Monday, February 29, 2016

सिम्रिक एयरको विमानमा कागजमा ‘बम छ’ भन्ने सूचना भेटियो, बम भने भेटिएन

काठमाडौं – बिमानमा बम रहेको सूचना आएपछि लुक्ला बिमानस्थल यतिबेला बन्द गरिएको छ । सिम्रिक एयरको विमानमा ‘बम छ’ भन्ने लेखिएको कागज भेटिएको थियो ।
सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो पंकज भुत्र्तेलका अनुसार विमानमा बम छ भन्ने हल्ला आएपछि सेना र प्रहरीलाई तत्कालै परिचालन गरिएको थियो । प्रहरीले विमानमा खान तलासी गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको उनले जानकारी दिए ।
भुत्र्तेलले भने, ‘हामीले विमानमा बम नरहेको जानकारी दिइसकेका छौं । अब विमास्थल सुचारु गर्ने प्रयासमा छौं ।’
प्रहरीका अनुसार उक्त विमान काठमाडौंबाट लुक्ला पुगेको थियो । विमान अवतरणपछि अवतरण सामानमा ‘बम छ’ लेखिएको कागज भेटिएको थियो । नेपाली सेनाका प्रवक्ता ताराबहादुर क्षेत्रीले पनि सेनाको बम डिस्पोजल टोली स्टाण्ड बाई रहेको जानकारी दिएका थिए ।
यता, सिम्रिक एयरका मिडिया कोर्डिनेटर प्रज्वल थापाले कागजमा विमानमा बम छ भन्ने लेखिएको चिट भेटिएको तर प्रहरीले खानतलासी गर्दा केही नभेटाएको आफूलाई जानकारी आएको बताए ।

सिम्रिक एयरका अनुसार विमान बिहान साढे ६ बजे काठमाडौंबाट लुक्लाका लागि प्रस्थान गरेको थियो ।

www.ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment