका रोगीले पूर्ण लाभ प्राप्त गरेका छन् । दीर्घ एवं पुराना रोगीहरुमा पनि राम्ररी खाना बारेर िबशेष उपचार गराउदा पूर्ण ठीक भएका छन् । त्येसैले खानपान जथाभावि नगरी नियमित भै उपचार गराउनु अति नैं लाभदायक हुन्छ ।

सहमति नभए मैले पनि सभापतिमा उमेद्वारी दिन्छु :महत

सोमबार, १७ फागुन
काठमाडौं। कांग्रेस नेता रामशरण महतले १३ औं महाधिवेशनमा सहमतिमा सर्वसम्मत  नेतृत्व चयन नभए आफूले पनि सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महतले बाहिर हल्ला गरिए जस्तो आफ्नो सभापतिको उमेद्वारिबाट पछि नहटेको स्पष्ट पारेका छन् । उनले भने, ‘कार्यबाहक सभापति पदका लागि  रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरवहादुर देउवाले नछाड्ने हो भने म आफै उमेद्वारी दिनेछु । उहाँहरु भन्दा जुनियर मात्रै हो अरुमा म उहाँहरु भन्दा कम छैन। ’
आफ्नो व्यक्तित्वलाई थप जोड दिंदै महतले भने,”म अन्तर्राष्ट्रिय क्षेत्रले मानेको र पुरस्कृत गरेको ब्यक्ति हुँ ,त्यसैले सभापति बन्न म जति योग्य अरु कोही पनि छैन ।’
काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले सो कुरा बताएका हुन् ।
nepalsandesh

सशस्त्रका पूर्वमहानिरीक्षक बस्नेत सहित सातविरुद्ध मुद्दा

सोमबार, १७ फागुन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको सामान खरिद तथा मातहतका एकाइमा सामान ढुवानीमा रु नौ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा पूर्वमहानिरीक्षक सनतकुमार बस्नेत सहित सात जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार २०६६ वैशाखदेखि २०६८ साउनसम्म बलको महानिरीक्षकका हैसियतमा कार्यरत रहँदा बस्नेत लगायतले अनियमिततापूर्वक नक्कली बिल तथा भरपाई बनाई राज्यकोषको हिनामिना गरेको अध्ययनबाट पाइएको छ । अभियुक्त सबैलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले बस्नेत र सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापाले रु नौ करोड १५ लाख ८१ हजार १५१, सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतले रु ७३ लाख २३ हजार ९४५, सशस्त्र प्रहरी निरीक्षक शिवबहादुर अधिकारीले रु २३ लाख ५९ हजार १०, सशस्त्र प्रहरी नायब निरीक्षक देवेन्द्रकुमार श्रेष्ठले रु ८३ लाख ८३ हजार १३६, सशस्त्र प्रहरी नायब निरीक्षक नीलबहादुर श्रेष्ठले रु एक करोड छ लाख ६४ हजार ७३४ र सशस्त्र प्रहरी नायब निरीक्षक लेखबहादुर खत्रीले रु एक करोड छ लाख २९ हजार ७१२ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको प्रवक्ता पुष्करले जानकारी दिनुभयो ।
सामान ढुवानी नै नगरी सञ्चालनमा नै नभएका ट्रान्सपोर्ट कम्पनीको झुटा बिल तथा भरपाई बनाएर राज्यकोषको दुरुपयोग गरेको, बुद्ध तथा यति एयरलाइन्सबाट कार्गो गरी मातहतका एकाइमा जिन्सी सामान ढुवानी गराएको भनी रकम लिएको, सामान ढुवानी गर्न भनी पेस्की लिएका भनिएका कर्मचारीका नाममा पेस्की शोधभर्ना भुक्तानी नदिइएको र दैनिक भ्रमण भत्ताका नाममा झुटा विवरण पेस गरेको अनुसन्धानबाट खुलेको छ ।
nepalsandesh

सेल्फी खिच्दा नदीमा बगेकी युवती बचाउने इन्द्रबहादुरको कारुणिक बयान

इन्द्रबहादुर लामा ‘गोविन्द’

म चितवनको नारायण्गढ बजारमा सामान लोड अनलोडको काम गर्ने श्रमिक हुँ । आइतबार काममा छुट्टी हुन्छ । छुट्टीको दिनमा नारायणी नदीमा माछा मार्न जान्छु । पछिल्लो आइतबार (फागुन १६ गते) पनि बल्छी खेल्न गएको थिएँ ।
दिउँसो करिब पौने तीन बजेको थियो । एक्कासि नदीले दुई युवतीलाई बगाएर ल्याउँदै गरेको देखें । उनीहरु म भन्दा २० मिटर परबाट बगिरहेका थिए । त्यसको केही पर अरु चार जना युवतीले हात हल्लाइरहेका थिए । एकछिन त के भइरहेको छ भन्ने छुट्याउनै गाह्रो भयो ।

बगिरेहका दुवैले एकले अर्कालाई च्याप्प समातेका थिए । मेरो नजिकै आएपछि उनीहरु चिच्याएको सुनेँ । उनीहरु चिच्याउँदै बचाउ, बचाउ  भनेको सुनेपछि बगाएको रहेछ भन्ने चाल पाएँ र नदीमा हाम फाले ।
नारायणी नदी नेपालकै सबैभन्दा गहिरो हो भन्ने मलाई थाहा छ । तै पनि उनीहरुको ज्यान बचाउन कस्सिएँ । तैरिँदै गएँ । नजिकै गएर एउटीको कपाल समातें । तर दुर्भाग्य के भयो भने एउटीलाई नदीले बगायो । हतारहतार नम्रता सापकोटालाई किनारामा ल्याएँ । उनी बेहोस थिइन् । उनीहरुसँगै गएका अन्य चारजना पनि त्यहाँ आइपुगे । उनीहरु आफ्नी अर्की साथी विस्मृति ज्ञवाली (दुवैको नाम पछि थाहा भएको) लाई पनि बचाइदिन आग्रह गरिरहेका थिए ।
विस्मृति बगिरहेकी थिइन् । मैले प्रयास नगरेको होइन, तर त्यतिबेलासम्म उनलाई नदीले परै लगिसकेको थियो । उनलाई बचाउन नसकेकोमा मनमा खिन्नता जाग्यो । मसँगै रहेका पाँच जना बहिनीहरु निकै आत्तिएका थिए । सबैजना होसमै भएता पनि बेहोस् जस्तै थिए । उनीहरु रुँदै चिच्याउँदै कहिले भगवानसँग प्राथना गर्थे त कहिले मलाई बचाइदिन आग्रह गर्थे । तर, त्यति ठूलो नदीमा कुनै सुइँको नपाइ कसरी बचाउनु । म तैरिन जान्ने भएता पनि मसँग नत कुनै उपकरण थियो न केही । उनीहरुको अर्की साथीलाई मैले चाहेर पनि बचाउन सकिन ।
भरतपुरको एउटा क्याम्समा पढ्ने ती बहिनीहरु ६ जनाको ग्रुपमा नारायणी किनारमा घुम्न आएका रहेछन् । त्यत्तिकैमा नजिकै रहेको ढुङ्गामा चढेर सेल्फी लिने क्रममा चिप्लिएर दुई जनालाई खोलाले बगाएको रहेछ । उनीहरुबाट मैले थाहा पाएँ ।
पछि हराएकी विस्मृतिको शव फेला पर्यो । त्यो रात म सुत्नै सकिन र अहिले पनि त्यो घटना मेरै आँखा अगाडि झलझली आइरहन्छ । सबैले मलाई ‘तिमिले निकै राम्रो काम गर्यौ’ भन्दै बधाई दिइरहेका छन् । तर मेरो मनमा भने अझै चिसो पसिरहेको छ । मैले किन उसलाई पनि बचाउन सकिन भन्ने प्रश्न मेरो मनमा खेलिरहन्छ । आफ्नै आँखा अगाडि दुईजना बगिरहेको देखेँ, तर एकजनालाई बचाउँदा अर्कोलाई बचाउन सकिन ।
मलाई फोटो खिच्न खासै रहर लाग्दैन अनि म एक सामान्य मानिस हुँ । अहिले फेसबुक भन्नेमा फोटो राख्न सेल्फी खिच्छन् रे भन्ने साथीभाइबाट सुनेको छु । म आफू पनि फेसुबक चलाउँदिन । तर, यो घटनाले गर्दा मलाई के भन्न मन लागेको छ भने । म सबैलाई हात जोडेर अनुरोध गर्छु कि जतिसम्म सम्भव छ त्यतिमात्र गर्नुस् । फोटो खिच्ने फेसबुकमा राख्ने र अरुलाई देखाउने होडबाजीमा ज्यान पनि जान सक्छ । सवैको आफ्नो आफ्नै अधिकार हो । फोटो खिच्न नपाउने होइन तर, यसरी ज्यानै लिनसक्ने स्थानमा अलि सजग रहनुपर्छ जस्तो लाग्छ मलाई । हामीले गरेको सानो गल्तीले ज्यानै जानसक्छ ।
भनिन्छ बगेको खोला फर्कदैन त्यसरी नै एकपटकको जीवन हामीबाट गुमेपछि फिर्ता पाउन सकिँदैन । मैले आफ्नो तारिफ गरेको होइन । तर, म जसरी अरुको ज्यान बचाउन यसरी नदीमा हाम फाल्ने कमै हुन्छन् । मैले त्यतिबेला मेरो बारेमा नसोची मानवताको नाताले नदीमा हाम फालेको हुँ । मानिस भइसकेपछि मलाई पर्दा अर्कोले र अर्कोलाई पर्दा मैले सहयोग गर्नुपर्छ ।
तर, सबैमा यो भावना हुँदैन । सबैलाई अरुको भन्दा आफ्नै ज्यान प्यारो लाग्छ । त्यसैले पनि हामी कुनै समस्या आनुनुभन्दा पहिले नै आफै सजग रहन सके समस्याको सामना नै गर्नुपर्दैन । बैनी नम्रतालाई बचाउन सके त्यसमा म जति खुसी छु अर्की बैनीलाई बचाउन नसक्दा त्यति नै म दुखी पनि छुँ । आफ्नो ज्यान जोखिममा हालेर सेल्फीको पछि नलाग्नुहोस् यो मजदुर इन्द्रको सानो आग्रह छ ।
(इन्द्रले काठमाण्डु टुडेका कृष्ण आचार्यसँग गरेको कुराकानीमा आधारित)
kathmandutoday

मार्चमा मोदीले भारत छाड्ने ! जानेछन् विश्वका यी देशमा

नयाँ दिल्ली, १७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मार्च महिनामा विभिन्न तीन देशको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।
उहाँले आगामी मार्च महिनामा संयुक्त राज्य अमेरिका, बेल्जियम र साउदी अरेबियाको भ्रमण गर्न लाग्नुभएको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी दिइएको समाचारमा जनाइएको छ ।
उहाँ मार्च ३० मा बेल्जियम पुग्नुहुने र त्यहाँ हुन लागेको युरोपेली युनियनको सम्मेलनमा सहभागी हुनुहुने छ ।
त्यसपछि उहाँ संयुक्त राज्य अमेरिका जानुहुने छ । अमेरिकाको वासिङ्टनमा हुने आणविक सुरक्षा सम्मेलनमा सहभागी हुनुहुने सो समाचारमा जनाइएको छ ।
उक्त आणविक सुरक्षसम्बन्धी सम्मेलनमा विश्वका करिब ५० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने जनाइएको छ ।
प्रधानमन्त्री मोदीले त्यसपछि साउदी अरेबियाको भ्रमण गर्नुहुने छ । भारतको प्रधानमन्त्रीका रुपमा गएको छ वर्षयता पहिलो पटक प्रधानमन्त्री मोदी साउदी अरेबिया जान लाग्नुभएको हो । रासस
dainiknepal

माधव नेपालले राखे नयाँ प्रस्ताव


डडेल्धुरा, १७ फागुन– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको सही कार्यान्वयनका लागि अब राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
सोमबार डडेल्धुरामा आयोजित पार्टी जागरण अभियानलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेता नेपालले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारका रुपमा आकार दिन सकिने तर्क गर्दै यसका लागि दलहरुबीचमा नयाँ सहमति गरेर जानुपर्ने आवश्यकचा औंल्याए ।
नेपालले एक अर्को प्रसंगमा स्थानीय निकायको निर्वाचन नहूँदा भ्रष्टाचार मौलाएको बताउँदै स्थानीय निकायको निर्वाचन समेत हुनुपर्नेमा जोड दिए ।
kathmandutoday

सिरियामा रसियाले प्रयोग गरेको ५ घातक हतियार

रसियाका महत्वकांक्षी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरिराखेका छन्। पश्चिमा सञ्चारमाध्यमहरु पुटिनले संसारमा पुन: एकपटक रसियालाई विश्वशक्तिको रुपमा स्थापित गर्न सिरियामा हतियार प्रदर्शन गरेको बताउँछन्।

इस्लामिक स्टेटलाई कारवाही गर्न सिरियामा आक्रमण शुरु गरेको रसियाले खास उदेश्य राष्ट्र बशर अल असदलाई जोगाउनु रहेको अमेरिकाले आरोप लगाउने गरेको छ। यसबीच टर्कीले एक रसियन लडाकु विमानलाई आफ्नो क्षेत्रमा छिरेको भन्दै खसालिसकेको छ। तर रसियाले सिरियामा टसमस हुने संकेत दिएको छैन्। बरु पुटिनले रसियामा एक से एक घातक हतियार उतारेर अमेरिका नेतृत्वको नाटो गठबन्धनलाई समेत रक्षात्मक पारेका छन्।

सुखोइ-३५ फाइटर जेट


सुखोइ-३४ फाइटर जेट रसियन वायुसेनाले सन् २०१५ देखि प्रयोगमा ल्याइरहेको छ। सिरियामा सुरुदेखि नै तैनाथ यो फाइटर विमान प्रयोग गरि रसियाले इस्लामिक स्टेट माथी कारवाही चलाउँदै छ। पछि आफ्नो आधार इलाका बढाएर रसियाले सुखोइ-३४ भन्दा अझै अत्याधुनिक सुखोई-३५ एस विमान सिरियामा उतारेको छ। यसको युद्ध क्षमताले विश्वका ठुला हतियारका ग्राहक लोभिने गरेका छन्।

लामो दुरीका क्रुज मिसाइल
6सन् २०१५ मा विश्व एकाएक सतर्क भयो जब रसियाले आफ्नो लामो दुरीको क्रुज मिसाइल इस्लामिक स्टेट विरुद्ध उतार्यो। सयौं किलोमिटर टाढाबाट ‘कलिब्र-एनके’ मिसाइल प्रहार गर्ने सक्ने यो हतियारले सिरियामा सयौं आतंककारI अनि तिनका हतियार र तेल भण्डार खरानी बनाएको छ। विश्वकै ध्यान खिचेको यो क्रुज मिसाइल प्रणालीको कयौं विशेषता अझैपनि रसियाले सार्वजनिक गरेको छैन। यसको एउटै विशेषता प्रष्ट छ, ३५० किलोमिटर टाढासम्म यसले अचुक निशाना लगाउन सक्छ भने पानी बाट २,६०० किलोमिटर टाढा जमिनमा मिसाइल प्रहार गर्न सक्दछ।



टुपोलेभ-१६० स्ट्र्याटेजिक बमर


रुसमा ह्वाइट स्वान (सेतो हाँस) र पश्चिमी मुलुकमा ‘ब्ल्याकज्याक’ को नामले चिनिने टुपोलेभ -१६० बमर बिमानले परमाणु हतियार बोकेर १४,००० किलोमिटर एकैपटकमा उडान भर्न सक्ने सार्मर्थ्य राख्दछ।

सिरियामा भने यसले केएबी-५०० गाइडेड बम, केएच-२९एल लेजर गाइडेड मिसाइल र केएच-१०१ एयरलञ्च्ड मिसाइल प्रयोग गरेर इस्लामिक स्टेटका अखडामा प्रहार गर्दैछ।

टिओसए-१ए सोलनसेपियोक रकेट लञ्चर

यो हतियारले एकपटकमा थुप्रै रकेट प्रहार गर्न सक्दछ। यो सिरियाको युद्धमा निकै प्रभावकारी सिद्ध भएको छ। पहाडी इलाकामा लुकेर बसेका आईएस विरुद्ध रुसले यसको निकै प्रभावकारी ढंगले प्रयोग गर्दै आएको छ। यसबाट प्रहार रकेट निशानामा पुगि विस्फोट भएपछि उत्पन्न हुने तरंगले नै आईएसको गढ ध्वस्त पार्ने गरेको छ।

बिटिआर-८२ए ट्याङ्क

जल र वायु मा मात्र होइन, रुससंग जमिनमै चल्ने ट्याङ्क पनि निकै अत्याधुनिक छ। ३० एमएमको अटोक्यानन र ७.६२ एमएमको मेसिनगन सहितको यो ट्याङ्कमा डिजिटल टारगेट प्रणाली जडान गरिएको छ। कङ्क्रिटका ठुला संरचनापनि यसले धुलो बनाउन सक्ने सामर्थ्य राख्छ।

यो पनि पढ्नुस्।

‘मधेसी नेताको सत्ता लोलुपताले आन्दोलनको दुर्दशा’

काठमाडौं, फागुन १७ । पूर्वमाओवादी नेता मातृका यादवले मधेसी नेताहरुको सत्ता लोलुपताका कारण मधेस आन्दोलनको दुर्दशा भएको टिप्पणी गरेका छन् ।

सोमबार राजधानीमा भएको अन्तरक्रियामा उनले मधेस आन्दोलनलाई सही दिशामा अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रमका अन्य वक्ताहरुले मधेसमा सक्षम नेतृत्वको खाँचो रहेको भन्दै सही नेतृत्व नपाउँदा आन्दोलन नै अल्मलिएको बताएका थिए ।imagekhabar

‘गगन’ ल्याउन भन्दै देउवाले गनगन गर्न थालेपछि …

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेता नातानान पनि तिव्र बन्दै गएको छ । पार्टी नेतृत्वका लागि अहिलेसम्म पाँच जनाले दाबेदारी प्रस्तुत गरिसकेका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा नेतृ सुजाता कोइरालाले नेतृत्वको आकांक्षा देखाइसकेका छन् । उनीहरुले आफूलाई भावी समापतिमा विजयी गराउन कार्यकर्ताहरुलाई आग्रह गर्दै मतसमेत मागिरहेका छन् ।
तर महाधिवेशन आउन तीन दिन बाँकी छँदासमेत सभापतिका दाबेदार कसैले पनि आफ्नो प्यानल घोषणा गर्न सकेका छैनन् । आ–आफ्नो समूहभित्र पदाधिकारीका आकांक्षी धेरै भएपछि उनीहरुले प्यानल घोषणा गर्न नसकेका हुन् । आफ्नो प्यानल आजै घोषणा गर्ने तयारीमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवासमेत पछि हटेका छन् । उनले संस्थापन पक्षभित्र विवाद सिर्जना भएपछि त्यहाँका असन्तुष्टलाई समेत समावेश गरेर प्यानल घोषणा गर्ने तयारी गरिरहेका छन् ।
अघिल्लो महाधिवेशनमा संस्थापन पक्षमा खुलेरै लागेका नेता अर्जुननरसिंह केसीलाई वरिष्ठ नेता देउवाले आफ्नो प्यानलको महामन्त्रीमा उठाउने बचन दिएका छन् । तर उनले केसीका ज्वाईंसमेत रहेका युवा नेता गगन थापालाई आफ्नो समूहमा ल्याउनुपर्ने सर्त पनि राखेका छन् ।
देउवाले राखेको सर्त स्वीकार गर्दै केसीले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर गगन थापाले देउवाको क्याम्पमा नजाने र बेग्लै समूहबाट महामन्त्रीमै चुनाव लड्ने तयारी गरेपछि देउवा सशंकित बनेका छन् । देउवाले जसरी पनि गगन थापालाई आफ्नो प्यानलमा ल्याउनसमेत केसीलाई दबाब दिन थालेका छन् ।
महामन्त्रीमा गगन बेग्दै प्यानलबाट चुनाव लड्ने भए केसीलाईसमेत देउवाले आफ्नो समूहमा पार्ने सम्भावना नरहेको उनी निकट नेताहरु बताउँछन् । देउवा पक्षमा पहिलेदेखि नै लाग्दै आएका खुमबहादुर खड्का, पूर्णबहादुर खड्का र बालकृष्ण खाँडलगायतलेसमेत महामन्त्रीमा दाबेदारी गरेका छन् । यसले देउवालाई निकै अप्ठ्यारो परेको बताइएको छ ।
dainiknepal

बेलायतद्धारा नेपाललाई ठूलो सहयोगको घोषणा

काठमाण्डु, १७ फागुन– नेपाललाई पूरानो सहयोगी राष्ट्र बेलायतले २ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।
सो सहयोगका लागि सोमबार अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र बेलायती सहयोग नियोग नेपालका प्रमुख डा.गेल मार्टेजीले सहायता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालमा चार वर्षसम्म सञ्चालन हुन लागेको इभिडेन्स फर डेभलप्मेन्ट कार्यक्रमका लागि बेलायतले सो सहयोग दिएको जनाएको छ ।
kathmandutoday

चीनसँग काठमाडौं र लुम्बिनीसम्मै रेलमार्गको प्रस्ताव

१७ फागुन, घोराइ ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भारत र चीन दुवै छिमेकीसँग समान सम्बन्ध कायम गर्नु पर्ने र तत्काल चीनसँग व्यापारिक सम्झौताहरु अघि बढाउनुपर्ने बताएका छन् ।

सोमबार दाङको घोराहीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने र त्यो भ्रमणका क्रममा नेपाल र चीनका बीचमा धेरै व्यापारिक सम्झौताहरु हुने बताए ।

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने भने, ‘चीनले केरुङसम्म रेलवे ल्याउने प्रस्ताव अघि बढाएको छ, हामीले त्यहाँमात्रै होइन, त्यहाँबाट काठमाडौं र लुम्बिनीसम्मै रेलमार्गको प्रस्ताव गर्नेछौँ ।’

भारतसँगको सम्बन्ध सामान्यीकरणमात्रै भएको भन्दै उनले अझै पनि पुरै नाकाबन्दी नहटेकाले अझै ढुक्क हुने अवस्था नभएको बताएका छन् ।nepaliheadlines

दैनिक बीस बुलेट ग्यास नेपाल भित्रदै

सोमबार, १७ फागुन
पर्सा। वीरगन्ज नाका सहजभएसँगै भारतबाट खाना पकाउने ग्यासको आयातमा समान्य वृद्धि भएको छ । भारतको बरौनी, हदलियाँ र मथुराबाट वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने खाना पकाउने ग्यासको सङ्ख्या प्रतिदिन ११/१२ बुलेटबाट बढेर १९/२० बुलेट पुगेको छ ।
माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा इण्डियन आयल कोर्पोरेसनले नेपाललाई दैनिक ११ देखि १२ बुलेट ग्यास उपलब्ध गराउँदै आए पनि फागुन १३ गतेदेखि १६ गतेसम्ममा उक्त सङ्ख्यामा वृद्धि गरी प्रतिदिन १९ देखि २० बुलेट उपलब्ध गराएको वीरगन्ज भन्सार कार्यालयका अधिकृत लोकराज पन्तले जानकारी दिनुभयो ।
माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा वीरगन्ज नाकाबाट १८८ बुलेट ग्यास भित्रिएको तुलनामा फागुन १३ गतेदेखि १६ गतेसम्मको चार दिनमा मात्र ७९ बुलेट ग्यास भित्रिएको छ । सहज अवस्थामा वीरगन्ज नाकाबाट दैनिक ३० देखी ४० बुलेट खाना पकाउने ग्यास भित्रिएको थियो ।
यसैबीच वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थको आयातमा समेत सामान्य सुधार आएको भन्सारले जनाएको छ । माघ २५ गतेदेखि फागुन १६ गतेसम्ममा सो नाकाबाट तीन करोड ५० लाख ९२ हजार लिटर इन्धन भित्रिएको छ । आयात सुचारु भएको २४ दिनमा डिजेल दुई करोड १४ लाख ३० हाजर लिटर, पेट्रोल ८३ लाख ९६ हजार लिटर, हवाई इन्धन ४९ लाख ६२ हजार लिटर र मट्टितेल तीन लाख चार हजार लिटर भित्रिएको छ ।
nepalsandesh

भारतीय बजेटमा किसानका लागि विशेष कार्यक्रम

१७ फागुन, नयाँ दिल्ली।
भारतीय सरकारले आगामी बजेटमा किसानका लागि विशेष कार्यक्रम ल्याउन लागेको जनाएको छ ।

किसानका लागि दिइएका विगतका सहुलियत कार्यक्रमहरुलाई लगभग दोब्बर बनाउने योजना सरकारको रहेको छ । सो योजनाबमोजिम आगामी बजेटमा विशेषगरी ग्रामीण क्षेत्रका किसानलाई बढी सहयोग दिइने छ ।

भारतीय वित्तमन्त्री अरुण जेट्लीले सो जानकारी गराएका छन् । उनले सरकारले आगामी बजेटमा किसानका साथै ग्रामीण क्षेत्रका नागरिकको जिवनस्तर उकास्ने कार्यमा बजेट केन्द्रित गरिने जानकारी दिए ।



जेट्लीले भने– भारतीय किसानले खाद्य सुरक्षाका लागि मेरुदण्डका रुपमा काम गरिरहेका छन् र यसका लागि सम्पूर्ण भारतीय किसानप्रति हामी आभारी छौँ ।
सरकारले किसानको आम्दानीको सुरक्षाका क्षेत्रमा केन्द्रित गरेर बजेट ल्याउने भएको छ ।

सो बजेटमा किसानका विविध क्षेत्रहरु जस्तै उत्पादनमा गरिने बृद्धिका साथै उनीहरुको आम्दानीका लागि पनि प्रेरित गर्ने कार्यक्रम पनि रहेका बताइएको छ ।

ज्ञानमा आधारित कृषि उद्योगको स्थापनाका लागि किसानलाई पनि इन्टरनेटमा पहूँचका साथै बजारमा उनीहरुको उत्पादनको पहूँच र बिमाको व्यवस्थालाई पनि सो बजेटमा प्राथमिकतामा राखिएको छ ।nepaliheadlines.

पाकिस्तानमा गभर्नरका हत्यारालाई मृत्युदण्ड

सोमबार, १७ फागुन
एजेन्सी। पाकिस्तानका एकजना पूर्व गभर्नरको हत्यामा सम्लग्न सुरक्षाकर्मीलाई झुण्डाएर मृत्युदण्ड दिइएको समाचार छ । पाकिस्तानी राजधानी सहर इस्लामावादमा गभर्नर सल्मान तासिरको सन् २०११ मा हत्या भएको थियो । हत्यामा सम्लग्न हुने मुम्ताज क्वार्दी पाकिस्तानी सुरक्षाबलका अधिकारी दिए ।
उनी इस्लामावादको एक चिया पसलमा चिया पिउन गइरहेका बेला ती सुरक्षाकर्मीले गोली हानी गभर्नर तसिरको हत्या गरेका थिए ।
गभर्नर तसिर पाकिस्तानको विपक्षी दलका एकजना वरिष्ठ नेता थिए भने पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीका हितैषी थिए ।
हत्यारा मुम्ताज क्वार्दी पञ्जाव प्रहरीका कमाण्डो थिए । उनलाई हत्यामा सम्लग्न भएलगत्तै प्रहरी नियन्त्रणमा राखिएको थियो ।
रावलपिण्डीमा रहेको आतङ्कवादविरुद्धका मुद्धा हेर्ने अदालतले उनलाई मृत्युदण्डको सजाय सुुनाएको थियो । उनलाई सोमबार बिहानै रावलपिण्डीमा रहेको आदियाला जेलमा मृत्युदण्ड दिन लगिएको थियो ।
nepalsandesh

नेपाल टेलिकमबाट ग्राहक ठगिए

परासी: इन्टरनेट सञ्चालनका लागि प्रिपेड मोबाइलबाट डाटा प्याकेज लिएका ग्राहकले नेपाल टेलिकमबाट ठगिएको गुनासो गरेका छन्।

प्रिपेडबाट विभिन्न साइजमा जीएसम डाटा लिएका ग्राहकले इन्टरनेट चलाउँदा मेन ब्यालेन्सबाट रकम काट्ने गरेको गुनासो बढेको हो।

सेवा लिदा सुरुमा ब्यालेन्सबाट रकम कट्टा गर्ने गरिएको छ। तर, इन्टरनेट चलाउँदा डाटाबाट नभइ मेन व्यालेन्सबाट रकम काटेको भन्दै टेलिकमका कार्यालय परासी र भैरहवा शाखामा ग्राहकको गुनासो दिनहुँ बढ्दो छ।

नेपाल टेलिकमले दुई दिनदेखि ६ महिनासम्मको आठ रुपैयाँदेखि दुई हजार आठ सयसम्मको डाटा उपलव्ध गराउँदै आएको छ। जसमा १० एमबीदेखि १० जीबीसम्मको डाटा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

एक सय ४६ रुपैयाँ ९० पैसामा दुई सय एमबीको डाटा लिएका परासीका संगित शर्माले सेवा लिएपछि डाटा एक्टिभ भएको मोबाइलमा म्यासेज आएपनि इन्टरनेट चलाउँदा मेन व्यालेन्सबाट रकम काटेको बताए।

प्रिपेड मोबाइलमा डाटा लिन चाहाने ग्राहकलाई नेपाल टेलिकमले म्यासेज बक्समा डाटा टाईप गरी १४१५ मा म्यासेज पठाएपछि इन्टरनेट सुविधाको व्यवस्था गरेको छ। त्यसरी सेवा लिएका ग्राहक गुनासो लिएर आउने गरेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय परासी शाखाकी खरिदार रिता रामदामले बताइन्।

त्यसबारे भैरहवा क्षेत्रीय कार्यालयमा सम्पर्क गर्दा प्रिपेड मोबाइलमा त्यस्तो समस्या आएको बताउने गरेको रामदामले जानकारी दिइन्।नेपाल टेलिकम भैरहवा शाखाका प्राविधिक भरत शर्माले समस्या लिएर ग्राहकहरु आउने गरेकाले केन्द्रीय कार्यालयमा जानकारी दिइएको बताए।

'नयाँ सेवा भएकाले समस्या देखिएको हो, त्यसका लागि केन्द्रले नै प्राविधिक सुधार गर्नु पर्छ।' शर्माले भने।
annapurnapost

गगन थापा महामन्त्रीमा उठ्लान ? यस्ता छन् तीन चुनौती र तीन सम्भावना

सोमबार, १७ फागुन
काठमाडौं । नेपाली काँग्रेसको १३ औं महाधिवेशन आउन अब तीन दिनमात्रै बाँकी रहेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निधनको शोकमै रहेको काँग्रेसलाई तत्कालै महाधिवेशन गरेर वैधानिकता जोगाउने चुनौती पनि रहेको छ ।
महाधिवेशनको चटारोमा रहेको काँग्रेसमा नयाँ नेतृत्वका लागि तीन जना नेताहरुले दाबी गरिरहेका छन् । संस्थापन पक्षबाटै कार्यबहाक सभापति रामचन्द्र पौडेलसहित महामन्त्री कृष्ण सिटौला समेत प्यानलै बनाएर मैदानमा उत्रिने तयारीमा रहेका छन् ।
पछिल्लो समयमा सिटौला प्यालनको महामन्त्रीमा गगन थापाको नाम चर्चामा छ । तर उनले आफै भने कुन प्यानलबाट उम्मेदवार बन्ने भन्नेबारेमा सार्वजनिक घोषणा गरेका छैनन । आगामी महाधिवेशनमा महामन्त्रीमा उठ्न गगन थापालाई तमाम चुनौती रहेका छन् :–
१.काँग्रेसमा युवालाई नेतृत्वमा अवसर दिइनुपर्ने उनको मुख्य जोड रहँदै आएको छ । यस्तो अवस्थामा उनले पदाधिकारीमा नै दावी गर्नुपर्ने अवस्था छ । तर अहिलेसम्म उनी संस्थापन र देउवा दुवै पक्षको पदाधिकारीभित्र अटाएका छैनन् । त्यहाँभित्र अटाएर चुनाव जित्नुपर्ने बाध्यता उनको छ ।
२. देउवा प्यालनबाट उनकै ससुरा अर्जुननरसिंह केसी महामन्त्रीको रुपमा मैदानमा उत्रिने तयारीमा छन् । यस्तो अवस्थामा उनलाई ससुराविरुद्ध महामन्त्रीमा उम्मेदवारी दिन कठिनाई पर्ने देखिएको छ ।
३. गगन थापासँग युवा पुस्ताको आशा रहेको छ । युवाको आशालाई जीवित राख्न पनि उनले अब पदाधिकारीमा नै लड्नुपर्ने हुन्छ । काँग्रेसमा धेरैपटक केन्द्रीय सदस्यमा नै सीमित भएका नेताहरु पनि छन् । तर उनी केन्द्रीय सदस्यमा नै उम्मेदवार बन्दा अघिल्लो पटक जुन लोकप्रिय मत ल्याएका थिए । त्यो अब नरहँने सम्भावना छ ।
गगन थापाका अघि यतिबेला चुनौती र अवसर बराबर रहेका छन् । उनले पदाधिकारीमा नै उम्मेदवार बनेपनि त्यसले उनलाई फाइदा नै गर्नेछ ।
१. जुन प्यानलबाट उठेर भएपनि उनी मैदानमा उत्रिए भने उनलाई युवा पुस्ताको भोट जाने निश्चित छ । यस्तो अवस्थामा उनले अन्य उम्मेदवारलाई कडा टक्कर दिनेमात्रै होइन चुनाव जित्ने सम्भावना रहन्छ ।
२. आफ्नै परिवारभित्रै पनि राजनीतिक विचार फरक भएका थुप्रै उदाहरण छन् । त्यसकारण उनले यसपटक आँखा चिम्लिएर महामन्त्रीमा उम्मेदवारी दिएर त्यसमा पराजित नै भएपनि उनको उचाई केन्द्रीय सदस्यमा जित्नुभन्दा माथि हुनेछ ।
३. उनले पार्टीमा युवाहरुलाई स्थान दिइनुपर्ने भनि उठाउँदै आएको आवाजमा उनको उम्मेद्वारीले थप बल मिल्नेछ । यसले उनी बोल्नेमात्रै होइन व्यबहारिक रुपमै काँग्रेसमा युवा पुस्तालाई अघि बढाउने पक्षमा भएको देखिन्छ । यसले उनीमाथिको युवाको भरोसामा अझ वृद्धि हुनेछ र भावी राजनीति अझ सुरक्षित बन्नेछ ।
nepalsandesh

नक्कली लाइसेन्सलार्इ तह लगाउन सात हजार स्मार्ट कार्ड वितरण

काठमाडौँ, १७ फागुन । यातायात व्यवस्था विभागले अहिलेसम्म सात हजार स्मार्ट कार्ड वितरण गरेको जनाएको छ । वाग्मती अञ्चलभित्रका सवारी चालकलाई स्मार्ट कार्डमार्फत अनुमति प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा वितरण कार्य गत पुस ३ गतेबाट प्रारम्भ गरिएको थियो ।
पहिलो चरणमा वाग्मती अञ्चलभित्र सवारी चालक अनुमतिपत्र लिएकालाई स्मार्ट कार्ड प्रदान गरी परीक्षणको रुपमा हेर्दा सफल भएपछि विभागको देशभर रहेका कार्यालयबाट सबैलाई प्रदान गर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । सवारी चालकको परिचय तथा कहिले कहाँबाट सवारी चालकको अनुमति लिएको भन्नेबारेमा सबै जानकारी स्मार्ट कार्डभित्र राखिएको हुन्छ ।
यो विद्युतीय प्रणालीबाट व्यवस्थित गरिएकाले नक्कली सवारी अनुमति पत्रलाई निषेध गर्न सहयोग पु¥याउनेछ । महानिर्देशक श्रेष्ठले यस क्षेत्रमा देखिएका विकृति तथा विचौलियालाई समेत न्यूनीकरण गर्ने बताउँदै स्मार्ट कार्डलाई व्यवस्थित गर्न दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो ।
त्यसैगरी विभागका इन्जिनियर राजकुमार महर्जनले उक्त कार्डको माग दिन प्रतिदिन अत्यधिक बढ्दै गएको भए पनि दैनिक एक हजार स्मार्ट कार्ड वितरण सक्ने क्षमता रहेको बताउनुभयो । सवारी अनुमतिपत्रको नवीकरणका लागि दैनिक करिब ६०० निवेदन पर्ने गरेको र तीनलाई स्मार्ट कार्डमा व्यवस्थित गरिने गरेको उहाँले बताउनुभयो । रासस
purbelinews

पैसासहित श्रीमती अर्कोसँग गएपछि श्रीमानको बिचल्ली

सोमबार, १७ फागुन
कालीकोट। कालीकोटको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमानले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् ।
जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
मलेसियामा रहेका लल्तेले शान्तिका नाममा विभिन्न समयमा आइएमइमार्फत रकम सात लाख पठाएको अभिभावकले बताएका छन् ।
नेपालगन्ज घर भएका प्रहरी जवान सहिष मनियारले शान्ति तिरुवालाई भगाएर स्थानीय जिते बजारमा हिँड्दै गरेको अवस्थामा शान्ति तिरुवाका ससुरा कलौरा तिरुवाले थाहा पाएपछि पक्राउ गरी प्रहरीलाई बुझाएको तर उनीसँग रकम नभेटिएको बताइएको छ ।
आफूलाई विदेशबाट श्रीमान्ले केही रकम घर खर्चका लागि पठाएको भएपनि सात लाख भने नपठाएको शान्तिले बताएकी छन् ।
अहिले मनियारलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी विभागीय कारबाहीका लागि प्रक्रियाअघि बढेको इलाका प्रहरी कार्यालय स्युनाका निमित्त कार्यालय प्रमुख तथा असई कुलबहादुर खड्काल बताए। शान्ति तिरुवालाई भने मनियारको जिम्मा लगाइएको छ ।
nepalsandesh

चीनका राष्ट्रपति सी लाई नेपालले बोलायो, निम्तो बेइजिङ पठाइयो

काठमाडौं, १७ फागुन । सरकारले चीनका राष्ट्रपति सी जिन पिङ लाई नेपाल भ्रमणको निम्तो दिएको छ ।
सरकारले बुद्ध जयन्तीका अवसरमा नेपालमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बुद्ध सम्मेलनमा सहभागी हुन आग्रह गर्दै चीनका राष्ट्रपति सी जिन पिङलाई निम्तो पठाएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्द पोखरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- ‘सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६०औं बुद्धजयन्ती मनाउने तयारी गरेको छ । त्यसमा चीनका राष्ट्रपतिलाई बोलाएका छौं । आउनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’
भारतले नाकाबन्दी लगाउँदा नेपाललाई थुप्रै सहयोग गरेको चीनका राष्ट्रपति सी अहिलेसम्म एकपटक पनि नेपाल आएका छैनन् । अब भने उनी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपाल आउनसक्ने चीनका लागि नेपाली राजदूत महेस मास्केको विश्वास छ ।
पर्यटनमन्त्री पोखरेलका अनुसार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका साथै एसियाली राष्ट्रका राष्ट्रप्रमुखलाई निमन्त्रणा गरिएको छ । एक हप्तासम्म चल्ने यो सम्मेलन धार्मिक र प्राज्ञिक दुवै हुने मन्त्री पोखरेलले बताउनुभयो ।
उहाँले नेपालमा बुद्ध जन्मिएको भन्ने सत्यलाई बिर्सिएर अहिले पनि कतिपय देशमा भारतमा जन्मिएको भन्ने भ्रम रहेको भन्दै उक्त भ्रम चिर्न पनि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
dainiknepal

अध्यक्षमा जितेपछि विहे गर्दै नविना लामा, को हुन् हुनेवाला श्रीमान ?

काठमाडौं, १७ फागुन । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय नेतृ नविना लामाले विहेको तयारी गरेकी छिन् ।
भर्खरै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको सर्वाेच्च पद अध्यक्षमा निर्वाचित नविनाले आफ्नो एक अन्तर्वार्ताका क्रममा छिट्टै विहे गर्ने खुलाएकी हुन् ।
उनले भनिन्- ‘बिहे भनेको कुरा मान्छेको नितान्त व्यक्तिगत विषय हो । त्यो निजी जीवनसँग जोडिएको कुरा हो । मेरो आफ्नो व्यक्तिगत स्वतन्त्रताको विषय हो त्यो । केहि समयपछि बिहे गर्ने पक्षमा छु । तर कहिले गर्ने भन्ने मिति चाँहि फाइनल भएको छैन ।’
महासचिव हुँदा संगठनमा सफल कामहरु गरेकी नविनाले अध्यक्षमा निर्वाचित भएपछि थप जिम्मेवारी बढेको भन्दै संगठनलाई नमुना संगठन बनाउने बताइन् ।
को हुन हुनेवाला श्रीमान ?
नविनाका अनुसार उनका हुनेवाला श्रीमान अनेरास्ववियुकै एक जना नेता हुन् । उनको नाम भने खुलाउन मानिनन् । सँगै काम गर्ने क्रममा करिब ३–४ वर्ष पहिला प्रेम बसेको सुनाउँदै उनले परिवारको सहमतिमा प्रेमीसँग विहेको तयारी गरेको बताइन् ।
उनले ‘संगठनको काममा व्यस्त हुनुपर्छ । बाहिर घुमफिर गर्न जाने समय हुँदैन । फेरि पब्लिकली घुम्न जान पनि मिलेन । संगठनको कामकै क्रममा भेटहुन्छ । कुराकानी हुन्छ । त्यही हो डेटिङ हाम्रो त ।’ भन्दै प्रेम सम्बन्धबारे वर्णन गरिन् ।
dainiknepal

नविना लामाले बनाइन् नयाँ रेकर्ड !

काठमाडौं । हालै सम्पन्न अनेरास्ववियुको २२ औँ महाधिवेशनमा सवैभन्दा बढी मत पाएर जित्नेमा अध्यक्ष नविना लामा भएकी छिन भने सबैभन्दा कम मतान्तरमा हार्नेमा उपाध्यक्षकी उम्मेदवार राधिका खतिवडा भएकी छिन ।
नविनाले कूल मत १५२० मध्ये आधा भन्दा बढी ८६५ मतका साथ विजयी भएको निर्वाचन समितिले सार्वजनिक गरेको छ । उनका निकटतम प्रतिद्धन्दी दिपक गौतमले ६४९ मत पाएका थिए ।
त्यस्तै उपाध्यक्षमा ४ मतको कमीले गौतम प्यानलकी राधिका खतिवडा पराजित भइन । यदि अन्तरघात नभएको भए उनले जित्ने पक्कापक्क थियो ।
चार उपाध्यक्ष मध्ये सवैभन्दा बढी महेश वर्तौलाले ७८४ मत पाए । चौथो नम्बरमा जित्ने शैलेश लामाले ६८० मत पाए भने ६७६ मत पाएर खतिवडा पाँचौ बनिन् । महासचिवमा ऐन महरले ८३१ मत पाए भने अब्दुल हुसेनले ६६२ मत पाए । सचिवमा सवैभन्दा बढी मत पाएका समिक बडालको पक्षमा ९१९ मत पर्यो । साँघु साप्ताहिकमा समाचार छ ।
dainiknepal

रामचन्द्रसँग भिड्न सुजाताले यस्तो के-के गरिन ?

काठमाडौं । सभापति पदका दावेदार रामचन्द्र पौडेलले कोइराला परिवारको समर्थन मैले पाएँ भन्दै सञ्चारमाध्यममा समाचार प्रवाह गरेको भोलिपल्ट बिहानै कांग्रेस नेतृ सुजाता कोइरालाले रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालाई फोन गरी आफ्नो निवासमा बोलाएर भनिन रामचन्द्रजीले के गर्न खोजेको हुँदाहँदा हाम्रो परिवार नै भाड्ने षड्यन्त्रका साथ समाचार लेखाउन थाले ल ऋषि आजै रिपोर्टस क्लबमा कार्यक्रम राख, म केही कुरा बोल्छु ।
कोइरालाको आग्रहअनुसार धमलाले शनिवार दिउसो कार्यक्रम राखे कार्यक्रममा आक्रोशित मुद्रामा देखिएको सुजाताले सिधा भाषामा नभने पनि घुमाउरो भाषामा भनिन पौडेल र सिटौलालाई कोइराला परिवारले नै त्यो स्थानमा पुराएको हो । आज उनीहरु नै सभापतिको दावेदारी गर्दैछन र हामीलाई कार्यकर्ता बनाउने प्रयत्न गर्दैछन् । तरुण साप्ताहिकमा समाचार छ ।
dainiknepal

नविनाको रेकर्ड कायम, राधिकालाई घात !

१७ फागुन, काठमाडौं ।

हालै सम्पन्न अनेरास्ववियुको २२ औँ महाधिवेशनमा सवैभन्दा बढी मत पाएर जित्नेमा अध्यक्ष नविना लामा भएकी छिन भने सवैभन्दा कम मतान्तरमा हार्नेमा उपाध्यक्षकी उम्मेदवार राधिका खतिवडा भएकी छिन ।


नविनाले कूल मत १५२० मध्ये आधा भन्दा बढी ८६५ मतका साथ विजयी भएको निर्वाचन समितिले सार्वजनिक गरेको छ । उनका निकटतम प्रतिद्धन्दी दिपक गौतमले ६४९ मत पाएका थिए ।

त्यस्तै उपाध्यक्षमा ४ मतको कमीले गौतम प्यानलकी राधिका खतिवडा पराजित भइन । यदि अन्तरघात नभएको भए उनले जित्ने पक्कापक्क थियो ।  चार उपाध्यक्ष मध्ये सवैभन्दा बढी महेश वर्तौलाले ७८४ मत पाए ।

चौथो नम्बरमा जित्ने शैलेश लामाले ६८० मत पाए भने ६७६ मत पाएर खतिवडा पाँचौ बनिन् । साँघु लेख्छ–महासचिवमा ऐन महरले ८३१ मत पाए भने अब्दुल हुसेनले ६६२ मत पाए । सचिवमा सवैभन्दा बढी मत पाएका समिक बडालको पक्षमा ९१९ मत पर्यो । साँघु साप्ताहिकमा खबर छ ।

nepaliheadlines

सिम्रिक एयरको विमानमा कागजमा ‘बम छ’ भन्ने सूचना भेटियो, बम भने भेटिएन

काठमाडौं – बिमानमा बम रहेको सूचना आएपछि लुक्ला बिमानस्थल यतिबेला बन्द गरिएको छ । सिम्रिक एयरको विमानमा ‘बम छ’ भन्ने लेखिएको कागज भेटिएको थियो ।
सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो पंकज भुत्र्तेलका अनुसार विमानमा बम छ भन्ने हल्ला आएपछि सेना र प्रहरीलाई तत्कालै परिचालन गरिएको थियो । प्रहरीले विमानमा खान तलासी गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको उनले जानकारी दिए ।
भुत्र्तेलले भने, ‘हामीले विमानमा बम नरहेको जानकारी दिइसकेका छौं । अब विमास्थल सुचारु गर्ने प्रयासमा छौं ।’
प्रहरीका अनुसार उक्त विमान काठमाडौंबाट लुक्ला पुगेको थियो । विमान अवतरणपछि अवतरण सामानमा ‘बम छ’ लेखिएको कागज भेटिएको थियो । नेपाली सेनाका प्रवक्ता ताराबहादुर क्षेत्रीले पनि सेनाको बम डिस्पोजल टोली स्टाण्ड बाई रहेको जानकारी दिएका थिए ।
यता, सिम्रिक एयरका मिडिया कोर्डिनेटर प्रज्वल थापाले कागजमा विमानमा बम छ भन्ने लेखिएको चिट भेटिएको तर प्रहरीले खानतलासी गर्दा केही नभेटाएको आफूलाई जानकारी आएको बताए ।

सिम्रिक एयरका अनुसार विमान बिहान साढे ६ बजे काठमाडौंबाट लुक्लाका लागि प्रस्थान गरेको थियो ।

www.ratopati

भित्रभित्र बन्दैछ विप्लवको युद्ध प्लान, ५ हजार जनसेना तयार भएकाे खुलासा

सोमबार, १७ फागुन
काठमाडौं । दश वर्षे जनयुद्धको लक्ष्य र उद्देश्य अझै पूरा नभएको र माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै विभाजित हुन पुगेको विप्लव नेतृत्वको माओवादीको गतिविधि हिजोआज खासै सुन्नमा आएको छैन ।
अहिले सो पार्टी लगभग चकमन्न जस्तो छ । केहि महिनाअघि आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई राजधानी छाड्न उर्दी जारी गरेको विप्लव माओवादी अहिले के गर्दै होला?
सशस्त्र संघर्ष गर्ने उसको प्रतिबद्धता के व्यवहारमै रुपान्तरित होला या सबै उसका धम्की मात्र हुन् ?
स्रोतका अनुसार विप्लव मओवादी सशस्त्र संघर्ष गर्ने अन्तिम निष्कर्षमा पुगेकोे छ ।उनले यही विष्लेषण गर्दै सशस्त्र संघर्षको तयारी लाई भित्र भित्रै अघि बढाइरहेको छ ।
माओवादी स्रेतका अनुसार विप्लव मओवादीले अहिले छापामार तालिम दिएर केहि युवालाई तम्तयार अवस्थामा राखेको छ ।पश्चिम नेपालका साथै देशका विभिन्न भागमा उसले यस्तो छापामार तालिम दिइरहेको बताइन्छ ।
झन्डै ५ हजारको हाराहारीसहिको सेना तयार पारेको स्रोतको दाबी छ । अहिले विप्लव माओवादीले आफनो् सबै संयन्त्र आन्तरिक सैन्य विस्तारमा लगाएको छ ।
स्वयं विल्लव पनि यसैका लागि पछिल्ला केहि महिनादेखि लागिपरेको बताइन्छ । उनी पश्चिम नेपालको जिल्लामा नै रहेको बताइन्छ । आजको साँघु सप्ताहिकमा समाचार छ ।
nepalsandesh

अन्धा पुरुष र हात्तीले बताए- धर्म के हो?

धर्म के हो? भगवान को हुन्? यी प्रश्नको पूर्ण जवाफ सायद कसैले पनि दिन सक्दैनन्। हरेक धर्मले ‘धर्म’को अर्थ अनि ‘भगवान’को अस्तित्वलाई फरक-फरक ढङ्गले व्याख्या गरेको छ। फेरि भिन्नाभिन्नै धर्मावलम्बीहरूको बीचमा पनि यहि प्रसङ्गमा चर्काचर्की पनि चल्ने गर्दछ।

यसै सन्दर्भमा बुद्ध शुत्रमा एक कथाप्रसङ्ग उल्लिखित छः

कैयौँ सर्वसाधारणहरू ‘धर्म’ र ‘भगवान’को विषयमा कुराकानी गरिरहेका थिए। तर कोहि पनि एक-अर्काको कुरामा सहमत हुन सकेका थिएनन्। त्यसैले उनीहरू बुद्ध’ भएको ठाउँमा गए र सोधे- “हे महापुरुष! धर्म के हो? भगवान कस्तो हुन्छ?”26

जस्तोसुकै जटिल प्रश्नको पनि सजिलै उदाहरण दिएर उत्तर दिन सक्ने खुबी भएका बुद्धले आफ्ना चेलाहरूलाई एक विशाल हात्ती र ४ जना अन्धा पुरुषहरूलाई बोलाउन आदेश दिए। त्यसपछि ती अन्धा पुरुषहरूलाई हात्तीलाई छाम्न लगाए र ‘हात्ती कस्तो छ’ भनेर सोधे।


पहिलो अन्धो पुरुषले हात्तीको खुट्टा छामे र भने ‘हात्ती त खम्बा जस्तो हुँदो रहेछ’। दोश्रोले हात्तीको ज्यान छामेर भने ‘हात्ती त भित्ता जस्तो हुँदो रहेछ’। त्यसरी नै तेश्रो पुरुषले कानलाई छाम्दै भने ‘हात्ती त बाक्लो लुगा जस्तो हुँदो रहेछ’। अनि अन्तिममा चौथो पुरुषले पुच्छरलाई छाम्दै भने ‘हात्ती त मोटो धागो जस्तो हुँदो रहेछ’।

फेरि ती ४ अन्धा पुरुषहरूको बीचमा पनि ‘हात्ती’को रूपको बारेमा बहस हुन थाल्यो। र बुद्धले ती सर्वसाधारणहरूलाई सोधे- “सबै अन्धा पुरुषले हात्तीलाई छोए तर सबैले फरक-फरक उत्तर दिए। अब तिमी नै भन कुन उत्तर सही हो?”

“सबैजनाले सही उत्तर दिए”, उनीहरूले भने।

“सबैले हात्तीको एउटा-एउटा अङ्गलाई महशुस गरे, तर पूरै अङ्गलाई छुन सकेनन् त्यसैले उनीहरू सबैको उत्तर अपूर्ण थियो। भगवान र धर्मको विषय पनि यस्तै हो। सबै धर्मले आफूले बुझेको, देखेको र सुनेको कुरा विश्वास गर्ने गर्छन्। हुन त सबै धर्म सही छ तर कुनै पनि पूर्ण छैनन्।”

nepaliheadlines

होटल सञ्चालकको होटलभित्रै हत्या

सोमबार, १७ फागुन
कञ्चनपुर । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर चौराहामा रहेको एक होटलका सञ्चालकको गएराति होटलमै हत्या गरिएको छ ।
कलुवापुरमा रहेको बैतडी होटलका सञ्चालक ४० वर्षीय दामोदर अवस्थीको होटलभित्रै हत्या गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
झलारीपिपलाडी नगरपालिका–१ ढकनिया घर भएका अवस्थी होटल व्यवसाय गर्दै आएका थिए ।
आज बिहान घरबाट होटल पुगेका उनका भाइले दाजुको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले अवस्थीको हत्या भएकै हुनसक्ने आशङ्का गरेको छ ।
nepalsandesh

नेपाली आकाशमा मनसुनी गतिविधि, के हुन्छ ?

१७ फागुन, काठमाडौं ।

मौसम तातेसँगै नेपाली आकाशमा मनसुनका प्रारम्भिक लक्षण देखिन थालेका छन् । मनसुन पुरै आइनसके पनि खुला आकाशमा यसका गतिविधि सुरु भइसकेको मौसमविद्ले बताएका छन् ।

‘शुक्रबारदेखि प्रारम्भिक मनसुनको गतिविधि देखिएका छन्, आइतबार काठमाडौँको आकाशमा यसको प्रभाव बढी देखियो’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘यससँगै चिसो कम हुँदै जान्छ, बिस्तारै छिटपुट बर्षा सुरु हुन्छ ।’



उनका अनुसार प्रारम्भिक मनसुनमा मध्यान्ह घाम लाग्छ । मध्यान्हपछि बादल देखिन्छ । चट्याङ पर्न थाल्छ । छिटपुट बर्षा पनि गराउँछ । यद्यपी यो बर्षा क्षणिक मात्र हुन्छ । बिहान फेरि पनि आकाश सफा हुन्छ ।

‘यसको गतिविधि देखिने भनेकै मध्यान्हपछि हो’, अर्यालले भने । आइतबार साँझ राजधानीमा भएको बर्षा पनि नेपाली आकाशमा सक्रिय प्रारम्भिक मनसुनकै प्रभाव रहेको उनको भनाई छ ।

जेठको अन्तिम साता मनसुन नभित्रिँदासम्मको समयलाई प्रारम्भिक मनसुन भनिन्छ । यो समयमा चट्याङ, हावा–हुन्डरी र क्षणिक बर्षाको सम्भावना भइरहन्छ ।

चट्याङ र हावाहुरीका कारण मानविय तथा भौतिक क्षतिको सम्भावना पनि त्यत्तिकै हुन्छ । यो अवस्था झन्डै तीन महिना कायम रहन्छ । नागरिक दैनिकमा खबर छ ।

nepaliheadlines

महतोले पुनः आन्दोलन हुने चेतावनी दिएपछि मधेसी बुद्धिजिवीले दिएको यस्तो जवाफ

काठमाडौं–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब प्रधानमन्त्रीलाई जानकारी गराएर नै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको सन्दर्भमा उनले ज्ञापनपत्र बुझाउँदैमा आन्दोलन समाप्त भयो भने होइन, अग्रिम जानकारी गराएर नै आन्दोलनमा जाने ज्ञापनपत्र बुझाउन लगाएको उनले बताए । उनले भने, ‘अन्तिम लडाईं लड्ने कुराको जानकारी दिन ज्ञापनपत्र दिन लागेका छौं ।’


आइतबार आफ्नै पार्टीद्धारा आयोजना गरेको बुद्धिजिवीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वार्ताको नाममा पनि आन्दोलन कमजोर भएको उल्लेख गर्दै आफूहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेको अवधिमा वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरेका छौं । तर, हाम्रो यो आग्रहलाई वेवास्ता गरे विगतको भन्दा कडा आन्दोलन हुने चेतावनी दिए ।

ज्ञापनपत्र बुझाएर आन्दोलनमा गएपछि कुनै वार्ता नहुने बताउँदै उनले अबको आन्दोलन वार–पारको हुने चेतावनी दिए । आन्दोलन रोकियो बन्द भयो, असफल भयो, लगायतका विभिन्न कुराहरु अहिले उठिरेहका छन् तर त्यस्तो केही पनि छैन अहिले पनि मधेशी जनता आन्दोलनका लागि तयार छन्, लडेर नै अधिकार लिन सकिन्छ भन्नि कुरा बुझेर बसेका छन् त्यसैले अबको आन्दोलन अधिकार लिएर मात्र विश्राम लिने उनको चेतावनी थियो ।

उनले पनि ६ महिनाको लामो आन्दोलनको क्रममा केही त्रुटीहरु भएको स्वीकार गर्दै आउने दिनमा त्यसलाई सुधारेर जाने बुद्धिजिवीहरु समक्ष प्रतिवद्धता पनि जनाए ।

कस्तो थियो बुद्धिजिवीहरुको टिप्पणी ?

राजनीतिक विश्लेषक सिके लाल
राजनीतिक विश्लेषक सिके लालले दिल्ली र काठमाडौंको लडाईमा मधेस हतियार बनेको टिप्पणी गरे । उनले मधेशवादी दलले आवश्यकताभन्दा बढी भारतमाथि भर परेको कारण मधेस आन्दोलन कमजोर भएको उल्लेख गर्दै आफ्नै बलमा आन्दोलन गर्न मधेसी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सुझाव दिए ।
आन्दोलनका लागि मधेशवादी दलले मोर्चा गठन गरेपनि त्यसमा राम्रोसँग समन्वयन नभएको कारणले आन्दोलन दिशाहिन भएको टिप्पणी गरे । मधेसमा अरु साना दलहरु पनि छन् तर त्यसलाई मोर्चामा सहभागि नगराएको कारणले पनि आन्दोलनमा असर गरेको उल्लेख गर्दै उनले अगामी दिनमा त्यस कुरामा ख्याल गर्न सुझाव दिए ।
मधेश आन्दोलनले तत्कालै केही उपलब्धी नभएपनि मधेसको मुद्दा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित भएको उल्लेख गर्दै उनले कुनै पनि आन्दोलनलाई सुरुमै कडा बनाएर जान नहुने सुझाव दिए । सुरुमा सांकेतिक आन्दोलन गर्ने, त्यसपछि केही नभएपनि एक/दुई दिनका लागि आमहड्ताल गने, त्यसपछि पनि केही भएन भने मात्र सरकारलाई जानकारी गराएर अनिश्चितकालका लागि आमहड्ताल गर्नुपर्ने सुझाव दिए ।

पूर्व आयुक्त डा.विरेन्द्र मिश्र
पूर्व आयुक्त डा.विरेन्द्र मिश्रले मधेश आन्दोलन चौबाटोमा उभिएको टिप्पणी गर्दै यसलाई यस अवस्थामा पुर्याउने काम एमाओवादीबाट भएको आरोप लगाए । वैशाखअघि नै एमाओवादीका अध्यक्ष प्रचण्डलाई तपाई मधेश आन्दोलनमा टिक्नुहुन्न छाडेर जानुहुन्छ, आफूले भनेको आखिर त्यही भयो भन्दै डा. मिश्रले अधिकारका लागि आन्दोलन भएकाले त्यति छिट्टो समाधान नहुने बताए ।
उनले भने, ‘मधेशसँग जुन मुद्दा छ, त्यो कुनै समुदायसँग छैन् । त्यसैले कसैले चाहँदैमा तत्काल आन्दोलन सफल हुँदैन ।’ मधेश आन्दोलन अझै परिपक्क नभएका कारणले अहिले नै मधेस आन्दोलन समाप्त भयो अब कहिले हुँदैन भन्ने होइन, मुद्दा रहेसम्म आन्दोलन हुने सम्भावना बाँकी रहिरहने उनले टिप्पणी गरे । अहिलेको मधेश आन्दोलनबाट जति प्राप्त भएको छ त्यो कम होइन, उनले भने, ‘सम्पूर्ण प्राप्तिका लागि अझैं धेरै संघर्ष गर्नुपर्छ ।’

अधिकारकर्मी तथा युवा पत्रकार जय निसान्त
अधिकारकर्मी तथा युवा पत्रकार जय निसान्तले विना तयारी मधेश आन्दोलन भएको कारण मधेश आन्दोलनको अवस्था यस्तो भएको टिप्पणी गरे । ६ महिनासम्म भएको आन्दोलन कुनै योजनामा भएको होइन, मधेशी जनताको प्रत्यक्ष सरोकार भएका कारणले आन्दोलन अगाडि बढ्यो । तर, योजना र रणनीति नभएको कारण आन्दोलनले उद्देश्य हाँसिल गर्न नसकेको उनले बताए ।
आन्दोनल दवाउन सरकारले दिनरात रणनीति बनाउनमा व्यस्त थिए । तर, मधेशवादी दल अलमलमा रहेको टिप्पणी गर्दै उनले आउने दिनमा मधेशवादी दलले योजना र रणनीति बनाएर अघि बढे मात्र सफल हुने बताए ।
आन्दोलनमा कसैसँग कुनै समन्वय थिएन, आन्दोलन हिंस्रक हुँदै गइरहेको थियो । तर, नेताहरुलाई त्यस विषयमा कुनै खबर थिएन । उनले भने, ‘मधेशी मोर्चाले गर्न चाहेका भन्दा ठिक उल्टो हुन्थ्यो ।’

वरिष्ठ अधिवक्ता मिथलेशकुमार सिह

वरिष्ठ अधिवक्ता मिथलेशकुमार सिहले नयाँ सविधानमा मधेशको अधिकार के उल्लेख छ, के उल्लेख छैन्, त्यो कुरा प्रष्ट रुपमा आउनुपर्ने सुझाव दिए । उनले संविधानको बारेमा नेपालमा रहेका दुतावासहरुलाई लिखित जानकारी गराउन पनि सुझाव दिए । मधेशमा आन्दोलन भइरहेको छ, तर मधेशीले के अधिकार पाएन, वा के पायो त्यसको बारेमा अन्तर्राष्ट्रिय जगतलाई कुनै जानकारी नरहेको धारणा राख्दै त्यसको बारेमा नेपालमा रहेको दूतावासहरुलाई जानकारी गराउन उनले सुझाव दिए ।

पत्रकार इजहार मिकारानी

कार्यक्रममा पत्रकार इजहार मिकारानीले मधेशवादी दल आफैँमा समावेशी रहेको टिप्पणी गरे । मधेशवादी दलमा बन्ने समिति, सचिवालयहरु समावेशी रहेको उल्लेख गर्दैै उनले संविधानमा मुस्लिमको छुट्टै कलस्टर छुट्याएकोमा मधेशवादी दलले त्यसको विरोध गर्नुको कुनै तुक नरहेको उल्लेख गरे । मधेशमा रहेका दलितका लागि कलस्टर छुट्याउन मिल्ने, तर मुस्लिमका लागि किन नमिल्ने भनि प्रश्न गरे ।

पत्रकार सुरेशकुमार यादव

अर्का पत्रकार सुरेशकुमार यादवले मधेशवादी दलबाट नै मधेशी पत्रकारमाथि विभेद भएको कुरा राखे । उनले मधेशवादी दलले अन्य पहाडी पत्रकारलाई जति महत्व दिन्छन् त्यति महत्व मधेशी पत्रकारलाई नदिएको गुनासो गर्दै मधेशी पत्रकारसँग समन्वय नगरेसम्म मधेश आन्दोलन सफल नहुने टिप्पणी समेत गरेका थिए ।

कार्यक्रममा अधिवक्ता सुनिल रञ्जन, श्वेता दिप्ती, विरेन्द्र के.एम., अनिल कर्ण, विनित ठाकुरलगायतकाले मधेश आनदोलनको बारेमा आआफ्नो धारणा राखेका थिए ।

ratopati

शरीरको खराबी फान्न यी खानेकुरा बढि लाभदायक

सोमबार, १७ फागुन

मानिसहरुमा अस्वास्थ्यकर खाना तथा रहनसहनका कारण बिभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । यस्ता खानबाट हाम्रो शरिरमा बिभिन्न खराबी तत्वहरुको कारण रोगहरु लाग्ने गर्दछन । यस्तो शरिरमा जम्मा भएको खराबी तत्वलाई यी घरेलु खानकुरा खानाले धेरै मात्रामा कम गर्न सकिन्छ ।
धनियाँ
धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई पनि यसले हटाउँछ । धनियाँ खाइरहने गर्दा मिर्गाैला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुने पनि हुन्छ ।
कागती
बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।
ग्रिन टी
ग्रिन टी पनि उत्तम एन्टिअक्सिडेन्ट हो । बिहान एक कप र दिउँसो एक कप ग्रिन टी लिने गरेमा शरीर विकाररहित त हुन्छ नै, रगतमा चिनीको मात्रा पनि नियन्त्रित हुन पुग्छ ।
आलस
आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।
गहुँको जमरा
गहुँको जमरामा पाइने तत्वले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ । साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने आदि पनि गर्छ ।
दही
खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दही राम्रो एन्टिअक्सिडेन्ट हो । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त हुन्छन् ।
अदुवा
अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यही भएर हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने बानी बसाल्नुपर्छ ।
nepalsandesh

यी हुन् उपेन्द्र यादवकी उम्मेदवार कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं, १७ फागुन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालकी नेतृ इन्दु थापा काठमाडौं क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चयन भएर आएको खुसाला भएको छ ।
नयाँबानेश्वरकी सम्पन्न परिवारकी थापाले प्रसस्त पैसा खर्च गरेर महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् । संघीय समाजवादी पार्टीमा रहँदा उनलाई काठमाडौं क्षेत्र नम्बर १ को जिम्मेवारी दिइएको थियो ।
संघीय समाजवादी र मधेसी जनअधिकार फोरम नेपालबीच पार्टी एकीकरण भएपछि थापा सोही पार्टीमा सक्रिय थिइन् । तर अहिले उनी एकाएक कांग्रेसको राजनीतिमा सक्रिय भएकी छिन् ।
थापा दोस्रो संविधान सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट संघीय समाजवादी फोरम नेपालको समानुपातिक उम्मेदवार बनेकी थिइन् । उनलाई संघीय समाजवादी फोरम नेपालले अहिले पनि आफ्नो नेतृका रुपमा कार्यक्रमहरूमा बोलाउँदै आएको छ ।
काठमाडौं क्षेत्र नम्वर १ का समानुपातिक सांसद मोहनकुमार राईको दबाबमा थापालाई महाधिवेशन प्रतिनिधि बनाइएको स्रोतको भनाइ छ ।
थापा संघीय समाजवादी फोरम नेपालले पेश गरेको बन्द सूचीको क्रमसंख्या २३५ को उम्मेदवार क्रम संख्या २३९ मा उनको नाम उल्लेख छ ।
कांग्रेसको विधान ‘२०१७ परिचय ६ को विविधतर्फ ११ को (ख) अनुसार पार्टी सदस्यता नरहने कारणमा संसद वा स्थानीय तहको निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवार भए, चुनाव लडेमा वा वागी उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा र यहि महलको १६ मा पार्टीको कृयाशील सदस्यताको निरन्तरता अवधी गणना गर्दा पार्टीको सदस्यतावाट निष्कासन गरिएको वा पार्टी परित्याग गरेको अवस्थालाई निरन्तर कृयाशिल सदस्य रहेको मानिने छैन्’ भन्ने उल्लेख छ ।
थापा अर्कै पार्टीकी नेतृ भएपनि नेताहरूको दबाबमा महाधिवेशन प्रतिनिधि बनाइएको राज खुलेको हो । नेतृ थापा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको नजिकी मानिन्छिन् ।
सो क्षेत्रका सांसद समेत रहेका महामन्त्री प्रकासमान सिंहलाई पनि यो विषयमा जानकारी छ । तर उनले थापालाई कारबाहीमा कुनै चासो नदेखाएको कार्यकर्ताहरूले आरोप लगाएका छन् ।
dainiknepal

भारतमा राहुल गान्धी, केजरीवाल र येचुरीलाई देशद्रोहको मुद्दा

सोमबार, १७ फागुन

एजेन्सी । भारतको हैदराबादमा एक प्रहरी कार्यलयमा भारतीय काँग्रेस आईका उपाध्यक्ष राहुल, सीपीएम महासचिव सीताराम येचुरी र दिल्ली के मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतका नेताहरुलाई देशद्रोहको उजुरी दर्ता गरिएको छ ।
सरुनजगर प्रहरी कार्यलयका सएचओ एस लिंगैयाका अनुसार अदालतको आदेशमा राहुल गान्धी, डी राजा, सीताराम येचुरी, अरविन्द केजरीवाल, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार, उमर खालिदमाथि देश द्रोहीको मुद्दा दर्ता गरिएको बताएका छन ।
उनका अनुसार भारतिय दण्ड संहिता धारा १२४ र १२४ ए को आधारमा मुद्दा दायर गरिएको हो ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा भारतविरोधी नारा लगाइएको विषयसँग जोडेर यो उजुरी दर्ता गरिएको बताइएको छ ।
भारतीय संसदमा आक्रमण गरेपछि फाँसी दिइएका अफजल गुरुको समर्थनमा उक्त कार्यक्रम गरिएको र त्यहाँ भारतविरोधी नारा लगाउने विद्यार्थीलाई कारबाही नगर्न गान्धी, येचुरी, राजा, केजीवाललगायतले भनेको भन्दै देशद्रोहको उजुरी दर्ता गरिएको बताइएको छ ।
nepalsandesh

सरकार छोड्ने तयारीमा राप्रपा

१७ फागुन, काठमाडों ।

सत्ताको प्रमुख घटक एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले आगामी चैतभित्र नेपाली कांग्रेसको नेतृत्वमा मधेसी दलसहितको राष्ट्रिय सहमतिको सरकार गठन हुने बताइरहेका बेला सरकारको अर्को घटक राप्रपाले पनि सरकारबाट बाहिरिने तयारी गरेको छ ।

दुईजना मन्त्री दिइने भनिए पनि एकजना मन्त्रीसहित दुई महिनाअघि एक राप्रपाबाट एकजनालाई सरकारमा सामेल गरिएको थियो । वाणिज्य र श्रम मन्त्रालयका साथ राप्रपाका सहमहामन्त्री दिपक बोहोरा सरकारमा सामेल छन् ।

यी दुईमध्ये एउटा मन्त्रालयको जिम्मेवारीका साथ आफ्ना छोरा जयन्त चन्दलाई मन्त्री बनाउन अध्यक्ष लोकेन्द्रबहादुर चन्दले निकै अघिदेखि प्रधानमन्त्री केपी ओलीलाई दबाव दिँदै आएका थिए ।

निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाले समेत प्रधानमन्त्री ओलीलाई भेटेर चन्दलाई तत्काल मन्त्री बनाउन आग्रह गरेका थिए । तर सुनुवाई नभएपछि सरकारबाट फिर्ता हुने कुरामा अध्यक्ष चन्द र निवर्तमान अध्यक्ष राणाबीच सहमति भएको छ ।

समाचार स्रोतका अनुसार नेपाली कांग्रेसको महाधिवेशन सकिएलगत्तै राप्रपाको केन्द्रीय समितिको बैठक बस्नेछ र उक्त बैठकले सरकारबाट आफ्नो पार्टी बाहिरिने निर्णय गर्नेछ ।

यो निर्णय गराउन अध्यक्ष चन्द र निवर्तमान अध्यक्ष राणाले केन्द्रीय सदस्यहरुलाई छुट्टाछुट्टै भेटघाट गरिरहेका छन् । तरुण साप्ताहिकमा खबर छ ।

nepaliheadlines

विमान दुर्घटना रोक्न आइडिया दिने महावीरलाई विज्ञप्ति निकालेरै धम्की !

काठमाण्डु, १७ फागुन– नेपाल हवाई यातायात नियन्त्रक सङ्घले पोखराबाट जोमसोम जान लागेको विमान म्याग्दीमा दुर्घटना भएको विषयलाई लिएर म्यागासासे पुरस्कार विजयी महावीर पुनले भड्काउने खालका प्रतिक्रिया दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा म्याग्दीको सोलीघोप्टेमा विमान दुर्घटना भएको विषयलाई लिएर पुनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दिएको भ्रामक तथा सर्वसाधारणको भावना भड्काउने खालको प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘नेपालमा उड्डयन क्षेत्रमा मौसमी विवरण दिने आधिकारिक निकाय जलवायु तथा मौसम विज्ञान विभागमात्र रहेको छ, उक्त विभागले विश्व जलवायू संगठन (  को सम्बन्धन प्राप्त गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको एनएक्स–३ ले तोकिएका तालिमप्राप्त, दक्षजनशक्ति र अन्य उपकरणको सहयोगमा प्रमाणीकरण गरिएका मौसमी विवरणमात्र वायुसेवा कम्पनी, हवाई चालक तथा हवाई यातायात नियन्त्रकलाई उपलब्ध गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
उपकरणको स्तरीयता र विश्वसनीयताको मापदण्ड निर्धारण नभएका व्यक्ति वा संस्थाले स्वेच्छिकरुपमा प्रदान गर्ने अप्रमाणित मौसमी विवरणको जिम्मेवारी कसैको पनि नहुने भएको भन्दै भड्काउने खालको गैरजिम्मेवार अभिव्यक्तिप्रति सङ्घले खेद प्रकट गरेको छ ।
सङ्घले यही फागुन १२ गते पोखराबाट जोमसोम जानेक्रममा म्याग्दीको सोलीघोप्टेमा भएको दुर्घटनामा परी विमानका चालकदलका तीनसहित २३ जनाको निधन र फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटको चिलखायामा भएको दुर्घटनामा चालकदलका दुई सदस्यको मृत्यु भएकोप्रति चिरशान्तिको कामना र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेको छ । साथै, सङ्घले घाइतेको स्वास्थ्यलाभको कामनासमेत गरेको छ । रासस
kathmandutoday

राम भेटेपछि प्रचण्ड दंग, उता सिन्धुपाल्चोकमा गयो पहिरो

१७ फागुन, काठमाडों ।

सिन्धुपाल्चोकमा पशुपति शमशेर राणाको भन्दा अग्नि सापकोटाको भद्दा पारिवारिक शासन भएको भन्दै लामो समयदेखि विरोध गर्दै आएका एमाओवादी पोलिटब्यूरो सदस्य ध्रुव पराजुली बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा गएपछि सिन्धुपाल्चोकमा एमाओवादीलाई ठूलो धक्का लागेको छ ।

सरल र सांद्गी जीवन गुजार्ने पराजुली एमाओवादीभित्र स्थापित नेता हुन् । अग्नि सापकोटाभन्दा सिन्धुपाल्चोक र त्यस वरपर धेरै स्थापित पराजुली संघर्षमा अगाडि र सुविधानमा पछाडि हट्ने नेता हुन् ।

अग्नि सापकोटाले भतिज, छोराहरुलाई जबर्जस्त अगाडि लगाएर सुविधाको राजनीति गरेको र उनको गलत कार्यको समर्थन गर्नेहरुलाई मात्र सिन्धुपाल्चोकको राजनीतिमा अगाडि बढाएको भन्दै उनले असन्तुष्टि पोख्दै आएका थिए ।


उनको मतको पक्षमा सिन्धुपाल्चोकमा पुराना र इमान्दार कार्यकर्ताहरु र माओवादी समर्थक जनता रहेको बताइन्छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा अग्नि सापकोटा लड्ने ठाउँमा उनको माग थियो । अग्नि त्यहीबाट उठे र उनलाई अर्को क्षेत्रमा धकेले । उनले मानेनन् ।

प्रचण्डले समानुपातिकमा टिकट दिए । उनले निगाहमा सांसद नबन्ने भन्दै सार्वजनिक रुपमा राजिनामा दिए । धाँधली गर्दा पनि असाध्यै झिनो मतले मात्र सापकोटाले निर्वाचन जिते ।

आलोचनात्मक चेत भएका ध्रुवको बहिर्गमनपछि प्रचण्ड असाध्यै चिन्तित भएको लाजिम्पाट निकट स्रोतले जनाएको छ । साँघु साप्ताहिकमा खबर छ ।

nepaliheadlines

भूकम्पले उत्तरी भेगमा चिरैचिरा

काठमाडौं–गत वैशाखको विनाशकारी भूकम्पका कारण नेपालको उत्तरी हिमाली भेगमा नदेखिने गरी गहिरो र फराकिलो क्षेत्रमा जमिन चिरिएको तथ्य विश्वविख्यात बैज्ञानिकले पत्ता लगाएका छन् । उनीहरुका अनुसार उत्तरी टेक्टोनिक प्लेटको मुनी सबै भन्दा धेरै पहिरोको घनत्व छ ।
जमिनमुनीको कमजोर क्षेत्रमा भूकम्पले हल्लाएको ठुलो क्षेत्र धस्सिएको छ, जहाँ सधै पहिरोको लागि खतारा रहन्छ । अमेरीकाको अरिजना पोष्टड्याम विश्वबिद्यालयकका भूगर्भविद्ले भस्उपग्रह तस्बिर र जमिनमुनिको अध्ययन गर्ने आधुनिक प्रविधि प्रयोग गरी तथा जमिनको अवस्था अध्ययन गरेको थिए । अध्ययन प्रतिवेदन विश्वविख्यात साइन्स म्यागजिनमा प्रकाशित भएको छ । अध्ययनका अनुसार जमिनमा चिरा नदेखिएका कारण पनि पहाडी तथा हिमाली भेगको भिरालो भाग आगामी दिनका लागि सबैभन्दा धेरै जोखिमपूर्ण छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । ratopati

दरबारमार्गमा आगलागी

काठमाडौंः दरबार मार्गको एक रेस्टुरेन्टमा सोमबार बिहान आगलागी हुँदा झण्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

दरबार मार्गको वीम्पी रेस्टुरेन्टमा बिहान ३ः२० मा लागेको आगो दमकल तथा प्रहरीको मद्दतमा बिहान ४ः४० मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगो लागेको बताइएपनि आगलागीको कारण खुल्न सकेको छैन् । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
annapurnapost

९० करोड रुपैयाँ बाँड्न आयल निगममा खतरनाक खेल

काठमाडौं, १७ फागुन । उपभोक्ताबाट चर्को मूल्य असुलिरहँदा पनि घाटामा गुज्रिरहेको नेपाल आयल निगमका कर्मचारी सरकारको निर्देशनविपरीत ‘बोनस’ खाएरै छाड्ने तयारीमा जुटेका छन् ।
निगम कर्मचारीले सरकारविरुद्व हालेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश दिएपछि उनीहरुको मनोबल अझ बढेको समाचार नागरिक दैनिकले छापेको छ ।
बोनसबापत ९० करोड रुपैयाँ बाँड्ने चलखेलमा लागेको निगमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत नियमनकारी निकायले रोकेपछि उनीहरुले अदालतको आड लिएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपनि सरकारलाई १२ अर्व ६४ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको भन्दै निगमले मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको छ ।
तर, उक्त नाफाबाट ऋण तिर्नुको साटो ‘बोनस’मा रकम थुपारिएको छ ।
dainiknepal

चीनलाई टुक्राउन यसरी भएको रहेछ षड्यन्त्र

काठमाडौं, १७ फागुन । भूकम्पपछिको राहत र पुनर्निर्माणमा चासो र संलग्न रहेको अमेरिकालगायत कयौं पश्चिमी मुलुकहरु र आईएनजिओहरुले ‘फ्री तिब्बत आन्दोलन’ लाई सहयोग पुगाएको आरोप लगाउँदै त्यसलाई कडाइका साथ नियन्त्रण गर्न उत्तरी छिमेकी चीनले नेपालसँग आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको प्रस्तावित चीन भ्रमणको तीन साताअघि नेपाल भ्रमणमा आएका चिनियाँ विदेश मन्त्रालयका बाह्य तथा सुरक्षा मामिला महानिर्देशक लिउ गुआङ्युआनले आइतबार गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभागका अधिकारीहरुसँग सिंहदरबारमा भएको बैठकमा यसबारे चासो व्यक्त गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
चिनियाँ अधिकारीले भूकम्पपछि तिब्बतसँग सीमा जाडिएका नेपालका उत्तरी जिल्लामा अमेरिकालगायत पश्चिम आईएनजिओहरुले पुनर्निर्माण सहयोगका नाममा ‘स्वतन्त्र तिब्बत’ आन्दोलन गरिरहेका पृथकतावादी दलाई लामाका समूहलाई सहयोग गरिरहेको भन्दै चिन्ता जनाएको बैठकमा सहभागि एक सुरक्षा अधिकारीले बताए ।
dainiknepal

महावीर पुनलाई हवाई यातायात नियन्त्रक सङ्घले लगायो यस्तो आरोप

सोमबार, १७ फागुन
काठमाडौ। नेपाल हवाई यातायात नियन्त्रक सङ्घले पोखराबाट जोमसोम जान लागेको विमान म्याग्दीमा दुर्घटना भएको विषयलाई लिएर म्यागासासे पुरस्कार विजयी महावीर पुनले भड्काउने खालका प्रतिक्रिया दिनुभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्घका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा म्याग्दीको सोलीघोप्टेमा विमान दुर्घटना भएको विषयलाई लिएर पुनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दिनुभएको भ्रामक तथा सर्वसाधारणको भावना भड्काउने खालको प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
“नेपालमा उड्डयन क्षेत्रमा मौसमी विवरण दिने आधिकारिक निकाय जलवायु तथा मौसम विज्ञान विभागमात्र रहेको छ, उक्त विभागले विश्व जलवायू संगठनको सम्बन्धन प्राप्त गरी अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठनको एनएक्स–३ ले तोकिएका तालिमप्राप्त, दक्षजनशक्ति र अन्य उपकरणको सहयोगमा प्रमाणीकरण गरिएका मौसमी विवरणमात्र वायुसेवा कम्पनी, हवाई चालक तथा हवाई यातायात नियन्त्रकलाई उपलब्ध गराइन्छ”– विज्ञप्तिमा उल्लेख छ ।
उपकरणको स्तरीयता र विश्वसनीयताको मापदण्ड निर्धारण नभएका व्यक्ति वा संस्थाले स्वेच्छिकरुपमा प्रदान गर्ने अप्रमाणित मौसमी विवरणको जिम्मेवारी कसैको पनि नहुने भएको भन्दै भड्काउने खालको गैरजिम्मेवार अभिव्यक्तिप्रति सङ्घले खेद प्रकट गरेको छ ।
सङ्घले यही फागुन १२ गते पोखराबाट जोमसोम जानेक्रममा म्याग्दीको सोलीघोप्टेमा भएको दुर्घटनामा परी विमानका चालकदलका तीनसहित २३ जनाको निधन र फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटको चिलखायामा भएको दुर्घटनामा चालकदलका दुई सदस्यको मृत्यु भएकोप्रति चिरशान्तिको कामना र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेको छ ।
साथै, सङ्घले घाइतेको स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
nepalsandesh

अाजकाे राशिफल / २०७२ फाल्गुन १७ गते सोमबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh
दिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । तर बेलुकीपख के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun
आज दिउँसोका तुलनामा साँझको समय निकै राम्रो देखिन्छ । बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ र तर बेलुका प्रतिस्पर्धीका क्रियाकलाप देखेर मन खिन्न हुनसक्छ, परिस्थिति आफ्नो पक्षमा ल्याउन आँफू चुप लागेर बस्नु उचित हुनेछ । बेलुका सन्तानपक्षबाट खुसीको खबर सुन्न पाइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat
घरपरिवारभित्र स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । यात्राको सम्भावना छ । साँझपख दार्शनिक वा बौद्धिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha
राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा देखिन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
वित्तीय पक्ष राम्रो छ । सभा–समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, तर आलोचकहरू बढ्ने सम्भावना छ त्यसैले सचेत रहनु होला । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि राम्रो छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula
तपाईंको काममा आज कसैले सहयोग गर्ने सम्भावना छैन । मित्रवर्ग र बन्धुवान्धवले आआफ्ना बाध्यता तेर्साउन सक्छन् । नियमित भोजनको समेत अनुकूलता हुँदैन । पछाडि बसेर तपाईंका कुरा काट्नेहरूले खिसीट्यौरी गर्न छाड्दैनन् । कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik
व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट चिन्तनमूलक कार्य र दार्शनिक गतिविधिमा सक्रियता बढ्ने छ । पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, बरु आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । खर्च गर्न मन हौसिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । बन्धुबान्धव र सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha
प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन् । अन्ततः प्रतिष्ठित व्यक्तिले समेत तपाईको सराहना गर्नसक्छन् । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean
आजको दिन तपाईंले भाग्यबलमा कमी भएको अनुभूति गर्नुहुनेछ । बन्दव्यापारमा उतारचढाव आउने छ, एकाएक घाटा ब्यहोर्नु पर्ने अवस्थासमेत सिर्जना हुनसक्छ । तर साँझपख निराशा र तनावको अन्त्य हुनसक्छ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।