Tuesday, March 1, 2016

मधेसी मोर्चाले राजधानीमा कार्यालय खोल्ने, आन्दोलनको कमान्डिङ यतैबाट गरिने

काठमाडौं, १८ फागुन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनका लागि राजधानीमा सचिवालयको कार्यालय खोल्ने भएको छ ।
राजधानीमा हुने सचिवालयमार्फत आन्दोलन परिचालन गरिने स्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
‘आन्दोलन अब दीघाकालसम्म चल्ने देखियो’, उहाँले भन्नुभयो, ‘त्यसका लागि आन्दोलन कमान्डिङ गर्न सचिवालयको कार्यालय खोल्ने भएका छौँ ।’
सचिवालय नहुँदा मधेसी मोर्चाको आन्दोलन चलाउन समस्या भएको भन्दै गुनासाहरू आएका थिए । सचिवालयलाई आवश्यक पर्ने रकम, जनशक्ति, फर्निचर आदिको व्यवस्था मधेसी मोर्चामा अबद्ध सबै दलहरूले गर्ने छन् ।
सचिवालय सदस्यहरूमा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना महासचिव सुमन, तराई मधेस लोकतान्त्रिक पार्टीबाट बृषेशचन्द्र लाल, तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवलगायतका नेताहरू रहेका छन् ।
यो सचिवालयको कार्यविधि पनि बनाइनेछ । अहिलेसम्म सचिवालयले औपचारिक रुपमा काम नगरेपनि आजैदेखि आफ्नो कामको सुरुवात गर्ने सुमनले बताउनुभयो ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment