Thursday, March 3, 2016

जापानलाई निशाना बनाएर उत्तर कोरियाको मिसाईल परिक्षण

बिहीबार, २० फागुन
एजेन्सी । उत्तर कोरियाले संयुक्त राष्ट्र सुरक्षा परिषदले लगाएको प्रतिवन्धका बावजुत ६ वटा मिसाइलहरु एक साथ परीक्षण गरेको छ ।
उक्त मिलाइलको रेन्च १०० देखि १५० किलोमिटर रहेको समाचारहरुमा उल्लेख छ ।
केही समय अघि मात्र मिसाइल परीक्षण गरेको उत्तर कोरियाले विरोध र प्रतिवन्धको बाबजुत फेरी अर्को मिलाइल परीक्षण गरेको हो । सुरक्षा परिषदले उत्तर कोरियालाई २० वर्ष पछि नै कडा प्रतिवन्धसमेत लगाएको थियो ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरी किनारको समुन्द्रतर्फ आफ्नो मिसाइल परीक्षण गरेको हो । समाचारहरुमा जनाइए अनुसार मिसाइलको दिशा जापानतर्फ पर्ने बताइएको छ । मिसाइलले कोरियाको बोर्डर ननाघेको बताइएको छ ।
यो परीक्षणपछि संयुक्त राष्ट्र संघको कस्तो प्रतिकृया आउने हो त्यो भने हेर्न बाँकी छ । अन्तराष्ट्रिय कानुनमा लामो दुरीको मिसाइल परीक्षण गर्ने अनुमति छैन ।
nepalsandesh

ओलीले खुलामञ्चमा काँग्रेसलाई शुभकामना दिए लगत्तै ताली नै तालि

बिहीबार, २० फागुन
काठमाडौं खुलामञ्चमा आयोजित १३ औं महाधिवेशनको उदघाटन समारोहलाई प्रधानमन्त्री ओलीले  सम्वोधन गर्दै  इमान, बचनमा अडेको पत्यारिलो कांग्रेस आफूले हेर्न खोजेको बताएका छन् ।
उनले त्यसो भनिरहँदा कांग्रेसका कार्यकर्ताले तालि बजाएका थिए।
ओलीले मन्तव्यको अन्त्यमा भने  “नेपाली कांग्रेस विश्वासिलाो बनोस्, पत्यारिलो बनोस्, इमान बचनमा अडेको पत्यारिलो कांग्रेस बनोस् म यही हेर्न चाहान्छु ।”
nepalsandesh

भारतीय नेताले खुल्ला मञ्चमा भने- नाकबान्दी नाजायज थियो

२० फागुन, काठमाडौं ।

नेपालमाथि भारतले लगाएको नाकाबन्दीको भारतका नेताले नै विरोध गरेका छन् । खुल्लामञ्चमा जारी नेपाली काँग्रेसको १३ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै भारतीय नेताले आफ्नो पार्टीले भारतीय नाकाबन्दीको विरोध गरेको बताए ।

भारतीय कम्युनिष्ट पार्टीका नेताले नेपाल र भारतबीच दाइ र भाइको सम्बन्ध नभएर २ देशबीचको मित्रवत सम्बन्ध हुनु पर्ने बताए ।

धार्मिक कट्टरताबादीहरुले जहाँ पनि विभाजन ल्याउने भन्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कटाक्ष गरे ।nepaliheadlines.

जुवाखालमा प्रहरी र सेनाबीच कुटाकुट, कर्नेलले प्रहरी इन्सपेक्टर कुटे

तुलसीपुर, २० फागुन । अञ्चल प्रहरी कार्यालय राप्तीले जुवाको अखडामा छापा हानेर २२ जना जुवाडेलाई पक्राउ गरेपछी तुलसीपुरमा तरंग पैदा भएको छ ।
इलाका प्रहरी कार्यालयमा डीएसपी कृष्ण प्रसाई प्रमुख भएर आएपछी उनले एउटा जुवा अड्डामा छापा हानेर १९ जनालाई नियन्त्रणमा लिए । पक्राउ पर्नेमा तुलसीपुरमा ‘पैसाकै आडमा’प्रतिष्ठित कहलिएका व्यक्ति पनि थिए । आफूलाई ठुलै शक्ति केन्द्र ठान्ने तुलसीपुरको गिरोह जुवाडे छुटाउन इप्रका धायो । डिएसपीसंग गोप्य बैठकमा बसे । अनि डिएसपीले कारवाही प्रक्रिया अघी नबढाएरै जुवाडेलाई छोडे । त्यसपछी खुलेआम जूवा चल्ने तुलसीपुरमा इप्रकाले त्यसलाई नियन्त्रण गर्न खासै चासो देखाएको थिएन । त्यसैले पनि जूवा अड्डा निर्धक्कका साथ चलिइरहे । बजारमा दिनदहाडै जूवा चल्न थालेपछी धेरैले प्रहरीकै मिलेमतोमा जूवा चलिरहेको आशंका गरे । त्यहीं बिचमा वडा प्रहरी कार्यालय नेपागन्जबाट इनेस्नेक्टर हेम शाही उर्फ ‘सिंगम’ काजमा इप्रका तुलसीपुर आए । उनले प्रहरीकै संरक्षणमा चल्ने भनिएको जूवा अड्डामा छापा हाने ।
तर, बिडम्बना जूवाडेलाई पक्राऊ गर्न पुगेका इनेस्नेक्टर सिंगम जूवाकै खालमा निर्घात कुटिए । कुट्ने जूवाडे थिए, नेपाली सेनाको १९ नम्बर बाहिनीका कर्नेल मच्छेन्द्र थापा । कर्नेल थापाले इनेस्नेक्टरलाई आफैले मात्रै कुटेनन् । बाहिनी भित्रबाट सादा पोशाकमा सेना बोलाएर नराम्ररी भकुर्न लगाए । तर, कर्नेल थापाले उक्त आरोपको खण्डन गर्दै आएका छन् । थापाले त्यहीं घटना सेलाउन नपाउँदै केही पत्रकारलाई आफूले जानजान गल्ती नगरेको र रक्सी खाएको बेला उक्त घटना भएको भए आफूले नशाका कारण थाहा नपाएको प्रतिक्रिया दिएका थिए ।
जूवा अड्डा छापा हान्न गएका इन्सपेक्टर उल्टै कुटीएर युद्धमा हारेको सिपाही झैं लुरुलुरु फर्कीए । इन्सपेक्टर जूवाको खालमा कुटिदा डीएसपी प्रसाँई मौन बसे । आफू मातहतको इन्सपेक्टर कर्नेलबाट कुटिदा कुट्नेलाई कारवाही गर्नुको साटो डीएसपीले बिदामा बस्न उर्दी जारी गरे । चेन अफ कमान्डलाई शिरोपर गर्दै इन्सपेक्टर सिंगम बिदामा बसे । आफू कुटिदा पीडकलाई कारवाही नगर्ने डीएसपीसंग संगै नबस्ने अठोट लिएका उनी त्यहीं बेला सरुवा मिलाएर अन्यत्रै गए ।
जब सिंगम कर्नेलबाट कुटिएर सरुवा भए, तब तुलसीपुरमा जूवाडेको गुन्डाराज चल्यो । अनि सर्बसाधारणबीच प्रहरीकै मिलेमतोमा जूवा चलेको चर्चा चल्न थाल्यो । यहां सम्मकी इप्रकाका डिएसपी प्रसाँईकै मिलेमतोमा जूवा चलेको उजुरी प्रहरी हेडक्वाटर सम्म पुग्यो । त्यसपछी डीएसपी हेडक्वाटरकै निगरानी परे । त्यती मात्रै होइन अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी प्रेम चन्दले डीएसपी प्रसाँईलाई ‘तपाईको मिलेमतोमा जूवा अड्डा चलेको कुरा माथिसम्म पुगेको छ । योे गलत भयो । यसलाई नियन्त्रण गर्नुस् ।’ भन्दै सुझाए ।
तर, डिएसपीले एसएसपीलाई तुलसीपुरमा जूवा अड्डा नै नभएको जवाफ फर्काए । डिएसपीले तुलसीपुरमा जूवा अड्डा नभएको जवाफ दिएको एक हप्ता नबित्दै हिजो (फागुन १९ गते) अञ्चल प्रहरी कार्यालय राप्तीले तुलसीपुरको वेलकम रेष्टुरेन्टमा छापा हान्यो र २२ जना जूवाडेलाई दुई लाख ५८ हजार रुपैंया सहित नियन्त्रणमा लियो । डिएसपी प्रसाँईले जूवा अड्डा नै छैनन् भनेको ठाउँमा अन्चल प्रहरीले छापा मार्दा २२ जना जूवाडे पक्राऊ परेको घटनाले जूवा चलाउनमा प्रसाँइकै हात थियो भन्ने आरोप लगाउनेलाई थप बल पुगेको छ । तर, डीएसपी प्रसाँइले आफ्नो बचाऊ गर्दै आफूले जूवाडे मात्रै नभई कुनै पनि प्रकारका अपराधीको संरक्षण नगरेका दाबी गर्छन् ।
अञ्चल प्रहरी कार्यालय राप्तीका डिएसपी तुलबहादुर कार्कीको नेतृत्वमा गएको ५ जना प्रहरीको टोलीले जूवा अडमा छापा हानेको थियो । प्रहरी स्रोतका अनुसार जूवाडेले जूवा यति निर्धक्कका साथ खेलिरहेका थिए की मानौं, त्यहाँ जूवाडेले जूवा होइन, केटाकेटीले बाघचाल खेलिरहेका थिए । जूवा खेलिएको कोठाको ढोका समेत खुल्लै थियो भने, जूवाडेका जुत्ता चप्पल समेत बाहिरै यत्रतत्र छरीएका थिए । यसरी केटाकेटीले बाघचाल खेल्दा जस्तै निर्धक्क जूवा खेलेको घटनाले के पुष्टि गर्छ भने, जूवा संचालन आउनुमा प्रहरीको मिलेमतो अवश्य छ । नत्र जूवा लुकेर खेलाइन्थ्यो ।
अझ रोचक कुरा त के छ भने अन्चल प्रहरीले इप्रकाको भ्यान बोलाएर जूवाडेलाई भ्यानमा हाल्दा पहिले त्यहीं जूवा अड्डामा इन्सपेक्टरलाई कुटेका कर्नेल मच्छेन्द्र थापा ‘म बाहिनीको कर्नेल हुँ । एकपटकलाई छोड्नु पर्यो’ भन्दै प्रहरीसंग हारगुहहार गर्न पुगेका थिए । तर, प्रहरीले कसैले भनेर नछोड्ने जवाफ दिंदै नियन्त्रणमा लिएर बुधबार नै अदालत पुर्याई सात दिनका लागि म्याद थपेर कारवाही अघी बढाएको छ ।
कर्नेल थापाले भने आफ्नो कुनै जूवाडेसंग सम्बन्ध नभएको प्रतिक्रिया दिए । उनले आफूले जूवाडेलाई संरक्षण नगरेको दाबी गर्दै संरक्षण गरेको आरोप लगाउनेलाई नछोड्ने दाबी गरे । नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले कर्नेल माथि लागेका आरोप बारेमा तत्काल छानविन प्रक्रिया अघी बढाउने र दोषी पाइए कारवाही गरिने प्रतिक्रिया दिए ।
तुलसीपुरमा इप्रकाले जूवा अड्डा नै छैनन् भन्दा अन्चल प्रहरीले छापा मारेर जूवाडे पक्राउ गरेको घटनाले जूवा अड्डा संचालन हुनुमा इप्रका तुलसीपुरका डिएसपीको कुनै न कुनै प्रकारको संलग्नता छ भन्ने कुरा पुष्टी भएको छ ।
dainiknepal

Tuesday, March 1, 2016

गणेशजीको टाउको हात्तीको? तर कसरी?

हिन्दु धर्मका ग्रन्थहरूमा अनेकौँ विचित्रका कुराहरू उल्लिखित छन्। तर ती सबै विचित्र कुराहरूको रोचक व्याख्या पनि गरिएको छ।

जस्तोसुके पुजाआजा लगाउँदा होस् या घरमै नित्यकर्म गर्दा होस्, सुरुमा गणेश भगवानको पुजा गरिन्छ अनि बल्ल अन्य पुजाविधि गरिन्छ। शक्ति र ज्ञानको प्रतिक मानिने गणेश भगवानको टाउको हात्तीको रहेको पनि सायद सबैलाई थाहा छ होला। तर कहिल्यै सोच्नुभएको छ, शिव र पार्वती दुवैको टाउको मनुष्यकै छ, तर उनीहरूकै छोरा ‘गणेश’को टाउको कसरी हात्तीको भयो? जन्मिँदै देखि हात्तीको टाउको थियो कि पछिबाट राखिएको हो?

यी यावत कुरालाई थरी थरी ग्रन्थमा थरी थरी तरिकाले वर्णन गरिएको छ।

‘श्रीस्वस्थानी’ मा यसरी पनि वर्णन गरिएको छः

नवग्रह देवका राजा मानिने ‘शनि देव’ले जुन वस्तुलाई हेर्यो त्यो वस्तुको विनाश हुने श्राप उनले पाएका थिए। त्यसैले गर्दा नै जो मनुष्यमा शनिको नजर पर्यो उसको जीवनमा केवल नराम्रो मात्रै हुने हिन्दु धर्ममा विश्वास गरिन्छ।

पार्वतीले आफ्नो बच्चाको नामांकरण गर्नेबेलामा सबै देवी-देवताहरूलाई निमन्त्रणा गरिन्। पार्वती देवीको निमन्त्रणा स्वीकारेर सबै देवी-देवताहरू त्यहाँ उपस्थित भए, तर केवल शनिदेव मात्रै त्यहाँ आएनन्। उनको यस्तो अपमान देखेर क्रोधित पार्वतीले शनिदेवलाई श्राप दिन तयार भइन्। पार्वतीको क्रोधदेखि भयभीत शनिदेव तुरुन्तै त्यहाँ उपस्थित भए तर आफ्नो दृश्टिले बालकलाई नराम्रो हुने डरले उनले आफ्नो आँखा थुनेर बसे।

पार्वतीले शनि देवलाई भनिन्- “हे शनिदेव, सबै देवी-देवताहरूले मेरो बालकको मुहार हेरे, सबैले आशिर्वाद दिए। तिमी चाहिँ किन आँखा थुनेर बसिरहेछौ?”



पार्वतीको प्रश्नमा चिन्तित हुँदै शनिदेवले भने- “हे जननी! मेरो कु-दृश्टिले आजसम्म कसैको भलो गरेको छैन। म हजुरको बालकलाई हेर्थेँ, तर माता त्यसपछिको परिणाम देखि मलाई डर लागिरहेछ।”

शनिदेवको यस्तो चिन्ता देखेर पार्वतीले ढुक्क हुँदै भनिन्- “तिम्रो श्रापको बारेमा मलाई राम्रोसँग थाहा छ, शनिदेव! तर मेरा बालक शक्तिशाली छन्, तिम्रो नजरले उसलाई केहि पनि असर गर्न सक्दैन। तिमी निश्चिन्त भएर उसलाई आशिर्वाद देऊ!”

पार्वतीको आग्रहलाई अस्वीकार गर्न नसकी शनिदेवले आँखा खोलेर त्यस बालकलाई हेर्छन्। दुर्भाग्यवश, उनले हेर्नेबित्तीकै त्यस बालकको धडबाट शिर छुट्टिएर बिलाउन गयो।

यस्तो दुर्गती देखेर शनिदेव आफ्नो शिर झुकाई त्यहिँ बसिरहे। पार्वतीले उनलाई गाली गर्न पनि सकिनन्। यो देखेर शिवजीले विष्णुलाई आदेश दिए- “हे विष्णु! तिमी उत्तर दिशातर्फ जाउ र जो भेट्छौ, उसको टाउको लिएर आउ।”

शवजीको आदेश मानी टाउको खोज्न विष्णु भगवान उत्तर दिशातर्फ लागे। धेरै यात्रा गरिसक्दा पनि उनले कसैलाई भेटेनन्। अनत्यमा एक हात्तीलाई देखेपछि त्यसैको टाउको लिएर जाने निर्णय गरे। शिवजीको अगाडि हात्तीको टाउको लिएर विष्णु प्रस्तुत भएपछि सबैजना जिल्ल परे। सबै कुराको बेलिबिस्तार लगाएपछि शिवजीले त्यस बालकको धडमा हात्तीको शिर लगेर जोडिदिए।

शिर उडिसकेको बालक हात्तीको टाउको लिएर बिउँझेपछि विष्णु भगवानले त्यस बालकको नाम ‘गणेश’ राखिदिए। सबै देवी-देवताहरूले गणेशलाई शक्ति र वरदान दिए। साथै मनुष्यलोकमा कुनै पनि पुजा-आजा गर्दा गणेशकै पुजा पहिला गरियोस् भनेर शिवजीले पनि वरदान दिए।

हिन्दु धर्ममा यस्ता थुप्रै विचित्रका कथाप्रसङ्गहरू उल्लेख गरिएका छन्। तर के कुरा बुझ्नु जरुरी छ भन्दा- धर्म, भगवान र शक्तिमा विश्वास नगर्नेहरूको लागि यो केवल अलौकिक कथा हुन जान्छ भने विश्वास गर्नेहरूको लागि यो जीवनमन्त्र हुन जान्छ।nepaliheadlines

रोग प्रतिरोधी क्षमता बढाउन,क्यान्सरबाट बाच्न ,हड्डी बलियो बजाउन र अनुहारमा चमक ल्याउन एउटै उपाए

· क्यान्सरबाट बचावट: भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँ कटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

· हड्डी बलियो बन्छ: भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँदछ ।

· भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।


· हृदयरोगमा राहत: मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँ कटहरको सेवन लाभदायक हुन्छ । भुइँकटहरमा हुने तत्वले रगतमा हानिकारक एलडीएल कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसबाट उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।

· पाचन क्रियाको सन्तुलन: भुइँ कटहरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग उपापचयन हुन्छ । साथै यसले अनावश्यक अम्ललाई निस्कासन गर्न र ग्यास्ट्राइटिसको समस्या पनि कम गर्छ । यसले भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत सहयोग गर्छ ।

· अनुहारको चमक:भुइँ कटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, सरीरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने भिटामिन सी ले कोलाजेन फाइबर बनाउन सहयोग गर्छ, जसले मांसपेशी र छालालाई स्वस्थ राख्दछ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ ।

· रोग प्रतिरोधी क्षमता बढाउन:भुइँ कटहरमा एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै पर्याप्त फाइबर समेत हुन्छ । भुइँकटरहमा हुने यी लगायत भिटामिन सी जस्ता तत्वहरुले जिउको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग पुराउँछ । – एजेन्सी

पेट थिचेर सुत्नुहुन्छ ? यसो नगर्नुस, यो स्वास्थको लागी निकै खतरनाक छ !

तपाइँ पेटलाइ थिचेर सुत्ने गर्नुहुन्छ रु यसो गर्नुहुन्छ भने आजैबाट यो बानी छोडी हाल्नुस । पेटको बल सुत्नाले मिर्गी बाट ग्रस्त रोगीहरूका लागी त आकस्मिक मृत्युको खतरा धेरै हुने गर्दछ । यो शिशुहरूको आकस्मिक मृत्युको कारण पनि बन्न सक्दछ । यो कुरा हालै गरिएको एक नयाँ अनुसन्धानबाट खुलासा भएको हो । मिर्गी मस्तिष्क सम्बन्धी रोग हो, जसमा रोगीलाइ पटक पटक दौरा पर्दछ ।


विश्वभरमा लगभग पांच करोड मानिसहरू यो रोगबाट पिडित छन । इलिनोइसमा शिकागो विश्वविद्यालयका जेम्स ताओले बताए अनुसार, अनियन्त्रित मिर्गीमा मृत्युको मुख्य कारण आकस्मिक मृत्यु हो र प्रायजसो यो सुत्ने क्रममा हुने गर्दछ । यस अनुसन्धानमा अनुसन्धानकर्ताहरूले २५ वटा अध्ययनहरूको समीक्षा गरेका थिए, जसमा सहभागी २५३ आकस्मिक मृत्युको मामलामा मानिसहरूको शारीरिक स्थितिको अध्ययन गरिएको थियो । यस अध्ययनमा के पाइयो भने पेटको बल सुत्ने स्थिति ७३ प्रतिशत मानिसहरूको मृत्यु भएको थियो । जबकि २७ प्रतिशत मानिसहरूको सुत्ने स्थिति फरक थियो ।

शिशुहरूको मामला जस्तै वयस्कहरूमा पनि प्रायजसो दौरा भएपछि बिउँझने क्षमता हुँदैन । विशेष रूपले सामान्य दौराको क्रममा । ताओ का अनुसार, यस अध्ययनमा मिर्गीबाट आकस्मिक हुने मृत्युबाट बचाउँनका लागी एक महत्वपूर्ण रणनीतिलाइ बताइएको छ । ‘कम्मरको बल गरि सुत्नु ‘ नै एक महत्वपूर्ण रणनीति हो । हाते घडी र बेड अलार्मको प्रयोगबाट सुत्ने क्रममा यस प्रकारको मृत्युबाट बचाउँमा मद्दत पुग्दछ । यो अध्ययन अनलाइन जर्नल न्यूरोलोजीमा प्रकाशित गरिएको छ ।-एजेन्सी

महाधिवेशनको मुखमा फुट्यो कांग्रेस ! जन्मियो नयाँ समूह

काठमाडौं, १८ फागुन । हालसम्म दुई समूह देखिँदै आएको नेपाली कांग्रेस १३ औं महाधिवेशनको मुखमा तीन पक्षमा विभाजित भएको छ ।
संस्थापन र देउवा पक्षले कार्यकर्ता बाडिएका बेला कांग्रेसमा संस्थापनबाटै अर्काे नयाँ शक्ति जन्मिएको छ । कांग्रसमा हाल महामन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा अर्काे समूह जन्मिएको हो ।
संस्थापनबाट जन्मिएको सिटौला समूहले बुधबार १३ औं महाधिवेशनको नेतृत्वमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ । यो समूहमा कांग्रेसका चर्चित युवा नेता गगन थापा पनि सामेल छन् ।
उता संस्थापनबाट कार्यबाहक सभापति रामचन्द्र पौडेल र अर्काे पक्षबाट वरिष्ठ नेता शेरबहादुर देउवा प्यानल नेतृत्व लिन तम्सिएको छ । यो सँगै महाधिवेशनको मुखमा कांग्रेस तीन समूहमा विभाजित भएको छ ।
तीनै समूहले बुधबार उम्मेदवारी घोषणा गर्दैछन् ।
dainiknepal

श्रीमतीलाई घाँस काट्न पठाएर बल्दै गरेको चित्तामा किन हाम फाले मानबहादुर

जाजरकोट– यहाँका एक व्यक्ति बल्दै गरेको सलोमा हाम फालेर मृत्यु भएको छ । जिल्लाको थालारैकर गाविस वडा नं ३ का वीरवल खत्रीको जलिरहेको सलोमा हाम फालेर थालारैकर वडा नं–५ टाटाका ६० वर्षीय मानवहादुर बुढाको मृत्यु भएको हो । सोमवार दिउँसो जलिरहेको सलोमा हाम फालेर मृत्यु भएको स्थानीय ईन्द्रज्योति माविका शिक्षक मानवहादुर थापाले जानकारी दिए ।
यहाँका अनुसार मृतक वीरवल खत्रीका कान्छी बुहारीका वैनीका ससुरा मानवहादुर बुढा पर्ने बताएको छ । चितवनमा उपचार गरिरहेका बुढाको मानसिक सन्तोलन बेला–बेलामा गुम्ने गरेको शिक्षक थापाले जानकारी दिए । खत्रीको मलामी गएर घर फर्किएर स्थानीय पसलबाट चार वटा अण्डा किनेर टाटामा रहेको घरमा श्रीमतीलाई सो अण्डा पकाउन लगाएर श्रीमती र श्रीमानसँगै बसेर खाएका थिए । अण्डा खाएर श्रीमतीलाई घर नजिकै जग्गाको काँल्लोमा घाँस काट्न पठाएर पुर्ण बुढा लास जलाएको थालारैकर–४ को कुटीशिवालयमा चामल छर्कदै पुगेको शिक्षक थापाले बताए । चामल छर्केर एक्कासी दनदनी जलिरहेको सलोमा हाम फालेका बुढालाई सलोबाट निकाल्दा–निकाल्दै जलेर मृत्यु भएको थियो । मृतक बुढा घरमा सुतेको बेला रात्ती, दिउँसो परिवारसँग सरसल्लाह नगरेर एक्कासी हिँड्ने बानी रहेको परिवारले बताएको छ । मृतक बुढाको लासलाई पोष्टमार्टमका लागि कान्छा छोराको साथमा जिल्ला अस्पतालमा बेलुका ल्याईपुर्याउने प्रहरी प्रमुख दानवहादुर मल्लले जानकारी दिए । मृतक वुढाका ४ छोरा रहेका छन् । तीन छोराहरु विदेशमा रहेका छन् भने एक छोरा घरमै रहेको प्रहरीले वताएको छ । ratopati

बाबुरामले भने– भारतसँगको मेरो योजनाको निरन्तरता ओलीले दिए

मंगलबार, १८ फागुन
काठमाडौँ । नयाँ शक्ति नेपालले नेपाल र भारतबीच अवरुद्ध रहेको द्विपक्षीय सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि संवादको चरणमा प्रवेश गरेको टिप्पणी गरेको छ ।
नयाँ शक्तिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीको भारत भ्रमणपछि सम्बन्ध सुधारको चरणमा प्रवेश गरेको र सहजीकरण हुने दिशामा केन्द्रित रहेको जनाएको हो ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले भने– “म प्रधानमन्त्री भएकै बखत सुरु भएका केही कार्यक्रम पुनःसुरु गर्ने सहमति भएको छ । राजनीतिक तहमा संवाद सुरु भएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।”
उनले राजनीतिमा नयाँ पनको सुरुवात जरुरी रहेको भन्दै आफूहरु त्यतैतिर केन्द्रित हुने र समाज सुधारमा लागिपर्ने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा हरियो काठमाडौँ, सफा काठमाडौँ अभियान सुरु गर्ने, भ्रष्टाचारविरुद्ध सहयोगक कक्ष स्थापना गर्ने, नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने र राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान सञ्चालन गर्ने घोषणा गरियो ।
सो अवसरमा नयाँ शक्ति अभियानका प्रचार प्रमुख मुमाराम खनाल र अर्थ विभाग प्रमुख रामेश्वर खनालले आ–आफ्नो विभागले गर्ने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
nepalsandesh

डा. भगवान कोइराला भन्छन्- अन्डा खाँदा होस गरौं !

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ
काठमाडौं । अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकप्रिय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।’
वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक रप्रदर्शनीमा प्रस्तुत गरिएको हो ।
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव ‘पेप्टाइड’ हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो ‘क्याप्टोप्रिल’ (रक्तचापको औषधि)को एक मात्राजति नै प्रभावकारी हुन्छ ।
dainiknepal

भारतले नेपालमाथि आर्थिक नाकाबन्दी थाल्यो, यसरी गर्दैछ अर्को नाकाबन्दी

मंगलबार, १८ फागुन
काठमाडौं । भारतले नेपालसामु जे जस्तो प्रतिबद्धता जनाए पनि आर्थिक रुपमा नेपाललाई समस्या पार्ने रणनीति लिएको छ । भारतको बार्षिक बजेटले यो कुराको प्रमाणीत गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा राजकीय सम्मान दिएको भारतले त्यस लगत्तैको भारतको बजेटमा नेपाललाई दिदै आएको आर्थिक सहायतामा भारती कटौती गरेको हो ।
अर्थमन्त्री अरुण जेट्लीले प्रस्तुत गरेको सन् २०१६–०१७ को बजेटमा नेपालका लागि ३ अर्ब भारतीय रुपैयाँ छुट्याइएको छ, । तर, अघिल्लो वर्ष ४ अर्ब २० करोड विनियोजन गरिएको थियो ।
यो हिसाबले उस्ले नेपाललाई दिदै आएको आर्थिक सहायतामा ३० प्रतिशतले कटौती गरेको छ । भारतसँगको असमझदारी अन्त्य भएको प्रधानमन्त्री ओलीको दाबीलाई पनि यो बजेटले जिस्काइदिएको छ ।
ओलीले भारत भ्रमण गरेर असमझदारी अन्त्य गरि फर्कीए लगत्तै आएको बजेटले नेपालमाथि विस्तारै आर्थिक नाकाबन्दी गर्ने भारतीय रणनीति देखिएको छ ।
भारतले नेपालमा दिइएको सहयोग रकम सदुपयोग नभएको भन्दै नेपालप्रति अविश्वास गरेको भारतीय सञ्चारमाध्यमहरुको भनाई रहेको छ । भूकम्प पछिको पुन निर्माणका क्रममा बनेको प्राधिकरणले समेत काम गर्न नसक्ने र सहायता दुरुपयोग हुने भारतको अनुमान छ ।
भारतले नेपाललाई दिएको सहायता रकम सदुपयोग नभए अर्को बर्ष फेरि सहायता कटौती गर्नेसक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भारतीय विदेश मन्त्रालयलाई दिने बजेटमा समेत सरकारले भारती कटौती गरेको छ । अघिल्लो वर्षको तुलनामा करिब चार अर्ब कटौती गर्दै यो बर्ष एक खर्ब १६ अर्ब ६२ करोड मात्र विदेश मन्त्रालयलाई बिनियोजन गरिएको छ ।
nepalsandesh

कांग्रेस महाधिवेशनका लागि नीतिष कुमार काठमाडौं आउने

१८ फागुन, काठमाडौं ।

नेपालको सीमावर्ती भारतीय राज्य विहाारका मुख्यमन्त्री नीतिष कुमार नेपाल आउने भएका छन् । भूकम्पको समयमा नेपाल आउन चाहेर पनि केन्द्र सरकारको दवावले रोकिएका नीतिष नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौं आउने भएका हुन् ।

विहारको मुख्यमन्त्री सचिवालयले नीतिष बुधबार काठमाडौं आउने पुष्टि गरेको छ । नीतिशकुमारले कांग्रेस महाधिवेशनका क्रममा काठमाडौं आएको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली लगायत बिशिष्ठ ब्यक्तिहरुसँग भेट गर्ने तय भैसकेको छ ।


यस अघि नेपालमा भूकम्प भएको समयमा पनि नीतिषले नेपाल भ्रमण गर्न चाहेका थिए । त्यतिबेला उनलाई भारतीय विदेशमन्त्रालयले नेपाल आउने अनुमति दिएको थिएन ।

नीतिषले गत विधानसभा चुनावमा मोदीको दललाई हराएर बहुमत हात पार्दै विहारको मुख्यमन्त्रीमा पुनर्वाहाली भएका थिए ।

अमेरिकाले नेपालमा जारी यात्रा चेतावनी हटायो

भारत बजेटः नेपाललाई दिने सहयोग कटौती

मंगलबार मात्र नीतिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी परीक्षामा फेल भएको टिप्पणी गरेका छन् । केन्द्र सरकारले ल्याएको बजेटले मोदीलाई फेल देखाएको उनको भनाइ छ ।nepaliheadlines.

वाटर प्युरिफायरको भाँडो र बम आतंक

१८ फागुन, काठमाडौं ।

मंगलबार दिउसो देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको गेटमा शंकास्पद बस्तु भेटेएपछि बम भन्दै आतंक पैदा भयो ।

दक्षिण गेटमा भेटिएको शंकास्पद वस्तु बम हुन सक्ने अनुमान गर्दै गाडी रोकेर सेनाको बम डिस्पोजल टोली घटनास्थलमा बोलाइयो ।
विहान ११ बजे तिर शंकास्पद बस्तु देखिएपछि मानिसहरुले प्रहरीलाई खवर गरेका थिए । सुरक्षाकर्मीले सो सडक खालि गराए र बम डिस्पोजल टोली आइपुग्यो । बमको हल्लाले सडकमा मानिसको भिडभाड भयो ।

साँच्चिकै बम भएमा डिस्पोज गर्दा खतरा उत्पन्न हुने गरी सिंहदरवारमा भिडभाड देखियो । बम भएको आशंका गरिएको बस्तु डिस्पोज गरेको हेर्न ४-५ सय ब्यक्ति सिंहदरवार परिसरमा जम्मा भएका थिए ।

तर अन्त्यमा उक्त शंकास्पद बस्तु पानी प्युरिफाई गर्ने विग्रिएको पम्प रहेको पुष्टि भयो । शंकास्पद शैलीमा छाडिएका कारण सामान्य पानी प्युरिफाइ गर्ने एक विग्रिएको भाँडोले सिंहदरवारमा आतंक सृजना गरेको थियो ।

करिव ३ घण्टा सम्म सिंहदरवार क्षेत्र बम आतंकमा गुजार्न विवस भयो ।nepaliheadlines

सिन्धुपाल्चोकमा फेरि धक्का

काठमाडौं, फागुन १८ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिको पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।

मंगलबार दिउँसो ४ बजेर ३० मिनेटमा पनि सिन्धुपाल्चोकको चौतारा आसपास केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ४३७ ओटा पराकम्पनका धक्का मापन भइसकेका छन् । imagekhabar

प्रधानमन्त्रीको चीन भ्रमणलाई मधेशी मोर्चाले विरोध गर्ने

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै दिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राजधानीमा आन्दोलन गर्ने तयारी गरिरहेको छ ।
भारत भ्रमण गरेर पनि मधेशको समस्या समाधान नगरेको, भ्रमण उपलब्धि मुलक नभएको अवस्थामा चीनको भ्रमण गर्न लागेकोको भन्दै मोर्चाले आन्दोलन गर्न लागेका हो । मोर्चा सचिवालय बैठकले यसको बारेमा तयारी थालेको छ । आज बसेको सचिवालयको बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्व सन्ध्यामा राजधानी केन्द्रीत आन्दोलन गर्ने तयारीमा लाग्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमण कहिले हुने भन्ने तय भएको छैन । यद्यपी सरकारले यसको तयारी थालेको छ । आफूहरुले मिति तय नगरेको बताउँदै तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले आफूहरुको उद्देश्य चीन भ्रमण रोक्न नभई चीनलाई यसको बारेमा सचेत गराउन चाहेको बताए । ‘चीनले पनि जानोस कि देशको समस्या समाधान नै नगरिकन देश विदेशको भ्रमण गरिरहेका छन्’ उनले भने, ‘मधेशी जनताले छ महिनादेखि आन्दोलन गरे तर त्यसको कुनै समाधान नै नदिइकन प्रधानमन्त्री आलीले भारतको भ्रमण गर्नुभयो अब चीन भ्रमणको तयारीमा हुनुहुन्छ । त्यसको विरोधमा मधेशी मोर्चाले राजधानी केन्द्रीत आन्दोलन गर्नेछ ।’ आजदेखि शुरु भएको सचिवालयको बैठकले आन्दोलनको समिक्षा गरि अगामी दिनमा गर्ने आन्दोलनको तयारी, प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रको बारेमा छलफल गर्नेछ । आन्दोलनको स्वरुप परिवर्तन गरेपनि सरकारले कुनै वास्ता नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्रमार्फत जानकारी गराएर नै आन्दोलनमा जाने तयारी भइरहेको नेता यादवले बताए ।ratopati

ओली भ्रमणमा मोदी-डोभल डक्ट्रिन

भारत भ्रमणमा रहँदा जस्तै त्यहाँबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणलाई उपलब्धिपूर्ण रहेको र नेपाल-भारत सम्बन्धमा रहेका सबै असमझदारी अन्त्य भएको बताइरहेका छन्। एउटा कुरा निश्चित हो, प्रधानमन्त्रीले आफ्ना कुरा भारतीय राजनीतिक नेतृत्व र जनमत निर्मातासमक्ष बुझ्ने गरी स्पष्टसँग राखेको पढियो, सुनियो। यसनिम्ति उनी धन्यवादका पात्र छन्।

आफ्नो संविधान निर्माण गर्दा भारतसमेतको स्वामित्वलाई राष्ट्रले औपचारिक रूपमै अनुमोदन गरेको सन्देशसहित भारत भ्रमण गर्ने राजनीतिक बाध्यताभित्रका कुनै प्रधानमन्त्रीबाट योभन्दा बढी अपेक्षा न्यायपूर्ण थिएन।तर नेपाल-भारत सम्बन्धमा विकास भएका वर्तमान चरित्रलाई प्रधानमन्त्री ओली र उनका निकट सहयोगीको आत्मरति तथा मधेस आन्दोलनका पात्र र प्रकृतिले मात्र बताउन सक्दैन। अर्को कुरा, प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको भ्रमण र आतिथ्यताको स्तरले भ्रमणको उपलब्धिको सही आकलन गरिँदैन भन्ने पनि उत्तिकै सत्य हो।


यसैक्रममा इतिहासकै सबैभन्दा जटिल चरित्रको भूराजनीतिक दबाब बेहोर्न बाध्य नेपालका प्रधानमन्त्री भारतपछि चीन भ्रमणमा जाँदै छन्। प्रधानमन्त्रीले बुझ्नुपर्दछ-उनको चीन भ्रमणले मात्र उनको भारत भ्रमणको समीक्षा गर्न सकिने रणनीतिक परिस्थिति निर्माण भएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणले नेपाली जनजीवनलाई निश्चय नै केही सहज बनाएको छ, तर यो सहजताभित्र अनेकौँ असहज प्रश्न छन्। यसको दीर्घकालीन समाधान भनेको भारतसँगको सम्बन्धमा समझदारी कायम गर्दै चीनसँग भरपर्दो इन्धन आपूर्ति सम्झौता गर्नु र ल्हासा-काठमाडौँ रेलमार्ग निर्माण कार्य तत्काल अघि बढाउन चीनलाई सहमत गराउनु हो। त्यसो गर्न सके मान्नुपर्दछ-ओलीको प्रधानमन्त्रीत्वले नेपाली जनतालाई साँच्चै सधैँ बाडुली लगाइरहनेछ।

स्विकार्नै पर्दछ-नेपाल भारत सम्बन्ध भारत चीन सम्बन्धको चरित्रको स्तरबाट स्वतन्त्र छैन र रहन सक्दैन। एसियाका यी दुई ठूला र शक्तिशाली राष्ट्रको सम्बन्धको चरित्र परिभाषित गर्ने निर्णायक महत्वका रणनीतिक अध्यायहरू क्षेत्रमा निर्माण भइरहेका छन्। नेपालको भूराजनीतिका सीमा, अवसर र सम्भावनाहरू बुझ्न र सोअनुरूप आफ्ना राष्ट्रिय रणनीति विकास गर्न नेपालले यी परिवेशहरूलाई मिहिन अध्ययन गरेकै हुनुपर्दछ।

भारत र चीनका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिलाई प्रभाव पार्ने प्रमुख पात्र र चरित्रहरूको क्षेत्र र समग्र विश्वबारेका विचार, भविष्य दृष्टि र कार्य प्रणालीबारे राम्रो जानकारी नराखी नेपालले आफ्नो परराष्ट्र नीति मात्र होइन, आफ्ना आन्तरिक शान्ति र स्थिरतालाई पनि सुनिश्चित गर्न सक्दैन।त्यसैले त्यस्ता पात्र र चरित्रहरूका नेपाल नीतिलाई राष्ट्रको बृहत्तर हितअनुरूप सुनिश्चित गराउन नेपालले प्रदर्शन गर्ने राजनीतिक, आर्थिक, कूटनीतिक र समग्रमा नेपालको राष्ट्रिय क्षमताको आधारमा कुनै सरकार वा राजनीतिक नेतृत्वको सफलताको मूल्यांकन गरिन्छ र गर्नुपर्दछ।

अर्को, अन्य छिमेकी र अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको नेपालको पक्षमा जुटाउन सकेको समर्थन र प्रतिबद्धताको स्तरबाट सरकारको मूल्यांकन गरिन्छ भन्ने कुरा नेपालका प्रधानमन्त्री र उनका सहयोगीहरूले हेक्का राखिरहनुपर्ने हो।नेपालजस्तो कठिन भौगोलिक अवस्थितिको मुलुकले आफ्ना विशाल छिमेकी राष्ट्रहरूका गृह, रक्षा, परराष्ट्र, आन्तरिक राजनीतिक विकास, भविष्यका सम्भावना र कम्तीमा आगामी १०-२० वर्षसम्मका उनीहरूका सम्भावित राजनीतिक र सुरक्षा क्षेत्रका नीति र नेतृत्वहरूबारे मिहिन दृष्टि राखेर सरकारलाई सोबारे निरन्तर रणनीतिक परामर्श दिइरहने सक्षम संरचनाहरू विकास नगरी नेपालले आफ्ना राष्ट्रिय हितहरू सुरक्षित राखिरहन सक्दैन।

दक्षिण कोरिया, ताइवान, सिंगापुर, इजरायल जस्ता राष्ट्रहरूको शक्ति र सफलतापछाडिको एउटा प्रमुख कारण आफ्ना छिमेकीबारे गहन र सम्पूर्ण जानकारी राख्ने उनीहरूका सशक्त र प्रभावकारी संरचनाहरू हुन्। अमेरिकाजस्तो मुलुकले पनि चीन, रूस, भारत, इरान वा अन्य ठूला र शक्तिशाली मुलुकहरूको बारेमा गहन र सांगोपांगो जानकारी लिन ती मुलुकका त्यस्ता संरचनामाथि भरपर्ने गरेको सन्दर्भ यहाँ विचारणीय छ।

मोदी डोभल डक्ट्रिन
माथि भनेजस्तै भारतको नेपाल रणनीति बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भविष्य दृष्टि, नीतिगत प्राथमिकता, प्रतिबद्धता, क्षेत्रीय र विश्व दृष्टिकोणलाई नियाल्नुपर्ने हुन्छ।इन्डियन एक्सप्रेसमा गत वर्षको जनवरीमा अमेरिकाका जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक डेनियल मर्कीले लेखेअनुसार मोदी 'शक्तिद्वारा शान्ति स्थापना' गर्ने नीतिका अनुयायी हुन्। कमजोर र शक्तिहीन भारतले आफ्नो लागि र क्षेत्रमा समेत शान्ति स्थापना गर्न सक्दैन भन्नेमा उनी दृढ देखिन्छन्।

प्रधानमन्त्री मोदी भारतको राष्ट्रिय ऐतिहासिक चेतनाका प्रतिनिधि पात्रको रूपमा प्रस्तुत भइरहेका छन्। जवाहरलाल नेहरूलगायतका स्वतन्त्र भारतका नेताहरूले राष्ट्रिय हित र सुरक्षाका सवालमा प्रदर्शन गरेका अप्रतिबद्ध र अदूरदर्शी नीतिकै कारण भारतीय सुरक्षा चुनौती र क्षेत्रीय समस्याहरू वर्तमान स्वरूपमा अनूदित हुन आइपुगेको हो भन्ने उनको धारणा रहेको देखिन्छ।

आफ्ना यिनै नीति र प्राथमिकताहरूलाई केन्द्रमा राखेर मोदीले आफ्ना रक्षा र विदेश नीतिहरूको कार्यान्वयनको लागि छनोट गरेका एक प्रमुख सहयोगी हुन्, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल। इन्टेलिजेन्स ब्युरोका पूर्व प्रमुखसमेतको अनुभव आर्जन गरेका उनले आफ्नो पेसागत जीवनमा दुनियाँका नामी जासुसी उपन्यासका महानायक जस्तै काम गरेका छन्।

जस्तोसुकै खतरनाक मिसनको जिम्मेवारीलाई सहर्ष स्विकारेर त्यसलाई उच्चतम निष्ठा र कौशलका साथ सफल बनाएका डोभल भारतका सबै पृथकतावादी विद्रोह र आतंककारी गतिविधि समाप्त पार्न तथा नियन्त्रण गर्नमा निर्णायक भूमिकामा रहेका व्यक्ति हुन्। उनका विलक्षण प्रतिभा, कौशल र समर्पणको प्रशंसा नगर्ने त्यो क्षेत्रका जानकार सम्भवतः छैनन्।

हाल डोभल भारतको बाह्य र आन्तरिक जासुसी संगठन 'र' र इन्टेलिजेन्स ब्युरोका प्रमुखहरूका तालुक अधिकृत हुन्। राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा उनी भारतका रक्षा, विदेश, गृह, अर्थ मन्त्रालयलगायतका मन्त्रीहरू सदस्य रहने राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख कार्यकारी अधिकृत पनि हुन्। यसबाट भारतको समग्र राज्य सञ्चालनमा डोभलको शक्ति र प्रभावको आकलन गर्न सकिन्छ।

गत जुन महिनाको पहिलो साता भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पृथकतावादी समूहहरूको धरापमा परेर १८ जना भारतीय सैनिकहरूको मृत्यु भयो। आक्रमणपछि भारत म्यानमार सीमा पार गरी म्यानमारमा रहेको आफ्नो आ श्रयस्थलमा बसेका त्यस्ता पृथकतावादी समूहहरूमाथि भारतले हवाई आक्रमण गर्‍यो। उक्त आक्रमणमा भारतीय सेनाले म्यानमारमा रहेका पृथकतावादीहरूका दुई शिविर ध्वस्त बनाएको समाचार भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका थिए।

उक्त कारबाहीपछि सैनिक पृष्ठभूमिबाट राजनीतिमा आएका केन्द्रीय सूचना राज्यमन्त्री राज्यवर्धन सिंह राठोरले भारतमा आतंककारी गतिविधि गरेर छिमेकी राष्ट्रमा सुरक्षित हुन सकिन्छ भन्नेहरूको दिन गएको प्रतिक्रिया दिएका थिए। विश्लेषकहरू भारतीय सेनाको यो सफलतापछाडि डोभलको दृढता र साहसिकताले काम गरेको बताउँछन्।

पाकिस्तानको सुरक्षा र यसको भूरणनीतिक पक्षसम्बन्धी पाकिस्तानी विज्ञ तथा अक्सफोर्ड विश्वविद्यालयसँग समेत सम्बद्ध हसन कुरेसीले जुलाई २०१४ मा प्रकाशित एउटा लेखमा डोभललाई पाकिस्तानलाई ध्वस्त पार्ने चाहना राख्ने व्यक्तिको रूपमा चित्रित गर्दै इन्टेलिजेन्स ब्युरोको प्रमुखको रूपमा उनले अफगानिस्तान, पाकिस्तान र चीनमा समेत आतंककारी गतिविधि सञ्चालन गराएको अभियोग लगाएका छन्।

तिब्बतमा पृथकतावादी आन्दोलनलाई सहयोग गरेको र पाकिस्तानलाई आन्तरिक रूपमै ध्वस्त पार्ने उद्देश्यले बलुचिस्तान प्रान्तमा भारत प्रशिक्षित आतंककारीहरूद्वारा गरिएको बम-विस्फोटनबाट लाहोर, कराँचीलगायतका स्थानमा असंख्य पाकिस्तानी सर्वसाधारण नागरिक मारिएका कुरेसीको आरोप छ। अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा कटुता र तनाव उत्पन्न गरेर अफगानिस्तानमा पाकिस्तानका हितहरूमाथि प्रहार गर्नु पनि डोभल डक्ट्रिन हो भन्ने कुरेसीको भनाइ छ।
नेपालजस्तो कठिन भौगोलिक अवस्थितिको मुलुकले आफ्ना विशाल छिमेकी राष्ट्रहरूका गृह, रक्षा, परराष्ट्र, आन्तरिक राजनीतिक विकास, भविष्यका सम्भावना र कम्तीमा आगामी १०-२० वर्षसम्मका उनीहरूका सम्भावित राजनीतिक र सुरक्षा क्षेत्रका नीति र नेतृत्वहरूबारे मिहिन दृष्टि राखेर सरकारलाई सोबारे निरन्तर रणनीतिक परामर्श दिइरहने सक्षम संरचनाहरू विकास नगरी नेपालले आफ्ना राष्ट्रिय हितहरू सुरक्षित राखिरहन सक्दैन।
असाधारण कूटनीतिक क्षमता प्रदर्शन गरेर अमेरिकी राष्ट्रपति जर्ज बुस र बाराक ओबामादेखि भारतीय प्रधानमन्त्री मनमोहन सिंह र नरेन्द्र मोदीमाथि समेत शक्तिशाली प्रभाव पारेका अमेरिकाको लागि भारतीय राजदूत तथा स्पष्ट वक्ताको रूपमा परिचित एस. जयशंकरको भारतीय विदेश सचिवमा भएको नियुक्ति मोदी सरकारले गरेको अर्को महत्वपूर्ण नियुक्ति हो।

अमेरिकाप्रति झुकाव राख्ने मानिने र चीन, अमेरिका तथा जापान जस्ता शक्तिशाली मुलुकहरूका साथै दक्षिण पूर्व एसियाको केन्द्रको रूपमा रहेको सिंगापुरमा समेत रहेर कूटनीतिक अनुभव आर्जन गरेका जयशंकरको नियुक्तिलाई टाइम्स अफ इन्डियाले मोदी सरकारको चीनप्रति कडा नीति अवलम्बन गर्ने कुराको परिचायक बताएको छ।

जटिल क्षेत्रीय भूराजनीतिक दबाब र नेपाल
भारतले पाकिस्तानलाई प्रमुख चुनौतीको रूपमा बुझ्ने गरेको छ । शक्तिको बलमा पाकिस्तानसँगको विवाद अन्त्य गर्नुपर्दछ भन्नेमा मोदी र डोभल दुवै विश्वस्त छन्।पाकिस्तानको आणविक क्षमता भारतको प्रमुख रणनीतिक चिन्ताको विषय भएकाले पाकिस्तानको आणविक क्षमतालाई सन्तुलन गर्ने आक्रामक र प्रतिरक्षात्मक प्रणाली विकास गरेर भारतको आणविक दौर्वल्यदोहन हुन नदिनु मोदी डोभल डक्ट्रिनको प्रमुख पक्ष हो।

फेब्रुवरी २०११ मा प्रकाशित एउटा लेखमा डोभलले पाकिस्तानको भारतविरुद्धको लामो समयदेखिको अन्त्यहीन र गुप्त आक्रामक व्यवहारविरुद्ध प्रतिकार गर्न भारत निरन्तर असफल भइरहेको सन्दर्भमा भारतविरुद्धको आफ्नो आतंककारी संरचना भंग गर्न भारतले पाकिस्तानलाई बाध्य पार्न सक्नुपर्दछ भनेर लेखेका थिए।

पाकिस्तानका रणनीतिक दुर्वलताहरू भारतभन्दा धेरै बढी भएकाले त्यस्ता दुर्वलतामाथि उसले गर्न सक्ने रणनीतिक प्रहार साथै पाकिस्तानद्वारा भारतविरुद्ध सञ्चालन हुने गरेका गुप्त कारबाही कम खर्चालु रणनीतिक विकल्पहरू होइनन् भन्नेबारे पाकिस्तानलाई भारतले राम्ररी बुझाउन सक्नुपर्दछ भन्ने पनि डोभलले लेख्दै र भन्दै आएका थिए।

उता अमेरिकाले एसियामा चीनको बढ्दो प्रभुत्व नियन्त्रण गर्न अवलम्बन गरेको एसियाली पुनर्सन्तुलन नीति र भारतको एसिया प्रशान्त क्षेत्रमा आफ्नो रणनीतिक महत्वाकांक्षालाई सघाउन विकास गरेको लुक इस्ट नीति परस्पर परिपूरक भएको अमेरिकी अधिकारीहरूले बताउने गरेका छन्।सोही सन्दर्भलाई प्रस्ट पार्दै भारतको चेन्नईमा अमेरिकी महावाणिज्य दूतावास र भारतको एउटा थिंक ट्यांकद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणनले भारतको सहयोगविना अमेरिका आफ्नो एसिया नीतिमा सफल नहुने बताएका थिए।

चीनको बढ्दो सैन्य क्षमता हुँदाहुँदै पनि भारतको तुलनामा चीनलाई कुनै सैनिक लाभ प्राप्त नभएको र भारत मात्र चीनविरुद्ध एसियामा खडा हुन सक्ने शक्ति हो भनेर नारायणनले बताएका थिए भनी टाइम्स अफ इन्डियाले गत मार्चमा उल्लेख गरेको थियो।सो सम्मेलनको दुई महिनापछि प्रधानमन्त्री मोदीको प्रस्तावित चीन भ्रमणको सन्दर्भमा भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक हिन्दुमा प्रकाशित एक लेखमा नारायणनले मोदी सरकारले चीनसँगको सम्बन्धमा आर्थिक र व्यापारिक पक्षलाई भन्दा सम्बन्धको रणनीतिक पाटोलाई बढी महत्व दिनुपर्ने उल्लेख गरेका थिए। स्मरणीय छ, नारायणन पनि डोभलजस्तै इन्टेलिजेन्स ब्युरोकै पूर्व प्रमुख हुँदै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार हुन पुगेका थिए।

गत अक्टोबरमा चर्चित भारतीय पाक्षिक फ्रन्टलाइनमा अघिल्लो पुस्ताका भारतीय अधिवक्ता, इतिहासकार र लेखक एजी नुरानीले नोभेम्बर २०१४ मा हिन्दुस्तान टाइम्सले आयोजना गरेको 'लिडरसिप समिट' मा डोभलको भनाइ उद्धृत गर्दै भारतले दुई मोर्चाको युद्धको लागि तयारी गर्नु परिरहेको अवस्थामा भारतले आफ्ना दुवै आणविक शक्तिसम्पन्न छिमेकीहरूलाई आफूसँगको द्वन्द्वको मूल्य बुझाउन सक्नुपर्दछ भन्ने उल्लेख गरेका थिए।

आफूमाथि हुने आक्रमण रोक्न आक्रमणको स्रोतमा नै आक्रमण गरिनुपर्दछ, त्यो नै सबैभन्दा उत्तम प्रतिरक्षा रणनीति भएकोमा विश्वस्त डोभलले जम्मु कश्मीरमा पाकिस्तानी अतिवादी गतिविधि सन्तुलनमा ल्याउन लन्डनमा बसेर पाकिस्तानको बलुचिस्तानमा पृथकतावादी आन्दोलन सञ्चालन गरिरहेका नवावजादा हर्वियार मर्रीका गतिविधिलाई भारतले सहयोग गरिरहेको समेत नुरानीले फ्रन्टलाइनमा उल्लेख गरेका छन्।  
 
चीन भारत पाकिस्तान सम्बन्धको एउटा महत्वपूर्ण पाटोको रूपमा रहेको छ । एन्ड्रयु स्मलको हालै प्रकाशित एक चर्चित पुस्तक दी चाइना पाकिस्तान एक्सिसअनुसार भारतप्रतिको शत्रुतामा आधारित चीन पाकिस्तान सम्बन्ध कुनै सैनिक गठबन्धनको स्तरभन्दा कम छैन।

एउटा क्षेत्रीय शक्तिबाट विश्व शक्तिको रूपमा चीनको उदयमा पाकिस्तान सुरुदेखि नै केन्द्रीय भूमिकामा रहेको छ। मध्य तथा दक्षिण एसियालगायत मध्यपूर्वदेखि पूर्वी एसियासम्म सडक, रेल, बन्दरगाह तथा ग्यास पाइपलाइनहरूको विस्तारमा मात्र नभएर एउटा जलशक्तिको रूपमा चीनको रणनीतिक लक्षहरूको प्राप्तिमा पाकिस्तानले केन्द्रीय भूमिका निर्वाह गरेको छ।

त्यसैगरी आफ्ना आर्थिक तथा रणनीतिक अभाव र आन्तरिक अस्थिरताविरुद्ध चीन पाकिस्तानको सबैभन्दा भरपर्दो मित्र, उसको सैन्य शक्तिको भर र कूटनीतिक संरक्षक पनि हो।भारत, अमेरिका र जापानबीचको बढ्दो रणनीतिक घनिष्टताबाट निर्माण हुने भूराजनीतिक दबाब सामना गर्न चीन र पाकिस्तान भविष्यमा अझै घनिष्ट हुँदै जानेछन्।

यो परिवेशमा भारत र चीनबीच असुविधाजनक भूगोलको बन्दी बनेको नेपालले आफ्नो भूराजनीतिक अवस्थितिअनुरूपको राजनीतिक प्रणाली विकास गरेर आफ्ना विदेश नीति र सुरक्षा प्रत्याभूतिका लागि तीक्ष्ण कूटनीतिक कौशल प्रदर्शन गर्नुपर्दछ, तर त्यस्तो कौशल पनि राजनीतिक प्रणालीको चरित्रले निर्धारण गर्दछ भनेर बुझ्न भने चुक्नु हुँदैन।
annapurnapost

प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन–पत्रमा के–के छन् ?

काठमाडौं, १८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिएको ज्ञापन–पत्रको भाषामा प्रारम्भीक सहमति जुटाएको छ ।
सद्भावना पार्टीको केन्द्रीय कार्यालय नयाँबानेश्वरमा बसेको सचिवालय बैठकले ज्ञापन–पत्रको भाषामा मोटामोटी सहमति जुटाएको हो ।
बैठकका विषयमा जानकारी दिँदै सद्भावना पार्टीका महासचिव मनीष सुमनले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओली ज्यूलाई बुझाउने भनिएको ज्ञापनि पत्रको भाषा मिलाएका छौँ । सो विषयमा आ–आफ्नो पार्टीमा सरसल्लाह गरेर आउने सहमति भएको छ ।’
ज्ञापन–पत्र मधेसी मोर्चाले उठाउँदै आएको ११ बुँदे मागको कार्यान्वयन, शहीदको दर्जा र क्षतिपूर्ति, घाइतेको उपचार, भूकम्पबाट घरबारबिहीन भएकाहरूलाई उचित बासको व्यवस्था, कालाबजारी नियन्त्रणलगायतका विषय राखेको छ । मधेस आन्दोलनका बेला मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्न माग गरिएपनि सरकारले बेवास्ता गर्दै आएको छ ।
सचिवालयको कार्यविधि र कार्यालय स्थापनाका विषयमा पनि छलफल गरेको मधेसी मोर्चाले होलीसम्मका लागि विभिन्न संघर्षका कार्यक्रम पनि तयार पारेको छ । तराई मधेस केन्द्रित संघर्षका कार्यक्रम सबै शान्तिपूर्ण हुने महासचिव सुमनले बताउनुभयो । कार्यदलको बैठक बुधबार पुनः बस्ने भएको छ ।
छ महिनादेखिको मधेस आन्दोलन निष्कर्षबिहीन हुन पुगेपछि मधेसी मोर्चाले नयाँ उर्जा र शक्तिका साथ आन्दोलनलाई माथि उठाउने उल्लेख गरेको छ ।
dainiknepal

अमेरिकाले नेपालमा जारी यात्रा चेतावनी हटायो

१८ फागुन, काठमाडौं ।

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल यात्रामा लागाएको ट्राभल एडभाइजरी वार्निङ हटाएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार नेपालमा लगाइएको भ्रमण चेतावनी खारेज गरेको जानकारी दिएको हो ।

नेपालमा संविधान जारी भएपछि उत्पन्न नाकाबन्दी लगाएका परिस्थिति पछि अमेरिकाले गत असोज २१ मा आफ्ना नागरिकलाई नेपाल भ्रमणमा पालना गर्नु पर्ने एडभाइजरी वार्निङ जारी गरेको थियो।

अव भने अवस्था सामान्यीकरण भएको संकेत गर्दै अमेरिकाले यो चेतावनी हटाएको हो । यद्यपी अवस्था अनुसार यस्तो चेतावनी पुनः जारी हुन सक्ने अमेरिकाले जनाएको छ ।

केही दिन अघि मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेका थिए ।

अब नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट हुने छ । जसमा कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसम्म छन् ।

यस्तै अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले नेपालबाट आयात गरिएका सामाग्रीले अमेरिकी अर्थतन्त्रलाई नकारात्मक असर पार्ने, नपार्ने अध्ययन गरेपछि नेपालबाट निर्यातित सामाग्रीमा वैधानिक भन्सार छुट प्राप्त हुने छ ।nepaliheadlines

प्याराग्लाइडिङ गर्दागर्दै फेवातालमा डुबेकाको सकुशल उद्दार

मंगलबार, १८ फागुन
पोखरा। पोखरामा जारी प्रि–वर्डकप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा  फेवातालमा डुबेका सबै प्याराग्लाइडर्सको सकुशल उद्धार गरिएको छ  ।
सो प्रतियोगिताको १७ औं संस्करण को क्रममा  ६ प्रतियोगीहरु डुबेका थिए । सबै प्रतियोगीहरुको सकुशल उद्दार गरिएको प्रहरी क्षेत्रीय कार्यालय पोखराले जनाएको हो ।
अकस्मात ठूलो बतास चलेपछि प्याराग्लाइड अनियन्त्रित हुँदै तालमा खसेको थियो  ।
nepalsandesh

दुबई जाँदै गरेको बस दुर्घटना, १८ को मृत्यु

१८ फागुन,एजेन्सी।   खाडी मुलुक ओमानबाट दुबई जाँदै गरेको एक बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने सोही संख्यामा यात्रुहरु घाइते भएका छन्। ओमान प्रहरीका अनुसार बस ट्रकसंग ठोक्किदाँ ठुलो दुर्घटना भएको हो।  मंगलवार विहान इबरी भन्ने ठाउँमा दुर्घटना भएको हो।



उक्त बस गल्फ ट्रान्सपोर्ट कम्पनी अन्तर्गत सञ्चालित थियो। बस ओमानको शहर सलालहबाट दुबई जाँदै थियो। बसमा भएका यात्रुहरुका बारेमा जानकारी आईसकेको छैन्।

ओमान र दुबई दुबै ठाउँमा धेरै नेपालीहरु काम गर्दछन्।nepaliheadlines

पोखरामा दुर्घटना, ६ वटा प्याराग्लाइडिङ चालक सहित डुबे

पोखरामा ६ वटा प्याराग्लाइडिङ दुर्घटनामा पारेका छन्। ठुलो हावाहुरी  आएपछि साराङकोटबाट उँडेका ६ पाराग्लाईडिङ चालक सहित फेवातालमा डुबेका छन्।

पोखरामा भइरहेको प्याराग्लाइडिङसम्बन्धी प्रिमियर वर्ल्डकपमा सहभागी हुन ३५ देशका १५० पाइलट यसमा सहभागी छन्।  हाल उद्दार कार्य जारी रहेको छ। केहिको उद्धार गरिसकिएको खब
nepaliheadlinesर छ ।

केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र


खानालाई स्वादिलो बनाउनमा मसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ। साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू (जीरा, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याँज)लाई स्वस्थवर्द्धक पनि मानिन्छ।

जीराको दाना अथवा धूलो- नेपाली परिकार बनाउनको लागि नभई नहुने मसला। चाहे त्यो मासुको परिकार होस्, या साधारण तरकारी, अथवा दाल नै किन नहोस्, जीराको एक चिम्टी धूलो राखेपछि त्यसको स्वाद त मीठो भैहाल्छ, साथै बासना पनि मीठो नै आउँछ।



तर के तपाईँलाई थाहा थियो, तरकारी स्वादिलो र सुगन्धित बनाउनुको लगायत स्वास्थ्यमा कैयौँ फाइदाहरू दिने कारणले पनि जीराको धूलोलाई खानाका परिकारहरूमा मिसाउने परम्परा चल्दै आएको हो।

विश्वास लाग्दैन होला, तर जीराको एक चिम्टी दाना वा धूलोले मोटोपना घटाउने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ। साथै यसले शरीरमा भएका बोसोलाई घटाउने, अनि नराम्रा कोलेस्ट्रोलको मात्रालाई प्राकृतिक रूपले नियन्त्रण गर्ने पनि उक्त अनुसन्धानबाट पत्ता लागेको छ।

खानामा जीराको धूलो राख्नुको महत्व

जीरामा पाइने थाइमोल ( अन्य फाइदाजनक चिल्लो पदार्थले हाम्रो मुखमा रहेका सालिभा ग्रन्थी  हरूलाई सक्रिय बनाउँदछ, जसले हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ। यसलगायत, जीराले हाम्रो कमजोर पाचनप्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ। त्यसैले यदि अपच हुने समस्याले सतायो भने जीराको चिया बनाएर पिउँदा त्यसबाट राहत पाउन सकिन्छ।

मोटोपनाको समस्याको लागि जीराको दाना

तरिका १:

१ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस्।
पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस्।
त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस्। यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ।
तरिका २:

२ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस्।
विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस्।
पिउँदा जीराको दानालाई पनि चपाउनुहोस्। यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ।
तरिका ३:

१ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस्।
चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस्। यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ।
तरिका ४:

१ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस्।
यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ।
तरिका ५:

थोरै शुद्ध र सफा पानीमा गाँजर, काउली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस्।
बाफिइसकेपछि त्यसमा लसुनको १/२ पोटि काटेर राख्नुहोस् र कागतीको रस पनि मिसाउनुहोस्।
त्यस मिश्रणमा १/२ चम्चा जीराको धूलो मिसाउनुहोस्। यसलाई खाना खानेबेलामा दिनहुँ खानुहोस् र २ हप्ताभित्र जादु हेर्नुहोस्।
जीरा खानुका फाइदाहरूः

पाचनप्रक्रियामा सुधार ल्याउँदछ।
पाइल्सबाट राहत दिन्छ।
रुघाखोकीको समस्यालाई कम गराउँदछ।
मधुमेहबाट रोकथाम गराउँदछ।
स्तनपान गरिरहेका सुत्केरी महिलाहरूको दूध उत्पादन शक्ति बढाउँदछ।
शरीरमा भएका विषाक्तलाई फाल्ने काम गर्दछ।
तनाव र थकानबाट मुक्त गराउँदछ।
प्रतिरक्षा शक्तिमा सुधार ल्याउँदछ।

चीनसँग सम्झौता गर्दा नेपालमाथि भारतले चाल्यो कडा कदम !

काठमाडौं, १८ फागुन । चीनतिर सम्झौताको तयारी गर्दा भारतले नेपाली कडा चाल्ने संकेत दिएको छ ।
जसअनुसार पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन ।
इन्डियन आयल कर्पोरेशन (आर्इओसी)सँग इन्धनको मात्रा बढाउन पटक–पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल पाएको छैन ।
निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारते पर्याप्त इन्धन नदिएको बताउँछन्। सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने सभझदारी पत्रमा हस्ताक्षर गरेको थियो।
‘पेट्रोलियम पदार्थ बढाउन दिनहुँजसो टेलिफोन र इमेलमार्फत आईओसीलाई आग्रह गरेपनि माथिको आदेश नभएको भन्दै परिमाण बढाउन मानिरहेको छैन,’आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरे भन्छन्, ‘छलफलका क्रममा किन पर्याप्त इन्धन नदिने त ! भनेर सोध्दा उहाँहरु स्पष्ट कुरा गर्नुहुन्न तर कुरा गराइबाट चीबाट इन्धन ल्याउने समझदारीका कारण पर्याप्त इन्धन नदिएको सजिलै बुझ्न सकिन्छ।’ कारोबार दैनिकमा समाचार छ ।
dainiknepal

ग्यास्ट्रिक छ ? यी १० घरेलु प्राकृतिक औषधी खानुहोस

काठमाडौ । धेरै नेपालीमा ग्यास्ट्रिकको समस्या छ । नेपालीका लागि यो रोग राष्ट्रिय रोग जस्तै बनेको छ ।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि यो रोगका लक्षणहरु हुन् । ग्यास्ट्रिक भएपछि वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने जस्ता लक्षण देखिन्छन् ।
हाम्रो जीवनशैली खानपान शैली, मानसिकताले गर्दा यो रोग लाग्छ ।

यी हुन नेपालमै पाइने ग्यास्ट्रिकका उपचार विधी:

१. बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
२. अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
३. सौंप
सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।
४. अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।
५. बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।
६. दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।
७. हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।
८. जिरा 
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।
९. लसुन
२ \३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु ।
१०. पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।
nepalsandesh

वर्षाेपछि पारस र हिमानीको यो कस्तो मिलन ?

काठमाडौं, १८ फागुन । झण्डै एक दशक लामो समयदेखि अलग बस्दै आएका पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् ।
नेपालमा राजसंस्था अन्त्य हुनुभन्दा पहिलेदेखि पारस र हिमानीको सम्बन्ध विग्रिएको बताइन्छ ।
यो बीचमा पारस थाइल्याण्ड बस्दै आएका थिए । राजा विरेन्द्रको निधनपछि ज्ञानेन्द्रले गद्दी सम्हाल्दा पारस निकै उग्र थिए । त्यही उग्र बानीले पारसलाई पूर्वराजा ज्ञानेन्द्रले विदेश पठाएका थिए ।

लामो समय थाइल्याण्ड बसेका पारस बेला बेला लागुऔषध कारोवार अभियोगमा पक्राउ समेत परे भने जेल पनि परेका थिए । त्यो समयमा यता हिमानी समाजसेवामा लागिन् । थाइल्याण्डमा प्रेमिका समेत बनाएपछि हिमानीसँग सम्बन्ध थप चिसिएको थियो । यसैक्रममा पारस गत वर्ष चैत १९ मा नेपाल फर्किएका थिए । उनलाई निर्मल निवासको ढोका बन्द गरियो भने हिमानीसँग भेट्न पाएनन् ।
तर, केही दिन अघि पारस र हिमालीको अपत्यारिलो मिलन भयो । त्यो पनि विवाहको समारोहमा । पारसका फुपू शोभा शाहीको छोरा हिमबानको विवाह समारोहमा हिमानीसँग उनले सँगै फोटो खिचाए ।

विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका हुन् । पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपनि उनी श्रीमतीसँगै एउटै तस्बिर देखिएका थिएनन् ।
थाइल्यान्डबाट स्वदेशमै बस्ने गरी फर्किए पनि पारस पूर्व युवराज्ञी हिमानी र आफ्ना छोराछोरीसँग भने बसेका छैनन् । यो मिलनले पारस र हिमानीबीच सम्बन्ध सुध्रिदै गएको संकेत गरेको छ ।
तस्वीर स्रोतः पहिलोपोस्ट ।
dainiknepal

मोदी परीक्षामा फेल भए – नीतिश कुमार

१८ फागुन, एजेन्सी ।

भारत विहारका मुख्यमन्त्री नीतिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी परीक्षामा फेल भएको टिप्पणी गरेका छन् । केन्द्र सरकारले ल्याएको बजेटले मोदीलाई फेल देखाएको उनको भनाइ छ ।

मुख्यमन्त्री नीतिश कुमारले भारतका १२५ करोड जनताले परीक्षा लिने भन्दै मोदीले दिएको अभिब्यक्तिको जवाफमा मोदी फेल भएको टिप्पणी गरेका हुन् ।


मोदी सरकारले पेस गरेको बजेट सामान्य बजेट भएको भन्दै उनले बजेटलाई पास मार्क्स दिन नसकिने प्रतिक्रिया समेत दिएका छन् ।

बजेटको परीक्षाफलमा मोदी फेल भएको भन्दै नीतिष कुमारले अरुण जेट्लीको भाषणमा अर्थशास्त्रीको जस्तो भाषा नदेखिएको समेत टिप्पणी गरेका छन् ।


जेट्लीको बजेट कुनै वकिलको भषामा आएको उनको भनाइ छ । विहारलाई दिएको विशेष प्याकेजलाई मोदी सरकारले निरन्तरता नदिएपछि नीतिष कुमारको आक्रामक प्रतिक्रिया आएको हो ।nepaliheadlines

बिहे भएको एक वर्ष नबित्दै आत्महत्या

महोत्तरी – बिहे भएको एक वर्ष दुई दिन नबित्दै महोत्तरीको बर्दिवास नगरपालिका–२ मा एक महिलाले आत्महत्या गरेकी छिन् ।

गत वर्ष फागुन १५ गते वैवाहिक जीवनमा बाँधिएकी स्थानीय विमलेन्द्रकुमार महतोकी २० वर्षीया श्रीमती मोनितादेवी महतोले शनिबार राति आत्महत्या गरेकी बर्दिवासस्थित भोला वसन्त चोकका असई तथा इन्चार्ज वीरेन्द्रकुमार सिंहले बताए ।

घरायसी विवादका कारण आफ्नै पक्की घरको सिलिङमा डोरीको पासो लगाई उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

सर्लाहीको वसन्तपुर बगिया–१ मा माइतीमा रहँदै आएकी ती महिलाले आत्महत्या गरेको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक जीवन गिरीले बताए ।

श्रीमान्सँगै तल्लोकोठामा राति सुतेकी मोनिता बिहान माथिल्लो कोठामा झुन्डिएको अवस्थामा फेला परेको परिवारजनको भनाइ छ ।

ratopati

मंगलबारको दिन गर्न नहुने ५ काम

बैदिक ज्योतिषशास्त्रमा ग्रहको आधारमा बार तथा तिथि बाँडिएको छ । बार र तिथि ग्रहको अवस्था अनुसार तय हुन्छ ।

सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।


मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

१- मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
२- मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३- मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।
४- मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
५- मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।nepaliheadlines

धोतीमा लागेको फोहर पखाल्ने क्रममा एक महिलाको एक लाख ५० हजार चोरी

दाङ–दाङको तुलसीपुरमा दिनदहाडै एकजना महिलाको रु एक लाख ५० हजार चोरी भएको छ ।

सोमबार दिउँसो तुलसीपुर–८ दुधेना निवासी लबरी चौधरीको उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।

चौधरीले राष्ट्रिय वाणिज्य बैंकबाट उक्त रकम निकालेको र रकम निकासा गरी घरतर्फ फर्कने क्रममा बाटोमा धोतीमा लागेको फोहर पखाल्ने क्रममा उनको रकम चोरी भएको थियो ।

प्रहरीका अनुसार चौधरीले तुलसीपुर–५ बसपार्कको वधशालामा आफ्नो कपडामा लागेको फोहर पखाल्ने क्रममा पैसा राखेको ब्याग नजिकै राखेर कपडा सफा गर्ने क्रममा दुईजना सडक बालकले ब्याग चोरेर फरार भएका थिए ।

प्रहरीले रु एक लाख ५० हजार नगदसहित एउटा मोबाइल पनि रहेको झोला चोरेर भाग्ने ती बालकको खोजी जारी रहेको जानकारी दिएको छ ।

ratopati

एमालेको मधेसी भेला विराटनगरमा सम्पन्न

मंगलबार, १८ फागुन
मोरङ । नेकपा (एमाले) सम्बद्ध मधेसी कार्यकर्ताहरूको सङ्गठन ‘लोकतान्त्रिक मधेसी सङ्गठन’ मोरङको जिल्लास्तरीय भेला सोमबार साँझ विराटनगरमा सम्पन्न भएको छ ।
पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले यही फागुन २२ गते हुने पूर्वाञ्चलस्तरीय जनसभालाई भव्यरुपमा सम्पन्न गर्न जिल्लाव्यापी रुपमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको सङ्गठनका केन्द्रीय सदस्य एवम् मोरङ अध्यक्ष रामलाल साहले बताए ।
सङ्गठनले पार्टीका हरेक कार्यक्रममा मधेसी समुदायको उपस्थितिलाई बृहद् बनाउन विराटनगर उपमहानगरपालिका, जिल्लास्थित नगरपालिका र सबै गाविसमा अगुवा कार्यकर्ता परिचालन गरी घरदैलो कार्यक्रम गर्ने निर्णय भेलाले गरेको अध्यक्ष साहले जानकारी दिए ।
“पार्टीको निर्देशनअनुसार घर घरमा पुगेर कार्यक्रममा उपस्थितिका लागि जनतासमक्ष अपिल र आह्वान गर्नेछौँ” – अध्यक्ष साहले भने
पार्टी केन्द्रीय सदस्य एवम् कोसी अञ्चल इन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यमा भएको भेलामा मोरङ अध्यक्ष महेश रेग्मी, जिल्ला कमिटी सदस्यहरू बद्री कामत, शुकदेव यादव, सैयद आलम, सन्तोष साह, जीतनारायण सरदारलगायतको उपस्थिति रहेको थियो ।
नयाँ संविधानको कार्यान्वयन र पार्टी कार्यक्रमहरूलाई जनस्तरसम्म पु¥याउने उद्देश्यका साथ सञ्चालित तीन महिने मधेस जागरण अभियानको समापनका अवसरमा फागुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभाको आयोजना हुने भएको हो ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, महासचिव इश्वर पोखरेललगायत केन्द्रीय नेताहरूले विराटनगरमा सम्बोधन गर्ने जनसभाको तयारी भइरहेको छ ।
मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा हुने क्षेत्रीयस्तरको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेता कार्यकर्ता, जनसङ्गठनलगायत शुभेच्छुक, शुभचिन्तकलाई सक्रियरुपमा परिचालन गर्ने पार्टी जिल्ला कमिटीको पूर्व निर्णयअनुसार नै भेला आयोजना गरिएको जनाइएको छ ।
जनसभामा मोरङबाट ६५ हजार र बाँकी अन्य जिल्लाबाट समेत गरी एक लाखभन्दा बढीको जनसहभागिता जुटाउने कार्यक्रमअन्तर्गत मधेसी समुदायको पनि कार्यक्रममा उत्साहजनक उपस्थिति रहोस् भन्ने ध्येयका साथ भेला गरी घरदैलोलगायत प्रचारप्रसारलाई व्यवस्थित गर्न खोजिएको पार्टी अध्यक्ष महेश रेग्मीले जानकारी दिए ।
nepalsandesh

सुजाताको उम्मेदवारीले रामचन्द्र फसादमा

१८ फागुन, काठमाडौं ।

सुजाताले सभापतिमा लड्ने घोषणा गरेपछि रामचन्द्रको ओठमुख सुक्न थालेको छ । सभापतिमा जित्ने भन्दा पनि सुजातालाई कसरी माउने भन्ने चिन्ताले रामचन्द्र भौतारिन थालेका छन् ।



कोइराला परिवारको निरन्तरता भनेर पौडेलले आफूलाई जतिसुकै दावी गरे पनि सुजाताले पत्याउनेवाला छैनन् ।

कि त पौडेलले नागरिकतामा थर नै सच्याउनु पर्यो हैन भने परिवारवादको अलमलले यस पटक कोइराला परिवारको राजनीति पौडेलसँगै अन्त्य हुने भो ! त्यसमाथी सुजाताले पौडेललाई कोइराला परिवार सिध्याउने ग्राण्ड डिजाइन भनेर आरोप लगाइसके । दृष्ट्रि साप्ताहिकमा खबर छ ।
nepaliheadlines

मधेसी मोर्चाले राजधानीमा कार्यालय खोल्ने, आन्दोलनको कमान्डिङ यतैबाट गरिने

काठमाडौं, १८ फागुन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनका लागि राजधानीमा सचिवालयको कार्यालय खोल्ने भएको छ ।
राजधानीमा हुने सचिवालयमार्फत आन्दोलन परिचालन गरिने स्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
‘आन्दोलन अब दीघाकालसम्म चल्ने देखियो’, उहाँले भन्नुभयो, ‘त्यसका लागि आन्दोलन कमान्डिङ गर्न सचिवालयको कार्यालय खोल्ने भएका छौँ ।’
सचिवालय नहुँदा मधेसी मोर्चाको आन्दोलन चलाउन समस्या भएको भन्दै गुनासाहरू आएका थिए । सचिवालयलाई आवश्यक पर्ने रकम, जनशक्ति, फर्निचर आदिको व्यवस्था मधेसी मोर्चामा अबद्ध सबै दलहरूले गर्ने छन् ।
सचिवालय सदस्यहरूमा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना महासचिव सुमन, तराई मधेस लोकतान्त्रिक पार्टीबाट बृषेशचन्द्र लाल, तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवलगायतका नेताहरू रहेका छन् ।
यो सचिवालयको कार्यविधि पनि बनाइनेछ । अहिलेसम्म सचिवालयले औपचारिक रुपमा काम नगरेपनि आजैदेखि आफ्नो कामको सुरुवात गर्ने सुमनले बताउनुभयो ।
dainiknepal

अर्काको जलिरहेको चितामा हामफालेर मानबहादुरले ज्यान फाले

जाजरकोट, १८ फागुन –जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ । बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए । कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ । सती प्रथाको झल्को दिने गरी भएको यो घटनाले जिल्लावासीलाई अचम्भित बनाएको छ । kathmandutoday

भारतीय विदेशमन्त्रालयले बल्ल दियो नितिशकुमारलाई नेपाल भ्रमणको अनुमति

काठमाडौं, फागुन १८ । भारतको बिहार राज्यका मूख्यमन्त्री नितिशकुमार लामो प्रतिक्षापछि नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुधबार काठमाडौं आउने जनाइएको छ ।
मूख्यमन्त्री सचिवालयले नितिशकुमारको भ्रमणको पुष्टि गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनी नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन नेपाल आउन लागेका हुन् । काठमाडौंको संक्षिप्त बसाईका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
उल्लेखनीय छ, नितिशकुमार वर्षौंदेखि नेपाल भ्रमणका लागि इच्छुक रहे पनि भारतीय विदेश मन्त्रालयले उनलाई भ्रमणको अनुमति दिएको थिएन । उनी वैशाखमा नेपालमा गएको विनाशकारी भूकम्पलगत्तै नेपाल आउन चाहेका थिए । तर विदेशमन्त्रालयले भ्रमण अनुमति नदिएकै कारण उनी आउन सकेका थिएनन् । (एजेन्सी)
imagekhabar

प्रधानमन्त्रीको चीन भ्रमणमा सुपुर्दगी सन्धिको प्रस्ताव

१८ फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणकको तीन सातामात्र बाँकी रहँदा चीनले सुपुर्दगी सन्धि र पारस्परिक कानुनी साहयता सम्झौताको नयाँ मस्यौदा नेपाल समक्ष प्रस्ताव गरेको छ ।



काठमाडौंस्थित चिनियाँ दुतावासले पठाएको सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहयता सम्झौताको मस्यौदा परराष्ट्र हुदै गृह मन्त्रालय पुगेको छ ।

गृहका प्रवक्ता यादव कोइरालाले चीनले प्रस्ताव गरेको सुपुर्दगी सन्धी र पारस्परिक कानुनी सम्झौताको मस्यौदा उल्लेद गर्दै अहिले अध्यनको क्रममा रहेको जानकारी दिए ।  अन्पूर्णमा समाचार छ ।nepaliheadlines.

इराकमा ‘१५ लाख नागरिक मृत्युको जोखिममा’

मंगलबार, १८ फागुन

एजेन्सी । इराकको बगदादमा रहेको अमेरिकी दूतावासले इराकको मोसुलमा रहेको बाँध फुट्ने खतरा रहेको जनाएको छ ।
उक्त बाँध सन २०१४ देखि इस्लामिक स्टेलको नियन्त्रणमा रहेकोले मर्मत सम्हार हुन सकेको भन्दै बाँध कमजोर भएको जनाएको छ ।
दुतावासका अनुसार बाँध भत्एिपछि त्हा रहेको पानीको बहावले करिब १५ लाख मानिहरुको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।
मोसुल तथा टिकरिटका बासिन्दालाई सुरक्षित रहनका लागि करिब ६ किलोमिटर टाढा जानुपर्ने सरकारी अधिकारीहरुले बताएका छन।
मोसुल बाँधका विषयमा यो अहिलेसम्मकै गम्भीर चेतावनी हो ।

जोखिममा रहेको क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा नलगे गम्भीर मानवीय क्षति हुने अमेरिकी दूतवासले जनाएको छ ।
दूतावासको चेतावनीपछि इराकी प्रधानमन्त्री हैदर अल अबादीले सुरक्षात्मक उपाय अपनाइएको र अहिले कुनै गम्भीर खतरा नरहेको बताएका छन् ।
१९८४ मा निर्माण भएको मोसुल बाँध इराकको सबैभन्दा ठूलो बाँध हो । तर निर्माण भएदेखि नै यसमा केही कमजोरी रहेको बताउने गरिएको छ ।
nepalsandesh

चीनसँग नेपालले इन्धन किन्ने समझदारी गरेपछि भारतले पर्याप्त इन्धन नदिएको खुलासा

काठमाण्डु, १८ फागुन– पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशतभन्दा बढी इन्धन दिएको छैन । इन्डियन आयल कर्पोरेसन आइओसीसँग इन्धनको मात्रा बढाउन पटक पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल पाएको छैन ।
निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारतले पर्याप्त इन्धन नदिएको बताउँछन् । सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । कारोबार दैनिकबाट kathmandutoday

आफू मरेर यात्रु बचाउने पाइलटलाई वीर पदक

१८ फागुन, काठमाडौं ।

एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त ‘वीर पदक’ प्रदान गर्ने भएको छ।



आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अबतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको हो।

राष्ट्रगानका संगीतकार अम्बर गुरुङ, कांग्रेस नेता नरहरि आचार्य र कर्मचारी खगेन्द्र नेपालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।

मन्त्रिपरिषदले संविधान जारी भएको उपलक्ष्यमा १६५ कैदीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने समेत निर्णय गरेको छ। कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines.

तीन महिना अघिको चिनजानले डुबायो, मेकअप गर्न हिँडेकी प्रेमिका बिहेको दिन गहना लिएर फरार

चितवन–स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे ।
१५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे । प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन् । बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुषमा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे । तर, फोन स्विच अफ थियो । तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुषमा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए । गोरखा घर बताउनी ती २२ वर्षीय युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन् । ३५ वर्षीय पौडेल पाँच वर्ष दुबईमा बसेर फर्किएका हुन् । विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले नवलपरासीको गैंडाकोटमा खाजा घर खोलेका थिए । त्यही खाजाघरमा सुषमासँग उनको करिब तीन महिनाअघि चिनजान भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ratopati

चीनले यसकारण तातोपानी नाका खोल्न चाहन्न

मंगलबार, १८ फागुन
काठमाडौ । चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी–खासा’ नखोल्ने संकेत गरेको छ ।
नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी नाका र खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भौगोलिक कारण उक्त नाका सधैँका लागि बन्द हुन सक्ने जनाउ दिएको हो ।
भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बहाना देखाएको चीनले पछिल्लो पटक खासाको भौगर्भिक अवस्था मानव बसोबास लायक नभएको जानकारी गराएको छ।
परराष्ट्रमन्त्रालयका सहसचिव झविन्द्र अर्यालले चीनले खासामा पहिलेजस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए।
अर्याल यो नाका सञ्चालनमा ल्याउने व्यवस्था गर्न गठित कार्यदलका संयोजक हुन् ।आजको नागरिकमा समाचार छ ।
nepalsandesh

अाजकाे राशिफल / २०७२ फाल्गुन १८ गते मङ्गलबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh
आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । स्वास्थ्यप्रति सचेत हुनुहोला । प्रेमसम्बन्धमा समेत निरसता छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish
हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जाग्ने छ, तर कामको चाप र धनको अभावले निराशा हुनसक्छ । यात्रामा सावधानी अपनाउनु होला, नरमाइलो बन्नसक्छ । घरपरिवारमा मतभिन्नता बढ्न सक्छ । नजिकैको स्त्रीलिङ्गी नातेदारको स्वास्थ्यमा समस्या आउन सक्छ । बन्दव्यापारमा ठूलो उपलब्धी लिन सकिंदैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun
विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat
प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा मिहिनेत गर्ने विचार आउने छ । सन्तति पक्षको क्रियाकलापमा ध्यान केन्द्रित हुन सक्छ । बन्धुबान्धवले तपाईंका सकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha
घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना छ । चौथो चन्द्रमाले स्वास्थ्यसम्बद्ध समस्या ल्याउनसक्छ, तर डराई हाल्ने परिस्थिति छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula
आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik
आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमंग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu
लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha
मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालेमा कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति हुनेछ । लामो दूरीको लाभदायी यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थकानको अनुभूति गर्नेछन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean
नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । तर आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन्, साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
-