Tuesday, January 31, 2017

बुहारीसँग लुकीलुकी यौनसम्बन्ध गर्ने ससुराका कर्तुत यस्ता



जयपुर । भारत धेरै जनसङ्ख्या भएको मुलुक हो । यहाँ अनेक घटना घटिरहन्छन् ।भारत राजस्थान राज्य धौलपुरमा सम्पत्ति र यौनका विषयमा विवाद हुँदा सुशील नाम गरेका एक युवकले ज्यान गुमाउनु परेको छ । उनले पत्नी र छोराछोरीलाई पनि गुमाएका छन् । सुशीलको हत्या भएपछि उनका भाइले तीन जना काका र अन्य ६ जनाविरुद्ध हत्या अभियोगमा मुद्दा दिएको राजस्थान प्रहरीले जनाएको छ । हत्या भएका सुशील आफ्नी पत्नी र छोराछोरीका साथ अविवाहित काका भगतको घरमा सँगै बस्दै आएका थिए ।

तर, काकाले बुहारीलाई अबैध यौनसम्बन्ध राख्नुका साथै सुशीलको सम्पत्ति कब्जा गर्ने उद्देश्यले बुहारीसँग मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । उनले बुहारीसँग लुकीलुकी यौनसम्बन्ध राख्दै आएका थिए । त्यसो त भगतले बुहारीसँग अबैध यौनसम्बन्ध राखेको प्रहरीमा बयान दिए पनि भतिजा सुशीलको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् । पहिलो पटक बुहारीले आफूसँग यौनसम्बन्ध राख्न नमानेपछि सम्पत्ति दिने लोभलालचमा पारेर यौनसम्पर्कका लागि बाध्य बनाएको प्रहरीले जनाएको छ ।


बुहारीसँगको यौनसम्बन्धबाट खुशी रहेका काकाले भतिजा पर्ने सुशीललाई आफ्नो घरमा बस्न दिएका थिए । तर, सुशीलले आफ्नी पत्नीसँग काकाले यौनसम्बन्ध राखेको थाहा पाएपछि बिबाद उत्पन्न भएको थियो । सोही बिबादले गर्दा सुशीलले ज्यान गुमाउनु परेको छ । उता, भगतका अन्य भाइहरूले बुहारीसँग यौनसम्बन्ध राख्ने गरेको थाहा पाएपछि सम्पत्तिभरि सबै सुशील र उनीकी पत्नीलाई दिने हो कि भनेर सधै सशंकित रहने गरेको समाचारमा उल्लेख छ । सुशीलको हत्यामा अन्य काकाहरूका साथै भगतको पनि संलग्नता रहेको जनाइएको छ ।

कस्तो अचम्म, १६ वर्षको केटीको पेटमा १२ वर्षे केटाको गर्भ !


पत्याउन गारो तर सत्य घटना घटेको छ । भारतको मध्य प्रदेशको सोनवर्षा गाउँमा एक जना १६ वर्षको केटीको पेटमा १२ वर्षे बच्चको रहेको छ ।

यही विषयलाई लिएर उक्त केटीले सोहागी प्रहरी थाना उजुरी दिएकी छिन् । उनका अनुसार आफू एक जना गाउँलेको घरमा खाना खान गएको थिए । तर राती परपछि उतै सुतेको बताएकी छिन् । आफू विहान उठ्दा मसँग त्यही १२ वर्षे केटा सुतीरहेको थियो । उनले आफूलाई त्यो १२ वर्षे केटाले वलत्कार गरेको दाबी गरेकी छन् ।

तर उनले राती आफरुहरुबीच यौन सम्बन्ध भएको भन्ने कुरा भने गोप्य राखेकी छिन् । उनले प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले १२ वर्षे केटाको मेडिकल रिपोर्ट चेक गरेको छ । रिपोर्टमा उक्त १२ वर्षे केटाको नभएको जनाइएको छ ।

ती गर्भवति महिलाले भने त्यही १२ वर्षे केटा गर्भ रहेको दाबी गरिहेकी छिन् । उनको दाबीपछि गाउमा हल्लीखल्ली मच्चिएको छ । प्रहरी पनि अलमलमा परेको छ । अब कसरी यो मुद्दालाइ जाँच गर्ने भनेर विज्ञहरुसँग सल्लाह लिइरहेको बताइएको छ ।

एक मुखे रुद्राक्षको १ शेयरले नसोचेको ठाउँबाट धन लाभ हुन्छ

 हजुरलाई थाहा छ ? एक मुखे रुद्राक्षको १ शेयरले नसोचेको ठाउँबाट धन लाभ हुन्छ.साथै यसको १ पिस को ४३ लाख..भिडियो हेर्नुहोस एक मुखे दानाको शक्ति यस्तो हुदो रैछ


Monday, January 30, 2017

खाएको कुरा नपचेर हैरान हुनुभएको छ ? अपनाउनुहोस् यि घरेलु उपाय : थप जानकारी


खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :



  • अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् ।
  •  पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।
  • मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ ।
  • खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ ।
  • पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन । त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस् । पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ । गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ ।
  • पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ । यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ ।
  • बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ । तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ । त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ ।
  • हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

Sunday, January 29, 2017

यी मांगलिक वस्तु घरमा राखेमा भाग्य चम्किन्छ

हिन्दुधर्ममा केहि यस्ता बस्तुहरु छन जो घरमा राख्नाले कुनै पनि काममा अवरोध आउँदैन भन्ने विश्वास गरिन्छ ।


  • – ओम चिन्ह
  • – स्वास्तिक चिन्ह
  • – लक्ष्मीको प्रतिक कौडी
  • – मंगल सुत्र
  • – चम्किलो शालिग्राम
  • – कलशमा पानी भरेर
  • – शंख राख्ने र बजाउने ।
  • – दियो
  • – पञ्चसुलक
  • – गरुड घन्टी
  • – बाँसुरी
  • – मयुरको प्वाख
  • – रुद्राक्ष, चन्दन, तुलसी को माला घरमा राख्नुहोस् ।

सेक्स टुरिज्मका लागि संसारका प्रख्यात यी १० देश

संसारमा यस्ता कयौं देशहरु छन जुन देशमा सेक्स टुरिजमलाई आम्दानीको मुख्य स्रोतको रुपमा लिने गरिन्छ । ति देशहरुमा ग्राहकका रुपमा धेरै पुरुषहरु हुन्छन् भने सर्भिसका लागि बढी महिला सहभागि हुन्छन । ति देशहरुमा सेक्स टुरिज्मलाई प्राथमिकता दिईएको हुन्छ ।

हामी तिनै १० राष्ट्रहरुको चर्चा गर्दैछौं ।

१. थाइल्याण्ड

सेक्स टुरिज्मका लागि प्रसिद्ध हो थाइल्याण्ड । थाईल्याण्डको राजधानी बैंककलाई एसियाको सेक्सको राजधानी पनि भनिन्छ । त्यसैले होला सेक्स टुरिज्मको पहिलो नम्बरमा थाईल्याड पर्छ । बैंककमा कयौं रेडलाइट एरियाहरुमा झण्डै ३ मिलियन सेक्स वर्कर्स काम गर्छन ।

२. स्पेन

स्पेनमा पनि सेक्स टुरिज्म सुरु भएको छ । मड्रिड, बार्सिलोना र इबिजाजस्ता संसारकै चर्चित र प्रसिद्ध पर्यटकीयस्थल भएपनि वेश्वावृतिलाई कानुनी रुपमै स्वीकार गरेर स्पेनलाई युरोपकै सबैभन्दा फेमस सेक्स टुरिज्म गन्तव्य बनाउने धाउन्नमा लागेको स्पेनमा दक्षिण अमेरिकी र स्पेनिश महिलालाई धेरै जसो सेक्स वर्करको रुपमा देख्न सकिन्छ ।

३. ब्राजिल

ब्राजिलले समेत आफ्नो देशमा पर्यटकियस्थलहरु भएपनि सेक्स टुरिज्मलाई प्राथमिकता दिएर अगाडि बढाइरहेको छ । ब्राजिलमा पुरुष सेक्स टुरिज्मको पनि एकदमै बढी माग छ ।

४. डोमिनिक रिपब्लिक

डोमिनिक रिपब्लिक त्यस्तो देश हो जहाँ झण्डै ६० हजारदेखि १ लाख महिला सेक्स वर्कर छन । अझ यि देशका महिला त अरु देशमा सेक्स वर्करको रुपमा काम गर्न जान्छन ।

५. केन्या

केन्यामा गरिबीका कारण सेक्स वर्करहरुको संख्यामा वृद्धि भएको पाईन्छ । केन्याको अर्थतन्त्र धान्ने प्रमुख आर्थीक स्रोत नै सेक्स टुरिज्म हो । यहाँ १२ वर्षका केटाकेटीहरु पनि धन्दामा सक्रिय छन भने युवतीहरु दिनभर ५–६ जना ग्राहकलाई सर्भिस दिन्छन् । जसका कारण यहाँ एचआईभी एड्सजस्तो महामारी पनि फैलिरहेको छ ।

६. कम्बोडिया

बेश्यावृति विरुद्ध कडा कानुन लागु गरिएको देश कम्बोडियामा सेक्स टुरिज्म फस्टाउँदो छ । यसको प्रमुख कारण भनेको गरिबी नै हो । यहाँ चाइल्ड भर्जिनिटीलाई करोडौंमा लिलामी लगाइन्छ ।

७. नेदरल्याण्ड्स

नेदरल्याण्ड्स सेक्स टुरिज्मका लागि प्रसिद्ध छ । यहाँका रेड लाइट एरियामा निम्न देखि उच्च क्लासका सेक्स वर्कर उपलब्ध हुन्छन् । कानुनी मान्यता पाएको वेश्वावृति यहाँ सुरक्षित पनि छ ।

८. इण्डोनेशिया

चाइल्ड सेक्सका ट्राफिकिङका लागि इण्डोनेशिया प्रख्यात छ । त्यसैले इण्डोनेशिया बाह्य पर्यटकको संख्या अधिक छ ।

९. फिलिपिन्स

वेश्वावृति गैरकानुनी मानिएको फिलिपिन्समा चोरी बाटोबाट सेक्स ब्यापार गरिन्छ । यहाँ झण्डै ५० लाख यौनकर्मीहरु रहेको बताइन्छ ।

१०. कोलम्बिया

दक्षिण अमेरिकी देश कोलम्बियाले पनि सेक्स टुरिजमको लागि प्राथमिकता दिएको छ । किनभने उसले आर्थीक वृद्धिको मुख्य स्रोतको रुपमा सेक्स टुरिजमलाई दिएको छ ।

हाम्रो शरिरसँग सम्बन्धित १० रोचक तथ्य

मान्छे आफैले आफ्नो शरीर बारेका धेरै कुराहरु थाहा पाएको हुँदैन् । हाम्रो शरीरसँग सम्बन्धित केही रोचक कुराहरु पनि छन् । जुन कुरा तपाईले थाहा नपाएको पनि हुन सक्छ ।

पहिला आफ्नो बारे थाहा पाएपछि अन्यको बारेमा भन्न पनि सहज महशुस हुन्छ । हामीले मानव शरीरसँग सम्बन्धित केही रोचक तथ्यहरु तल उल्लेख गरेका छौँ ।

१. मात्र एक घण्टा हेडफोन लगाउनाले हाम्रो कानहरुमा जीवाणुको संख्या ७०० गुणा बढी हाल्छ ।

२. जुन हातले हामी लेख्छौं, त्यसको औलाहरुको नङ धेरै तीव्र रुपले बढ्ने गर्छ ।


३. ७० प्रतिशत लिभर, ८० प्रतिशत आन्द्रा र एक किड्नी बिना पनि मानिस जिउदो रहन सक्छ ।

४. लगभग छ महिनाको उमेर हुनुसम्म रुदा पनि बच्चाको आँखाबाट आँसु आउदैन् ।

५. उमेर बढनुको साथै मनुष्यको कान र नाकको आकारमा बृद्धि हुन्छ तर आँखा जन्मदेखि मृत्युसम्म एकै आकारको रहन्छ ।

६. औंलाहरुको निशाना जस्तो नै प्रत्येक व्यकितको जिब्रोको निशाना पनि अलग अलग हुने गर्छ ।

७. औलाहरु मोडदा जुन आवाज सुनिने गरिन्छ त्यो वास्तवमा नाइट्रोजन बबल्सको बर्सट हुनुको आवाज हुने गर्छ ।

८. हाम्रो मुटु एक दिनमा लगभग १००,००० पटक धडकिन्छ ।

९. हातको औलाहरुको नङ खुट्टाको नङभन्दा चार ४ गुणा धेरै छिटो बढ्ने गर्छ ।

१०. हाच्छ्यु गर्दाको समय आँखा खोलिराख्नु असम्भव छ र आच्छु गरेको समय मुटुको गति एक मिली सेकेन्डको लागि रोकिन्छ ।

मधुमेहका बिरामीलाई कस्ता समस्याले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ?



डा अंशुमाली जोशी, मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ, अल्का अस्पताल

मधुमेहका असरलाई अल्पकालीन र दिर्घकालीन गरी २ भागमा बाडिन्छ । अल्पकालीन असर सुगर कम हुने समस्या हो । यसले रगतमा ग्लुकोजको मात्रा घट्न गई बिभिन्न समस्यामा हात काम्ने, बान्ता हुने, टाउको दुख्ने, मुटुको धडकन बढ्ने, शरीरको तापक्रम घट्ने जस्ता समस्या देखिन्छ । समयमा खाना नखाँदा, रक्सी सेवन गर्दा, औषधि वा इन्सुलिनको धरै मात्रा भएमा सुगरको मात्रा घट्न जान्छ । टाइप एक मधुमेहको अल्पकालीन असरमा समयमै इन्सुलिन लगाएन भने बेहोस भएर ज्यान जान सक्ने खतरा हुन्छ । केही बिरामीमा चिनीको मात्रा बढेर पिसाबको संक्रमण, निमोनिया आदि हुनसक्छ ।

मधुमेहले ५ वटा दीर्घकालीन प्राणघातक परिणाम जन्माउन सक्दछ । ती हुन् हृदयाघात , मस्तिष्कघात , प्यारालाइसिस, किड्नी फेल, अन्धोपन र खुट्टा कुहिने । यो स्थिति उत्पन्न नहोस् भन्नका लागि नै जनचेतना जगाउन आवश्यक छ । खानपान र व्यायामबाट पनि मधुमेह नियन्त्रणमा आएन भने औषधि खानैपर्ने हुन्छ ।

उच्च रक्तचाप र मधुमेह समान प्रकृतिका रोग हुन् । यी दुवै रोग लागेको खण्डमा शरीरका अङ्गहरुलाई २ देखि ४ गुणा बढी नकारात्मक प्रभाव पर्छ । हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अङ्गघात हुने सम्भावना एकदमै बढेर जान्छ । यस कारण रोगको गम्भीरता बुझ्नु आवश्यक छ ।


मुख बारेर, व्यायाम गरेर, औषधि खाएर पनि मधुमेह नियन्त्रणमा आएन भने इन्सुलिन सूई लगाउनु पर्छ । इन्सुलिन सूईले अङ्ग बिग्रिने क्रम रोक्छ र रगतमा चिनीको मात्रा राम्ररी नियन्त्रण गर्छ । त्यसैले इन्सुलिन लगाउन डराउनु पर्दैन । कतिपय बिरामीहरु इन्सुलिन लगाउन डराउने गरे पनि इन्सुलिन लगाउन डराउनु पर्दैन ।
रगतमा ग्लुकोजको मात्रा बढ्ने तर लक्षण नदेखिएमा बिरामीले औषधि उपचारतर्फ ध्यान दिँदैन । उपचार नगराएको खण्डमा अलि–अलि बढेको ग्लुकोजले पनि आँखामा असर पारी अन्धो बनाउन सक्छ, दिमागमा असर पारी प्यारालाइसिस गराउन सक्छ, मुटुमा असर पारी हर्ट अट्याक वा हर्ट फेलिएर गराउन सक्छ । मिर्गौलामा असर पारी किड्नी फेलियर गराउन पनि सक्छ । यस्तो परिणाम मधुमेह देखा परेको एक वर्षभित्रै पनि देखिन सक्छ । यसकारण मधुमेहको उपचार जति सक्यो चाँडो शुरु गर्नुपर्छ । त्यसैले मुधमेहका बिरामीले प्रत्येक ६–६ महिनामा आँखा, दिमाग, मुटु, मिर्गौला आदिको परीक्षण गराउनुपर्छ ।

आँखामा असर

दीर्घकालीन मधुमेहले आँखामा पनि असर गर्छ । जसमध्ये सबैभन्दा भयानक आँखाको पर्दामा पार्ने असर हो । जसलाई डायबेटिक रेट्नोप्याथी भनिन्छ । आँखामा विशेष प्रकारको रगतको नशा हुन्छ । मधुमेहले रगतको नलीमा असर पारेमा नलीबाट केही पनि कण बाहिर निस्किन पाउँदैन । जसले गर्दा रगतको नलीबाट विस्तारैविस्तारै चिल्लो पदार्थ निस्किन थाल्छ । यो चिल्लो पदार्थ आँखाको रेटिनामा जम्न थाल्छ । यसरी जम्दै जाँदा आँखाको देख्ने शक्ति कम हुँदै जान्छ । अर्को असर भनेको मधुमेहले आँखामा रहेका साना साना रक्तनली बन्द गराउँछ । जसले गर्दा रेटिनामा रगत पुग्दैन र रेटिनाले रगत माग गर्छ । जसले गर्दा नयाँनयाँ मसिना रगतका नली बढ्दै जान्छन् । यसरी बढ्दै जाँदा रगतका नली फुट्न गई आँखामा रक्तश्राव हुनथाल्छ र दृष्टिशक्ति नै गुम्छ ।

मधुमेहले स्नायुरोगको खतरा

मधुमेहको असर स्नायुमा पनि देखिन्छ । यो एक तिहाई मधुमेहका बिरामीमा अन्यलाई भन्दा चाँडो देखिन्छ । मधुमेहको प्रत्यक्ष असरमा मष्तिस्कघात हुन जान्छ भने अप्रत्यक्ष रूपमा पनि नसामा विभिन्न क्षती पु¥याउँछ । यसले नशामा असर पु¥याउँदा हातखुट्टा झमझम गर्ने, पोल्ने र असहज महसुस हुने, आन्द्राको प्यारालाइसिस, राति पसिना आउने, छाला सुख्खा हुने हुन्छ । नशाका तीनवटै प्रणालीमा मधुमेहको असर हुन्छ ।

मिर्गौलामा असर

मधुमेहको असर मिर्गौलामा निकै खतरनाक हुन्छ । पछिल्ला दिनमा मृर्गौला फेल हुने कारणमध्ये ५० प्रतिशत कारण मधुमेह मानिन्छ । सामान्यतयाः मधुमेह भएका विरामीको दशदेखि पन्ध्रवर्ष भित्र मिर्गौला खराब हुने संभावना बढी हुन्छ । टाइप वान डायबिटिज भएका ३५ देखि ४० प्रतिशत विरामीलाई कुनै न कुनै खालको मिर्र्गौला रोगको संभावना हुन्छ । टाइप टु मधुमेह भएका ५ देखि १० प्रतिशत विरामीको मिर्गौला खराब हुनसक्छ । यसर्थ मधुमेहका बिरामीले प्रत्येक ६/६ महिनामा मिर्गौलाको जाँच गराइरहनु पर्छ ।

मुटुमा असर

मधुमेहका बिरामीको रगतमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ । यसले रगतको नली थुनिएर हृदयाघातको खतरा बढी हुन्छ । यसमा हृदयाघात हुँदा बिरामीको छाती दुख्दैन । त्यसैले यसलाई सूक्ष्म हृदयाघात भनिन्छ । यस्तो हृदयाघातको मृत्युदर बढी हुन्छ ।

लामो समयसम्म मधुमेहको नियन्त्रण नहँुदा यौन क्षमतामा ह्रास आउँछ । यसका लागि मधुमेह र उच्च रक्तचाप ठिक राख्नुपर्छ । प्रायः उच्च रक्तचापको औषधिले यस्तो समस्या देखिन्छ । यस्तो समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

ब्रेन ट्युमरबारे जान्नैपर्ने केही तथ्य

१४ वर्ष भन्दा सानो उमेरका क्यान्सरजन्य रोगका बिरामीको मृत्यको प्रमुख कारण ब्रेन ट्युमर हो । त्यस्तै २० वर्ष मुनिका बिरामीको क्यान्सर जन्य मत्युको द्रोसो कारण पनि ब्रेन ट्युमर हो ।

मानिसलाई १२० प्रकारका ब्रेन ट्युमर हुन्छन् ।जसले जुनसुकै उमेरका मानिस, जातजाती वा जोसुकैलाई पनि असर गर्न सक्छ । यसको उपचार प्रणाली निकै जटिल हुन्छ ।

सबै प्रकारका ब्रेन ट्युमर घातक र डरलाग्दा हुन्छन् ।

गिलोमा सबैभन्दा साझा प्रकारको ब्रेन ट्युमर हो । यसले दिमागको न्युरोको कोषलाई अशर गर्छ । प्रारम्भिक ब्रेन ट्युमर सामान्यतया अन्य अंगमा फैलिदैन । अन्य प्रकारको क्यान्सरको विपरित यो दिमागमा नै रहन्छ । तर प्रारम्भिक ब्रेन ट्युमर पनि घातक हुन्छ ।

प्राइमेरी ब्रेन ट्युमर भएका बिरामीको ब्रेन डेथ भएमा उनीहरुको अंगलाई अन्य बिरामीलाई प्रत्यारोपणका लागि डोनेसन गर्न सक्छन् । किनकी ब्रेन डेथ भएका बिरामीको बाँकी अंग प्रभावित हुदैनन् ।

वयस्कमा भन्दा बालबालिकामा देखिने ब्रेन ट्युमर भिन्न हुन्छ । बालबालिकाको ट्युमरलाई विभिन्न तरिका र औषधीमार्फत उपचार गरिन्छ । ब्रेन ट्युमर देखिएपछि बालबालिकाको उपचार गरिए पनि यसले उनीहरुलाई जीवनभर असर गर्न सक्छ । उनीहरुको बौद्धिक र सिकाईको क्षमतामा असर गर्छ । उनीहरुको जीवनको गुणस्तरलाई नै असर गर्छ ।

दाँत सफा गर्ने १० खानाहरू : जसले मोतिजस्तै चम्काउँछन् तपार्इको पंहेलो दाँतलार्इ



दाँत सफा गर्न सक्ने १० वटा खानाका परिकार यस्ता छन्:

१. स्ट्रवेरी:

स्ट्रवेरीको प्रयोगले दाँतलाइ बलियो र सफा राख्न मद्धत गर्छ । खानासँगै स्ट्रबेरी पनि खाने गरेका यसले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छ । स्ट्रबेरीमा भएको एसिडले दाँतलाई सफा गर्ने काम गर्छ ।

२. काउली:

हामीले प्राय नियमित रूपमा प्रयोग गर्ने तरकारी काउलीले पनि हाम्रो दातँलाई सफा राख्छ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा उत्पादनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ ।

३. तरबुजा/खरबुजा:

दिनमा करिब २ कप तरबुजा या खरबुजाको प्रयोगले हामीलाई स्वस्थ राख्न मद्धत गर्छ । तरबुजा या खरबुजामा हुने भिटामिन सि ले आइरनलाइ सोस्न मद्धत गर्छ । यसले मांशपेशीहरू नष्ट हुने प्रक्रियालाई रोक्नुका साथै
दाँतलाई समेत स्वसथ्य राख्न मद्धत गर्छ ।

४. सुन्तला:

सुन्तलाको प्रयोगले पनि दाँतलाइ सफा तथा स्वस्थ राख्न सक्छ । सुन्तलामा पाइने भिटामिन सि ले पनि आइरनलाइ सोस्ने गर्छ ।

५. स्याउ:

दिनमा एउटा स्याउको प्रयोगले दाँतलाई सफा र बलियो बनाउँछ । स्याउको जुस खानु दाँतका लागी अझ फाइदाकारी हुन्छ । स्याउ चपाएर खाँदा दाँतमा रहेको इनामेललाइ खियाउन सक्ने हुनाले दाँतलाई सफा र बलियो राख्न स्याउको जुस नै बढी प्रभावकारी हुन?छ ।

६. सागपात:

हरिया सागपातमा पाईने क्यारोटिन बलियो तथा सफा दाँत बनाइराख्न मद्दत गर्छ ।

७. दुग्ध पदार्थ:

दुध, दही, चिज जस्ता दुग्ध पदार्थ जसमा ल्याक्टिक एसिडको मात्रा पाइन्छ त्यसले पनि दाँतलाई खिइनबाट जोगाउँछ । दहीमा पाइने प्रोटिनले दाँतलाई मजबुत बनाउनुका साथै दाँतलाई खराब बनाउन सक्ने एसिडहरुबाट जोगाउँछ साथै दुग्ध पदार्थमा पाइने क्यालसियमले पनि दाँतलाई मजबुत बनाइराख्न सहयोग गर्छ ।

८. सिमी तथा बोडी:

यसको प्रयोगले स्यालिभाको उत्पादनलाइ बढाउन सहयोग गर्नुका साथै मुखलाई राख्न मद्धत गर्छ ।

९. अंगुर:

अंगुरमा पाइने म्यालिक एसिड तथा अन्य केहि इन्जाइमले दाँतलाई चम्किलो राख्न मद्दत गर्छ ।

१० पानी:

पानीको उचित प्रयोगले शरिरका धेरै रोगहरूलाई कम गर्न सक्ने कुरा त हामी सबैलाई थाहा नै छ । यस्तै यसले दाँतलाई पनि सफा राख्न मद्दत गर्छ । खाना खाने क्रममा पानी खानु उचित नहुने भएपनि खानाको अन्तिम गाँसपछी थोरै पानी खानु दाँतको लागि राम्रो मानिन्छ ।

यसरी यी १० खानाको प्रयोग नियमित गर्न सके दाँतको उपचारका लागी पटक-पटक डेन्टिस कहाँ जानुपर्ने समस्याबाट बच्न सकिन्छ ।

रगतको क्यान्सर : एघार लक्षण एघारै उपचार



ब्लड क्यान्सर अर्थात रगतको क्यान्सरको एउटै प्रकार भित्र विभिन्न ११ वटा समूह रहेको एक अध्ययनले देखाएको छ । ब्लड क्यान्सर मध्येको प्रमुख एक्युट मायलोइड ल्युकेमिया एएमयु विभिन्न ११ प्रकारको रहेको न्यु इंग्ल्याण्ड जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

एएमयुका विरामीमा रहेको आनुवांशिक भिन्नताका आधारमा यसलाई विभिन्न ११ समूहमा विभाजन गर्नु पर्ने अनुसन्धानकर्ताले बताएका छन् । एएमयुका विरामीमा गरिएको अनुसन्धानबाट कम्तिमा ११ समूहमा विभाजन गर्नु पर्ने देखिएको हो ।

हरेक समूहका बिरामीमा आनुवंशिक परिवर्तन र लक्षण तथा विशेषता फरक फरक रहेको अनुसन्धानबाट देखिएको छ । यसले गर्दा एएमयुका बिरामीमा एउटै खालको उपचार तथा औषधिको प्रभाव फरक फरक देखिने गरेको तथ्य खुलेको वैज्ञानिकको भनाई छ ।

अनुसन्धानले उपचारको नयाँ पद्धति तथा औषधिको मात्रा बिरामी अनुसार फरक गर्नु पर्ने देखाएको छ । अनुसन्धानले क्यान्सरको उपचार तथा त्यसका सम्बन्धमा नयाँ कुरा बाहिर ल्याएको अनुसन्धानकर्ता संस्था क्यान्सर रिसर्च सेन्टर युकेले जनाएको छ ।

यो अनुसन्धानले एएमयुका बिरामीको अवस्था कस्तो छ र उनीहरुमा उपचारको प्रभाव कस्तो परिरहेको छ भन्ने बारेमा थाहा पाउन चिकित्सकलाई सहयोग गर्ने प्रमुख अुसन्धानकर्ता डा. पिटर क्याम्पबेलले बताउनुभयो ।

एएमयु उमेर ढल्किँदै गएका बिरामीमा बढी आक्रमक हुन्छ । एएमयुका २० प्रतिशत बिरामी मात्रै उपचारबाट निको हुने गरेको तथ्यांक छ ।

– एजेन्सीको सहयोगमा

पाइल्स रोगी हुनुहुन्छ ? मुलाको प्रयोग गर्नुस् एक महिनामै पाइल्स चट


मुला खाँदा हुने फाइदाबारेमा तपाईलाई थाहा नै होला । तर, के तपाईलाई थाहा छ ? पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन ?

मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ ।


पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ । अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् ।

तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ । तपाई चाहनु हुन्छ भने यो पाउडरको प्रयोग पनि गर्न सक्नु हुनेछ ।

यदि तपाई बजारबाट किनेर केही पनि प्रयोग गर्न चाहनु हुन्न भने मुलाको पातलाई सुकाएर त्यसको चुर्ण बनाएर पनि प्रयोग गर्न सक्नु हुनेछ । एक महिना नियमित सेवन गरेपछि तपाईको मुलाप्रतिको दृष्टि नै परिवर्तन हुनेछ ।

अध्ययन भन्छः पोर्न सामाग्री हेर्ने मानिस बढि धार्मिक हुन्छ


मानिसले जतिधेरै पोर्न सामाग्रीहरु हेर्यो ऊ उति नै धेरै धार्मिक चरित्रको बन्दछ । यो कुनै हावादारी कुरा होइन । यदि तपाइँको धर्मप्रतिको आस्थामा कमी आएको छ र नास्तिक बनिरहेको महसुस भई धार्मिक हुनुपर्छ भन्ने भावना पलाएको छ भने यसको एउटा मज्जाको उपाय पत्ता लागेको छ ।

शोधकर्ताहरुका अनुसार यदि कोही मानिसले हप्ता एक पटक भन्दा बढि पटक पोर्न सामाग्री हेर्यो भने ऊ बढि आस्तिक तथा धार्मिक बन्दछ । जति धेरै पोर्न सामाग्री हेर्यो मानिस उति नै धेरै धार्मिक बन्नुको कारण छ ।

शोधकर्ताहरुका अनुसार पोर्न फिल्म तथा अन्य खाले पोर्न सामाग्री हेरिसकेपछि मानिसले आफैले आफैलाई दोषी जस्तो ठान्दछ र उसमा हीनताबोध पलाउँछ । यस्तो पश्चातापका कारण ऊ धर्मतर्फ अघि बढ्छ । पोर्न फिल्म हेर्दा आफुले धर्मको उल्लंघन गरेको अनुभुतिका कारण उसले प्रायश्चितका लागि बढि धार्मिक गतिविधि तथा आस्थामा आफुलाई संलग्न गराउँदछ ।

अमेरिकाको ओक्लोहोमा विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार धेरै पोर्न सामाग्री हेरेपछि मानिसले आफ्नो व्यवहारमा दोष पाउँछ र आफ्नो यस्तो बानी व्यहोराप्रति आफैलाई लाज हुन्छ । त्यसपछि उसले त्यस्तो अवस्थाबाट बाहिर निस्कने कोसिस गर्दछ अनि धर्म तथा अध्यात्मको सहारा लिन्छ ।

शोधकर्ताहरुले १३१४ जना मानिसहरुको समूहलाई उनीहरुको पोर्न हेर्ने आनीबानी तथा धार्मिक क्रियाकलापका बारेमा सोधेका थिए । त्यस क्रममा उनीहरुले पोर्न सामाग्री हेर्ने मानिसहरुमा धार्मिक आस्था बढि हुने गरेको पाइयो । कतिपय विद्धानहरुले धार्मिक मानिसहरुले निकै कम पोर्न सामाग्री हेर्ने दाबी गरेपनि पछिल्लो अध्ययनले भने पोर्न सामाग्री हेर्नाले मानिसको धार्मिक आयाममा वृद्धि हुने देखाएको हो ।

सस्तो सुन भनेर चिनिने लसुनको कतै हामीले हेलचेक्राइ त गरिरहेका छैनौ


काठमाडौ, तपाइँ हाम्रो भान्समा प्रयोग हुने लसुनको सेवनबाट हुने विभिन्न फाइदाहरू हुन्छन भन्ने कुरा त बिभिन्न समयमा हुने गरेका अनुसन्धानले देखाउँदै आएका छन । हाले मात्र गरिएको एक नयाँ अनुसन्धान अनुसार यसमा पाइने एउटा तत्वले हामीले खाने भोजनलाई विषाक्त बनाउने ब्याक्टेरियासँग लड्नका लागी प्रभावकारी साबित हुने देखिएको छ ।

उक्त अनुसन्धानमा जनाइए अनुसार, हामीले खाने खानामा लसुनको प्रयोग गर्न सकेमा त्यसले एन्टिबायोटिक भन्दा पनि धेरै हामीलाइ लाभ पुर्याउने देखिएको छ ।

वासिङ्टन विश्वविद्यालयका अनुसन्धाकर्ताहरूको एक समूहले गरेको अध्ययनबाट लसुनमा पाइने डाइलिल सल्फाइड तत्व विषाणुद्वारा बनाइने बिषालु पत्रलाई तोड्न सफल हुने देखिएको छ । यति मात्र हैन यस तत्वले हाम्रो शरिरमा औषधिले भन्दा पनि राम्रो काम गर्ने गर्दछ, साथै यसले हाम्रो शरिरमा कम समयमानै प्रभाव समेत पार्न सक्दछ ।

उक्त अनुसन्धानमा देखिए अनुसार लसुनले भोजन र मासुलाई विषाक्त हुनबाट समेत जोगाउन सघाउँदछ । लसुनमा पाइने तत्वले भोजन र पर्यावरणमा समेत एउटा विषाणुको खतरालाई कम गर्न सकिन्छ । यो अनुसन्धान जर्नल अफ एन्टिमाइक्रोबियल किमोथेरापीमा प्रकाशित छ ।

नेपालका तिम्ल्याहा बने एकैपल्ट डाक्टर भन्छन्, कर्णालीमा सेवा गर्न चाहन्छौँ



काठमाडौं– तिम्ल्याहा दाजुभाई एकैपल्ट डाक्टर बनेका छन् । चितवन मूलघर भइ काठमाडौंमा बसोबास गर्ने सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले केही दिनअघि मात्रै एमबिबिएस परीक्षा पूरा गरेका हुन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा २०४८ साल असोज ५ गते उनीहरुको जन्म भएको हो ।


जेठा सौगात जन्मेको ३ मिनेटपछि माइला सौजन र त्यसको ५ मिनेटपटि कान्छा सौरज जन्मेको उनीहरुकी आमा सकुन्तला देवकोटाले बताइन् । नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबिबिएस पूरा गरेका उनीहरुको सर्जन बन्ने लक्ष्य छ । सानोमा तीन दाजुभाईका फरक रुची भएपनि एसएलसीपछि एउटै विषय लिएर पढेका हुन् ।

उनीहरुमध्ये जेठा सौगात पाइलट, माइला सौजन एरोनोटिकल इञ्जिनीयर र कान्छा सौरज डाक्टर बन्न चाहन्थे ।
केही वर्षअघि माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला रक्तश्राव भएर जीवन मरणको दोसाँधमा पुगेकी एक महिलालाई उनले उद्धार गरेको घटनाले तिनै जनालाई डाक्टर बन्न प्रेरित गरेको हो ।

 उनीहरु भन्छन्, ‘हामीलाई केही गर्नकै लागि जन्माइएको हो, कर्णालीमा पुगेर सेवा दिन चाहन्छौं ।’ उनका बुबा शिवप्रसाद देवकोटाको पनि सोही चाहना छ । भन्छन्, ‘मैले पैसा रिटर्न गरुन् भनेर पढाएको होइन, सेवा गरुन् भन्ने चाहना छ । विदेश पलायन हुन दिन्नँ ।’ धेरै कुरामा समानता भएका उनीहरुको पढाइमा पनि खाशै अन्तर छैन । तर, एसएलसीसम्म कान्छा, प्लस टू मा माइला र एमबिबिएसमा जेठा थोरै नम्बरले अगाडि छन् ।

कुकुरका शौखिनहरुले थाहा पाउनै पर्ने कुरा "किन पच्दैन कुकुरलाई घ्यु ?"


डा. अर्जुन अर्याल, पशुचिकित्सक, केन्द्रीय पशु चिकित्सालय

भलो गर्दागर्दै पनि कुभलो नै चिताइरहने स्वभावका व्यक्तिलाई इंगित गर्ने एउटा नेपाली भनाइ छ– कुकुरलाई घ्यु नपचेको । त्यसो त कुकुरले घ्यु राखेको चिल्लो खाना खासै रुचाउादैन पनि । हड्डी कोपर्ने कुकुरलाई धेरै चिल्लो खुवाउन नहुने पनि बताइन्छ । पशुचिकित्सकहरू कुकुरको पाचनक्रिया पनि मानिससाग मिल्दोजुल्दो हुने बताउाछन् । हल्काफुल्का चिल्लोले खासै असर नगरे पनि घ्यु या बढी चिल्लोयुक्त खाना खुवाउादा कुकुरलाई रोगको खतरा हुने बताउाछन्, पशुचिकित्सक डा. अर्जुन अर्याल :

 पाचनक्रियामा असर

 कुकुरलाई घ्यु नै नपच्ने भन्ने होइन । मान्छे र कुकुरको पाचन सिस्टम लगभग एउटै हुन्छ । तर, धेरै नै चिल्लो भने कुकुरलाई ठीक होइन । चिल्लो खाना सकेसम्म नखुवाएकै ठीक हुन्छ । घ्यु मात्रै होइन, बोसोयुक्त बढी चिल्लो मासुले पनि कुकुरको पाचनक्रियामा समस्या निम्त्याउने खतरा हुन्छ । प्यान्क्य्राटाइटिसको समस्या हुनसक्छ ।

 छालारोग

 जिंक, ओमेगा थ्री, ओमेगा ६, फ्याटी एसिड कुकुरको छालालाई चाहिने तत्त्व हुन् । कुकुरको शरीरमा यस्ता तत्त्वको अभाव भयो भने छालामा विभिन्न रोग निम्तिने गर्छन् । चिल्लो धेरै खुवायो भने पाचनक्रिया कमजोर भएर आवश्यक तत्त्व कुकुरले शरीरमा लिन पाउँदैन । धेरै चिल्लो खुवाए कुकुरको छालामा रोग निम्तिने, रौँ झर्ने तथा झुम्रे हुने हुन्छ ।

 कलेजोमा समस्या

 बढी फ्याट भएको खानाले कुकुरको लिभर (कलेजो)मा समस्या हुन्छ । बोसोयुक्त खानाले कुकुर आवश्यकताभन्दा बढी मोटाउने र कलेजोका रोग निम्त्याउने सम्भावना बढी हुन्छ । कुकुरलाई वेटअनुसार खानामा चिल्लोको मात्रा मिलाएर खुवाउनुपर्छ ।

 मुटुरोग

 कम्पाउन्डमा घेरेर राखिएको कुकुरलाई चिल्लो खाना बढी खुवाउँदा मुटुसम्बन्धी समस्या निम्तिने खतरा रहन्छ । कम्पाउन्डमा कैद कुकुरको शारीरिक कसरत कम हुन्छ र चिल्लो पचाउन सक्दैन ।

 यस्तो खाना खुवाउने

 फ्याट कम भएको खाना कुकुरलाई उत्तम हुन्छ । लो डेन्सिटी लिपिट कोलेस्ट्रोलयुक्त खुवाउनुपर्छ । मासु पनि ब्वायल्ड गरेर खुवाउनु ठीक हुन्छ । चिल्लो कत्ति पनि खुवाउनै हुन्न भन्ने होइन, तर कुकुरको वेटअनुसार चिल्लोको मात्रा मिलाउन सक्नुपर्छ । कुकुरले कसरत कत्तिको गरेको छ भन्ने कुराले पनि चिल्लो कति खुवाउने भन्नेमा भर पर्छ । सहरिया घरमा पालिएका तथा खेल नखेलाइने कुकुरलाई चिल्लोयुक्त खाना नखुवाउनु नै राम्रो हुन्छ ।

पायल्सबाट पीडित हुनुहुन्छ तर अन्जानमा यी खानेकूरा खाइरहनुभएको छ भने आजैदेखि छाडिदिनुहोस नत्र...



पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन् । केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ । तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ । पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस् ।

धेरै तेलयुक्त र मसालायुक्त भोजन

अत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ । यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान सल्लाह दिन्छन् । पहिल्यैदेखि पायल्सको समस्या छ भने यस्तो खानाले समस्या झन् बढाउने हुन्छ । यसका साथै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस् ।

फास्टफूड नखानुहोस्

पायल्सबाट पीडितहरुले सकेसम्म फास्टफुडबाट बच्नुपर्छ । फास्टफुड खानुको साटो फलफुल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ । यसले यो समस्या कम गर्न धेरै सहयोग गर्छ ।

राजमा या मुसुरोको दाल

राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैंन । राजमा या मुसुरोजस्ता गेडागुडीको सेवनले पायल्स रोगीलाई नराम्रो गर्छ ।


घिउ

सन्तुलित मात्रामा घरमै बनेको घिउको सेवनले शरीरलाई फाइदा गर्छ । तर धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ । यसैले शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ ।

यसका अलावा चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन । सकेसम्म घरमै बनेको खाना खानुपर्छ । कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न । मांसाहारी सुप पनि सेवन गर्नुहुन्न ।

कलेजो सफा गर्नेदेखि रतन्धो हुनबाट बचाउनेसम्म गाँजरका अन्य ८ फार्इदा यस्ता छन्




गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पुर्‍याउँछ । यसले रतन्धो हुनबाट समेत बचाउछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ ।

गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ ।


यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन । गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ । गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ । गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।


के तपार्इ नसा च्यापिएर पीडित हुनुभएको छ एकपटक यो पढ्नुहोस

कतिपय मानिसहरु नसा च्यापिएको भन्नासाथ हड्डीको बीचमा भएको नसालाई अर्को हड्डीले च्यापेको भन्ने सोच्दछन् । जुल गलत हो । मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकौ हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ । उक्त डिस्क एक प्रकारको तरल पदार्थ हो । यो नौनी घ्यु जस्तै हुन्छ ।  दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ ।  जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको अर्थात् इनभर्टिब्रटल डिस्क प्रोल्याब्स अर्थात भन्ने गर्छौं । नसा च्यापिदा शरीरमा सहि नसक्नु पीडा हुन्छ । यसको असर खुट्टा, पिढुलातिर पनि देखिन्छ । यदि शरीरको देब्रतिर नशा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ । दाँयातिर छ भने असर पनि दायाँतर्फ नै बढी महसुस हुन्छ । दुखाई पनि त्यत्तिकै बढी हुन्छ ।

जसले गर्दा पिढुला दुख्ने, ढाड दुख्ने, धेरैबेर एकै ठाउँमा बस्न नसक्ने, बसेर उठ्दा झनै दुख्ने, हातखुट्टा झमझमाउने, शरीर भारी हुने, शरीरको कुनै भाग लाटो हुने, पोल्ने इत्यादि हुन्छ ।

यस्ता लक्षण समस्याको स्तर तथा समस्याको प्रकार अथवा ठाउँपिच्छे फरक हुन्छ ।

उपचार विधि

यस्ता समस्या भएमा औषधिले दुखाई गर्न केही मात्रामा सघाउ पुर्‍याउँछ तर त्यसले मात्र यो समस्या निको हुँदैन । यसको लागि फिजियोथेरापी नै आवश्यक पर्छ । बाहिर निस्किएको नशा कतिवटा ठाउँमा च्यापिएको छ भन्ने कुराले पनि यसको उपचारमा फरक पर्छ । यदि नशा आधामात्र बाहिर निस्किएको अथवा चेपिएको छ भने त्यसलाई फिजियोथेरापीद्वारा निको पारिन्छ । जुन पहिलो तथा दोश्रो चरण अन्तर्गत पर्दछ ।

तर यदि नशा पुरै बाहिर निस्किएको छ भने त्यसलाई अपरेशनमार्फत भित्र हाल्नुपर्छ । जुन तेश्रो र चौथो चरण हो । अर्थात ६० प्रतिशत भन्दा कम समस्या छ भने त्यसलाई फिजियोथेरापीले उपचार हुन्छ भने सोभन्दा बढीको लागि अपरेशन एकमात्र विकल्प हो ।

पहिलो तथा दोश्रो चरण फिजियोथेरापीमार्फत विरामीको उपचार गर्दा सबैभन्दा पहिले दुखाई कम गर्न उसलाई इन्जेक्सन दिइने गरिन्छ । त्यसैगरी, मेसिनद्वारा पनि विरामीको उपचार गरिन्छ । त्यसका लागि फिजियोथेरापिस्टले दुखाई कन्ट्रोल गर्ने मेसिनको प्रयोग गर्छन् ।

निश्चित एक्सरसाइजमार्फत नशा च्यापिएको ठाउँमा नकारात्मक दबाव सिर्जना गरेर पनि विरामीको उपचार गर्न सकिन्छ । त्यसरी उपचार गर्दा समस्या भएको ठाउँमा दबाव सिर्जना गर्दा त्यसको असर कम दबाव भएको ठाउँमा पर्छ । परिणामस्वरुप उक्त तरल पदार्थ बाहिर निस्किएर बीचमा गएर बस्दछ र नशालाई भित्र हाल्न मद्दत गर्छ ।

त्यसैगरी, ट्राक्सन लगाएर पनि विरामीको उपचार गर्न सकिन्छ । ट्राक्सन भनेको कम्मर तान्ने एक प्रकारको मेसिन हो ।

कहिलेकाहीँ ढाडको हड्डी खुकुलो भएर पनि नशा च्यापिने गर्छ । यो अवस्थामा ट्राक्सनको प्रयोगमार्फत दुईवटा हड्डीलाई दुईतिरबाट तानेर उक्त भागलाई खुकुलो बनाई तरल पदार्थलाई भित्र पठाउने काम गरिन्छ ।


त्यस्तै, हड्डी कसिएर समस्या भएमा त्यसलाई खुकुलो बनाई पुनः कसेर पनि त्यसको उपचार गर्ने गरिन्छ ।

सामान्यतयाः यो पद्दतिबाट विरामीको उपचार गर्दा त्यसलाई निको हुन कम्तीमा चार हप्ताको समय लाग्छ । कसैलाई राम्रो भएमा डेढ हप्तामा पनि निको हुन सक्छ । त्यो विरामीमा भर पर्छ ।

तर यदि विरामी राम्रोसित निको हुन चाहन्छ भने उसले चार हप्तासम्मको उपचार लिनु नै बुद्धमानी हुन्छ ।

यदि कुनै विरामी बेलुकी फिजियोथेरापी गर्छ तर भोलिपल्ट बिहान अफिस गएर १० देखि ५ बजेसम्म कुर्सीमा बसेर एकोहोरो काम गर्छ भने उसलाई निको हुन चार महिना पनि लाग्छ । त्यसमा उसको बसाइले पनि फरक पार्छ ।

यसबाहेक, नशा धेरै नै बाहिर आएको खण्डमा विरामीको अपरेशन नै पनि गर्नुपर्ने हुनसक्छ । तर अपरेशन गरिएका विरामीले अपरेशन पश्चात त्यसलाई सही अवस्थामा ल्याउन फिजियोथेरापी गर्न आवश्यक छ ।

अपरेशन पश्चात शरीरका मांसपेशी सुस्त हुनुका साथै नशा खुम्चन थाल्छ । जसले गर्दा हल्का काम गर्दा पनि पिढुला देख्ने, मांसपेशी दुख्ने लगायतका समस्या उब्जन्छ । त्यसबाट बच्नका लागि पनि फिजियोथेरापी आवश्यक पर्दछ ।

नशा च्यापिने प्रमुख कारण ?

नशा च्यापिने समस्या अनौठो समस्या हो । यो सबैलाई नहुन सक्छ । कहिलेकाहीँ दुईजना व्यक्तिले एउटै प्रकारको काम गर्दा समेत यो समस्या एउटा व्यक्तिमा मात्रै पनि देखा पर्न सक्छ । कसैको मेरुदण्ड अथवा हड्डी कमजोर छ भने पनि उसलाई यो समस्या देखिन सक्छ ।

त्यसैगरी, गाह्रौं काम गर्ने अथवा गह्रौं सामान उचाल्ने मानिसलाई पनि नशा च्यापिने समस्या हुन सक्छ । त्यसबाहेक तल उल्लेखित कुराले पनि नशा च्यापिने समस्या हुने गर्छ ।


  • बसाई नमिलेमा
  • महिलाहरुको हकमा प्रसव वेदनाको कारण
  • शरीरमा अनावश्यक बल प्रयोग गरेमा
  • भारी सामान उचालेमा
  • गम्भीर प्रकारको हड्डी खिइने समस्या छ भने
  • हात खुट्टा भाँचिएमा, हड्डी सर्ने समस्या भएमा र उमेर बढ्दै जाँदा नशा च्यापिने समस्या निम्त्याउन सक्छ ।
  • जीवनशैलीको कारणः धेरै समय एकै ठाउँमा बसेर काम गर्दा

यसबाट बच्ने उपाय


  • आहारविहारमा ध्यान दिने
  • कुर्सीमा बस्दा अढेस लगाएर बस्ने
  • खुट्टा टेकेर बस्ने
  • बस्दा मेरुदण्डलाई सिधा बनाएर बस्ने
  • व्यायाम गर्दा कम्मर सड्किन नदिने
  • शरीरमा ज्यादा दखल नदिने
  • त्यस्तै, जीवनशैलामा केही परिवर्तन गर्ने


(भुसाल एभरेष्ट नर्सिङ्ग होममा कार्यरत फिजियोथेरापिस्ट हुन् ।)

डा. ओममूर्ति अनिलको सल्लाह– ‘मासु खानु अघि यति कुरा जान्नुहोस्’



मासुको चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ । फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा (केमिकल कम्पोजिसन) ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक हो भने अनस्याचुरेटेडले स्वास्थ्यलाई फाइदा गर्छ ।

खसी र राँगाको रातो मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ । बोसोलाई स्याचुरेटेड फ्याटको उदाहरण मान्न सकिन्छ । त्यसमा प्रोटिन पनि बढी हुन्छ । जनावरजन्य उत्पादन अर्थात् मासु, दूध लगायतमा यसको मात्रा ज्यादा हुन्छ । एउटा सामान्य व्यक्तिले पनि स्याचुरेटेड फ्याट भएको खाना धेरै प्रयोग गर्नु हुँदैन । बिरामीका लागि त यो झन् घातक हुन्छ ।

स्याचुरेटेड फ्याटयुक्त खानाले कोलेस्टेरोलको मात्रा बढाउँछ । कोलेस्टेरोलले मुटु तथा रक्तप्रवाहमा अवरोधलगायत समस्या हुन सक्छन् । खानामा स्याचुरेटेड फ्याटको मात्रा १० प्रतिशतभन्दा कम हुनुपर्छ ।

जुन खानामा स्याचुरेटेड फ्याट बढी छ, त्यसलाई सकेसम्म जोड नदिनु नै राम्रो विकल्प हो । मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ, तर सामान्य मानिसले त्यसकै आधारमा मासु खाँदिन भन्नु व्यावहारिक कुरा होइन । सर्वप्रथम व्यक्तिले आफ्नो स्वास्थ्यमा कोलेस्टेरोलको मात्रा कस्तो छ, त्यसबारे ध्यान पु¥याउन जरुरी छ । कोलेस्टेरोलको मात्रा नियन्त्रणमा छ भने केही बढी खान सकिन्छ तर यसको मात्रा बढेको छ भने मासुजन्य परिकारमा आफूलाई नियन्त्रित गर्न सक्नुपर्छ । जसले आफ्नो कोलेस्टेरोल परीक्षण गरेकै छैन, उसले आफ्नो कोलेस्टेरोल उच्च भएको अनुमान गरी सोही अनुसार खानाको योजना बनाउनुपर्छ ।

मासु खाँदा स्याचुरेटेड फ्याटलाई कसरी घटाउने ? त्यसतर्फ पनि ध्यान दिन जरुरी हुन्छ । एक, यसमा फ्याट र प्रोटिन बढी हुने कारणले क्यालोरी पनि बढी हुन्छ । क्यालोरी बढी भएकै कारण मोटोपन बढ्ने हो । दुई, फ्याटकै कारण कोलेस्टेरोल बढ्ने समस्या पनि उत्तिकै रहन्छ । युरिक एसिडको समस्या हुनेका लागि मासुमा पाइने प्रोटिन पनि समस्या हुन सक्छ । मिर्गौलासम्बन्धी रोगीले पनि बढी प्रोटिन हुने परिकार खान मिल्दैन । यीबाहेक सामान्य मानिसका लागि भने उच्च प्रोटिनयुक्त खाना राम्रो कुरा हो । क्यालोरी अनुसारको शारीरिक परिश्रम गर्ने व्यक्तिले मासु सहजै पचाउन सक्छन् । तर, मासुका कारण शरिरमा जाने स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बढाउँछ ।

हाम्रो खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ हुन्छन् । सँगसँगै भिटामिन, लवण र फाइबर पनि जोडिन आ“उछन् । मासुमा कार्बोहाइड्रेट कम हुन्छ, तर प्रोटिन बढी हुन्छ । स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बनाउँछ भने अनस्याचुरेटेडले राम्रो कोलेस्टेरोल बनाउँछ ।

खसी र माछाको मासु तुलना गरौँ । माछामा अनस्याचुरेटेड फ्याट बढी र स्याचुरेटेड फ्याट एकदमै कम हुन्छ । खसीमा भने ठीक उल्टो हुन्छ । खसीले ब्याड र माछाले गुड कोलेस्टेरोल बढाउँछ । त्यसैले हामी खराब कोलेस्टेरोल बढाउने खानाप्रति निकै सचेत हुनुपर्छ । माछा र खसीमै तुलना गर्दा स्वास्थ्यका लागि माछा उपयुक्त देखिन्छ । तर, स्वादका लागि सबैले खसी नै छान्ने गर्छन् । यसमा हाम्रो खाद्य बानीले पनि भूमिका खेलेको हुन्छ ।
 कोलेस्टेरोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ । खसी वा अरू रातो मासुभन्दा कुखुराको मासु राम्रो हो । धेरैमा यसले कोलेस्टेरोल बढाउँदैन भन्ने भ्रम छ । तर, यथार्थमा जुनसुकै जनावरजन्य उत्पादनले कोलेस्टेरोल बढाउँछ । खसीभन्दा माछा राम्रो हो । तर, त्यसलाई पनि तेलमा ज्यादा पकाएर खानुको साटो माइक्रोओभनमा ‘ग्रिल’ गरेर खानु राम्रो हो । स्वास्थ्यकर मासु पनि पकाउने विधि सही भएन भने अस्वास्थ्यकर हुने खतरा रहन्छ ।

‘मेवा’ कतिको खानुहुन्छ ?‘मेवा’ खानाले छाला देखि क्यान्सरसँग लड्ने क्षमतामा पनि बृद्धि



 दैनिक रुपमा हामीले फलफूल खाने गर्दछौं,तर कुन मौसममा कुन फलफुलले कस्तो फाईदा गर्छ भन्ने तर्फ चासो दिदैनौँ । अधिकांश फलफूलले मानिसको स्वास्थ्यमा धरै फाइदा गर्नुका साथै विभिन्न रोगको उपचारमा पनि सहयोग गरेको हुन्छ । यिनै फलफूल मध्ये आज हामी गर्मी मौसमा ‘मेवा’ खानुका फाईदाहरुको बारेमा हामीले केहि कुरा सेयर गर्दैछौं । ‘मेवा’ पनि हामीले खाने फलफुलमा एक हो । ‘मेवा’ खानुका फाइदाहरु अधिक रहेका छन् ।

‘मेवा’ले पेटका जुका तथा परजीवीलाई नष्ट गर्ने काम गर्छ । ‘मेवा’कोे जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ । मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत पनि गर्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले गर्भवती महिलाको वाकवाकी र अरूची हट्छ ।

 ‘मेवा’ छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ । त्यस्तै मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।


खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई मेवा लाभदायी मानिन्छ । यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ । विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउँछ ।

मेवामा कोलस्टेरोलमा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगत कोलस्टेरोलको मात्रा घटाउँछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ । मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

म विवाहित युवती हुँ , श्रीमान र ममा १४ बर्षको फरक छ यौनसम्पर्कमा सन्तोष छैन


म विवाहित युवती हुँ । मेरो श्रीमानको उमेर ३७ वर्ष र मेरो उमेर २३ वर्ष छ । मेरो यौन जीवन सन्तोषजनक छैन । यो सधैं नै पीडादायी हुने गरेको छ, त्यसैले म यौनसम्पर्कबाट टाढा भाग्छु, जसका कारण मेरो श्रीमान् रिसाउनुहुन्छ । ममा यौनसम्बन्धी कुनै रोग पनि छैन । किन यौनसम्पर्क पीडादायी भएको होला ?

सामान्यतस् यौनसम्पर्क सुखमय हुनुपर्ने हो र यसमा मानिसले उत्कृष्ट सुख प्राप्त गर्ने भएकाले यसलाई चरमसुख पनि भनिन्छ, तर सबैमा त्यस्तो हुँदैन । कतिपय कारणले यौनसम्पर्क पीडादायी हुनपुग्छ ।


पुरुषमा पनि यस्तो विभिन्न कारणले हुन्छ, जसमध्ये आधाजसो शारीरिक कारणले भएको मानिन्छ भने आधाजसो मानसिक । लिङ्ग, अग्रचर्म, अण्डकोष, मूत्रनली वा पौरुष ग्रन्थिको शोथ वा संक्रमण पुरुषको यौनसम्पर्क पीडायुक्त हुने शारीरिक कारण हुन् । महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुन सक्छ । यसका पनि दर्जनौं शारीरिक कारण हुन सक्छन् भने मानसिक कारण पनि त्यति नै । यौनसम्पर्क पीडायुक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् ।

अन्य शारीरिक कारणहरूमा योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ । त्यसैगरी भगांकुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडायुक्त हुन सक्छ । योनिद्वार वा द्यबचतजयष्लिुक न्बिलम को संक्रमण पनि पीडाको कारण हुन सक्छ । मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि यौनसम्पर्क पीडादायक हुन सक्छ । योनिको संक्रमण वा कुनै रसायनका कारण शोथ भएको छ भने पनि पीडा हुने नै भयो । त्यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा अन्य खराबीमा पनि पीडा हुनसक्छ । तपार्इंले आफूमा कुनै यौन रोग नभएको बताउनुभएको छ तर एकपल्ट स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी रोगको निदान गर्नु बेस होला ।

अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो । यस किसिमको अवस्थालाई ख्बनष्लष्कmगक भनिन्छ । धेरैजसो अवस्थामा भय अर्थात् डर नै यसको कारण हुन्छ । कसरी मानसिक समस्याले यौनसम्पर्कमा पीडाको समस्या निम्त्याउँछ, यकिनका साथ भन्न गाह्रो छ, तर पहिलो यौनसम्पर्क शारीरिक तथा मानसिक रूपमा पीडादायक भएको स्थितिमा त्यसको असर लामो समयसम्म रहन सक्छ । तपाईंहरूको पहिलो यौनसम्पर्कको अनुभव कस्तो रह्यो, तपाईंले केही लेख्नुभएको छैन । त्यसैले तपाईंमा कुनै डर वा भय छ भने पत्ता लगाई त्यसलाई हटाउनु आवश्यक छ ।

योनिको सुख्खापन

तपार्इंले योनिको सुख्खापन वा पर्याप्त रस नआउने विषयमा केही लेख्नुभएको छैन । थाहा भएकै कुरा हो, मानव जातिमा यौनसम्पर्कलाई सहज बनाउन योनिबाट प्रशस्त रस आउँछ । यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाव बढ्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन्, तर यसको भित्ता नै रसाएर आउँछ । सुरुमा यी रस योनिको भित्र मात्र रहे पनि निकै निस्किए योनिद्वारभन्दा बाहिर पनि आउँछ । योनिरस कति मात्रा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुन्छ ।

योनि सुख्खा भए यौनसम्पर्क नै पीडादायक बन्छ । आक्कल–झुक्कल योनि सुख्खा हुनु त्यति ठूलो समस्या नहुन सक्छ, तर निरन्तर रूपमा त्यस्तो भए यो चासो विषय बन्न पुग्छ । योनिरस नआए यौनसम्पर्क गर्न नै असजिलो हुन्छ । योनिरस पर्याप्त मात्रामा नभै यौनसम्पर्क गरेका कारणले यस्तो भएको हो र पर्याप्त मात्रामा योनिरस निस्कन्छ जस्तो लाग्दैन भने अन्य चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । त्यसका लागि भ्यासलिन वा त्यस्तै कुनै तेल युक्त चिल्लो पदार्थ उपयोगी हुन्छ, तर त्यसले हाम्रो शरीरमा भएका सूक्ष्म छिद्रलाई बन्द गर्ने सम्भावना भएकाले त्यसको तुलनामा पानीमा घुल्ने चिल्लो पदार्थ ९प्(थ् वभििथ० प्रयोग गर्नु बढी उपयुक्त हुन सक्छ । कतिपयले थूकलाई राम्रो विकल्पका रूपमा प्रयोग गर्ने गरेका हुन्छन् ।

श्रीमान् रिसाउने कुरा

अपेक्षा गरेअनुसरूप यौन सुख प्राप्त गर्न नपाएको स्थितिमा रिस उठ्नु स्वभाविक हो, तर तपाईं तथा तपाईंको श्रीमान्ले बुझ्नुपर्ने कुरा के हो भने रिसाएर योसमस्या समाधान हुँदैन । तपाईंहरूबीच यो समस्याका बारेमा खुलस्त कुराकानी हुनुपर्छ । यो समस्या दुवैको हो, त्यसैले दुवैले समाधानका लागि प्रयासरत हुनुपर्छ ।

कसरी एक–अर्कालाई सहयोग गर्न सकिन्छ, त्यसका बारेमा छलफल गर्न सकिन्छ । यौन सुख प्राप्तिका लागि योनि–लिङ्ग यौन सम्पर्कलाई सहज बनाउनेदेखि मुख मैथुन वा अन्य यौन क्रियाकलापका बारेमा छलफल गरी सहमतिमा कार्यान्वयन गर्न सकिन्छ । साप्ताहिकबाट

डा राजेन्द्र भद्रा ,

दाँत बचाउने अचुक औषधि हो कागती, कसरी प्रयोग गर्ने ? तरिकासहित



यदि तपाईको दाँत पहेलो भएको छ वा मुखबाट श्वास गन्हाउँछ भने एउटा उपाय तपाईका लागि रामबाण हुनसक्छ । अक्सर हामी पहेलो दाँतलाई टूथपेस्टले माझेर सफा गर्ने प्रयास गर्छाै । तर, दाँत माझ्दा दाँत सफा हुनुको सट्टा दाँत घिसिन्छ । र ३० देखि ४० वर्षको उमेरमै दाँत टुट्न थाल्छ । दाँतलाई सफा गर्ने घरेलु उपाय पनी छन् जसले दाँतलाई सेतो बनाएर चम्काउछ र दाँतलाई कुनै नोक्सानी पनी पुगाउँदैन् ।

१) कागतीको आधा भाग निचोरेको टुक्रामा चार बूँद तोरीको तेल, थोरै नून र हिल्दी हालेर दाँत माझ्नुस् । पहेलो दाँतलाई चम्किनेगरी सेतो बनाउनेछ । दाँत सफा देखिनेछ ।

२) कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् । यसका थोरै खाने सोडा र नून मिसाएर दाँत माझ्नुस् । दाँत चम्किन थाल्नेछ । सफा राख्नेछ । दाँतको सामान्य रोग पनी ठिक हुनेछ ।

३) कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् र माझ्नुस् । यसबाट दाँत सफा हुनेछ र श्वास गन्हाउने समस्या पनी दुर हुनेछ ।

४) कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् । यसमा फिटकरी (ढिके नून) पिसेर मिलाउनुस् । त्यसपछि नित्य दाँत माझ्दा दाँत चमकदार हुन्छ र दुखाई कम गर्छ ।

५) कागतीको रसमा ब्रुस डुबाएर माझ्दा दाँत चम्किन थाल्छ ।

६) नून, तोरीको तेल र कागतीको रस मिलाएर माझ्दा दाँत बोलियो हुन्छ । प्रायः दाँतमा राख्ने सबै रोगबाट बचाउँछ । निचोरेको कागतीको साना सना टुक्रा बनाएर दाँत सफा गर्दा दाँत चम्किन थाल्छ । (ओन्ली आयुर्वेद)

मांसपेशी वा जोर्नी दुख्ने समस्याको समाधानदेखि क्यान्सर रोगको नियन्त्रणसम्म अदुवाको अन्य ८ फार्इदा


अदुवा पृथ्वीमै सबैभन्दा बढी स्वस्थकर बस्तु हो । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ । दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सकिन्छ ।

अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ । सामुद्र पार गर्दा हुने स्वास्थ्य समस्यादेखि क्यान्सरका विरामीलाई केमोथोरापी गर्दा समेत अदुवा उपयोग हुन्छ ।

विशेष गरी गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको अत्यधिक उपयोग हुन्छ । अदुवाको उपयोग बारे केही महिनाअगाडि गर्भवती महिलामाथि गरिएका १२ अध्ययनमा अदुवाको उपयोग पुष्टि भएको छ । अध्ययनमा बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट धेरै हदसम्म छुट्कारा पाउने देखिएको थियो ।

मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ ? अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नहाउँदा मांशपेशी र जोर्नीको पीडा घट्छ । दैनिक दुई ग्राम अदुवाको धुलो ११ दिनसम्म खाँदा माशंपेशीको दुःखाई कम गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । अदुवाको तेल लगाएर नुहाँउदा तत्कालै प्रभाव नपरे पनि बिस्तारै निको हुँदै जाने चिकित्सकहरुको विश्वास छ ।

अदुवाले शरिरमा चिनिको मात्रा र मुटुको रोगको खतराबाट पनि जोगाउँछ । अदुवाले शरिरमा सुगरको मात्रा घटाउने विषय नयाँ भए पनि यसमा चिनिप्रतिरोधी तत्वहरु हुन्छ । यसै वर्ष गरिएको एक अध्ययनमा दैनिक दुई ग्राम अदुवाको धुलो सेवन गर्नेको शरिरमा सुगरको मात्रा १२ प्रतिशतले घटेको थियो ।

महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ । अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ । अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगि हुने यसअघिको अध्ययनले पुष्टि गरिसकेको छ ।

तपाईन्लाई भोक लागेको छैन ? यदि तपाईलाई खानामा रुची छैन भने दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस्, तपाईँको भोक नलाग्ने समस्या हट्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ । अदुवाले हामीले खाएको खानाबाट प्राप्त हुने आधारभूत पोषणलाई शरिरमा सोस्न सहयोग पुर्‍याउछ । यसले शरिरका ससाना रक्त प्रबाह नलिलाई खुलाइदिन्छ ।
उकुसमुकुस वा वाकवाकी भइरहन्छ ? अदुवा चपाउनुहोस । विशेषगरी महमा मिसाएर अदुवा चपाउँदा वान्ता आउने समस्या समाधान गर्छ ।

पेट डुम्म र उकुसमुकुस वा फुलेको अनुभव भइरहेको छ ? तत्कालै आधा चम्चा अदुवाको धुलो मन तातो पानीमा राखेर खानुहोस् ।

बारम्बार पेट दुख्छ भने अदुवा चपाउदा फाइदा गर्छ ।

यदि तपाईको भर्खरै शल्यक्रिया भएको छ भने खोकी र वाकवाकीबाट बच्ने अचुक औषधी अदुवा हुन सक्छ ।
घाँटी दुख्ने र नाक सकसक भएर श्वास रोकिएमा अदुवा चिया खानुहोस् ।

बारम्बार खोकी, रुघा, वा चिसोबाट बच्ने एक मात्र उपयोगी बस्तु हो अदुवा ।

लुगामा मसीको दाग लागेको छ? यसो गर्नुहोस



लुगामा मसीको दाग लागेको ठाउँमा हलुका पानीले भिजाएर त्यहाँ दन्तमञ्जन दल्नुहोस् र एकछिन सुक्न दिनुहोस्। पूर्णरूपले सुकेपछि त्यसलाई धुनुहोस्, मसिको दाग जानेछ।


घरमा मुसा र कमिलाले सताएको छ? यसो गर्नुहोस्...



घरको भुइँतल्लामा कोठा भएकाहरूको सबैभन्दा ठूलो समस्या, किराना पसल राख्नेहरूको सबैभन्दा ठूलो समस्या भनेकै मुसाले सताउनु हो। गोदाममा चामलको बोरा सबै छियाछिया पारेर काट्ने मुसा, अनि चिनीभन्दा धेरै भएर बस्ने कमिला, यसबाट छुट्कारा पाउनु भनेको असाध्यै गाह्रो हुन्छ।

 मुसाको विष राख्दा पनि उल्टो आफ्नै खानेकुरामा पर्ला कि भन्ने डर। त्यसैले सबैको घरमा सताउने मुसा र कमिलालाई हटाउन यसो गर्न सकिन्छ–


यदि मुसा र छुचुन्द्रोले सताएको छ भने, जुन ठाउँमा धेरै मुसा हिँड्छ अनि जुन ठाउँमा मुसा आउँछ, त्यहाँ कालो मरिच लगेर छरिदिनुहोस्। मुसालाई मरिचको पिरो मन पर्दैन।

चिनीको भाँडोमा कमिला लागेको छ भने, त्यस भाँडोमा २/३ वटा ल्वाङ्ग राखिदिनुहोस्। त्यो भन्दा बाहिर कमिला लागेको छ भने, त्यहाँ काँक्रोको छिल्का राखिदिनुहोस्। कमिला बस्ने ठाउँ वा प्वालहरूमा काँक्रोको बोक्रा लगेर राखिदिनुहोस्, किनभने कमिलालाई काँक्रो मन पर्दैन।

गिजाबाट रगत आउनेले जान्नैपर्ने यी तथ्य

कति मानिसको गिजाबाट रगत आउने समस्या हुन्छ । यहि कारण मानिसहरु अरुको अगाडि गएर बोल्न हिच्किचाउँने गर्छन् । यस्तो समस्याले मानिसलाई दिनभरि तनाव दिन सक्छ । यही कारण मानिस दिनभरि चिन्तित हुनुपर्छ । कतिले त खाना चपाउँदा वा साह्रो चिज खाँदा रगत आउने भएकाले खाना नचपाई निल्ने गरेको पनि पाइएको छ । यस्ता समस्यालाई गाउँघरतिर सुल वा हर्षा भनेर चिनिन्छ ।

गिजाबाट रगत आउनु सामान्य अवस्था नभई मुख, गिजा वा दाँतमा भएको फोहोर, शारीरिक रोग र केही औषधिको नकारात्मक असर पनि हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह जरुरी हुन्छ । दाँत तथा मुखसँग सम्बन्धित र शरीरसँग सम्बन्धित समस्याका कारण गिजाबाट रगत आउँछ ।

क) छोटो समय 

 गिजामा चोटपटक लागेमा रगत आउँछ । जस्तै, कडा ब्रस प्रयोग गरेमा, तिखो वा धारिलो वस्तु प्रयोग गर्दा घोचिएमा, दन्त उपचार गर्दा चोटपटक लागेमा, ज्यादै तातो वा चिसो प्रयोग गर्दा, औषधि सेवन गर्दा, केही संक्रमणका कारण पनि रगत आउन सक्छ । यस्तो अवस्थामा उपचार नहुँदासम्म रगत आउँछ ।


ख) दीर्घकालीन वा पटकपटक भइरहने 

गिजाको दीर्घकालीन सुजनले गर्दा पटकपटक रगत आउने गर्दछ । दाँत वा गिजाको बीचमा फोहर जम्मा भएर यस्तो समस्या आउन सक्छ । दीर्घकालीन गिजा सुजनमा दाँत ब्रसिङ गर्दा, टुथपिक, डेन्टल फ्लस प्रयोग गर्दा, खाना अड्केमा, कडा ठोस खाद्य पदार्थ टोक्दा, चपाउँदा, कहिलेकाहीँ बोल्दा र जिब्रो चलाउँदा पनि गिजाबाट रगत आउँछ । यस्तो समस्या लिएर आउने बिरामीमध्ये करिब ९५ प्रतिशतमा दीर्घकालीन गिजा सुजन हुने गरेको पाइन्छ ।

शरीरसँग सम्बन्धित कारण

क) शिरा वा धमनीको असामान्य अवस्था – भिटामिन ‘सी’को कमी, शिरा वा धमनीको एलर्जीले पनि गिजाबाट रगत आउँछ ।

ख) प्लेटलेटको असामान्य अवस्था – प्लेटलेटको संख्यामा कमी वा बढी, प्लेटलेटको कार्यमा असक्षमताका कारण पनि रगत आउँछ ।

ग) भिटामिन ‘के’को कमी – कलेजो सम्बन्धी रोग र भिटामिन ‘के’को कमी हुनगई रगत जम्न आवश्यक पर्ने प्रोथोम्बिनको कमी भई रगत आउने गर्दछ ।

घ) रगत जम्ने प्रक्रिया, कोगुलेसनमा कमजोरी – हेमोफिलिया, ल्युकेमिया, डेँगू रोगमा रगत जम्ने प्रक्रियामा परेको असरले पनि गिजाबाट रगत आउने गर्दछ ।

ङ) प्लेटलेट थ्रोम्बो प्लास्टिक तत्व, पीएफ ३ को कमी – युरेमिया, मल्टिपल माइलोमा, प्रोटुवेला परपुरा रोगीहरूमा यो तत्वको कमी देखिन्छ र गिजाबाट रगत आउने गर्दछ ।

च) औषधिको प्रयोग बढी भएमा – एस्प्रिन, हेपारिन, डाइकुम्यारोलको मात्रा रगतमा बढी भएमा पनि गिजाबाट रगत आउने समस्या देखा पर्दछ । साथै, महिनावारी पटक–पटक भइरहने र रक्तस्राब बढी हुने महिलामा पनि गिजाबाट रगत आउने समस्या देखिन्छ ।

खाना खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महत्व दिनुपर्दछ । त्यस्तै, विद्यालयका शिक्षक–शिक्षिकाले पनि आ–आफ्नो कक्षाका विद्यार्थीलाई दैनिक दुई पटक दाँत माझ्ने निर्देशन दिनुपर्छ । समयमै सचेत भई बिहान खाना खाइसकेपछि चार मिनेट र बेलुका सुत्नुअगाडि चार मिनेट मुखको सरसफाइ ग-यौं भने मुखका रोगहरूबाट करिब ९० प्रतिशत मुक्त हुन सकिन्छ ।

मलार्इ धेरै डकार र पाद आँउछ कुन रोगको कारणले होला । हेर्नुहोस डा. को जवाफ

‘मुला खाई जंगल पस्नु अदुवा खाई सभा बस्नु’ हाम्रो समाजमा चलिआएको उखान हो । हाम्रो समाजमा कसैको अगाडि डकार्नु वा पाद्नु राम्रो मानिदैन । त्यसमा पनि बच्चाको अगाडि यस्तो गर्दा लाजमर्दो नै हुन्छ । यस्तो समस्या हामी सबैले भोग्दै आएको एक सामान्य समस्या हो । तर ग्यास नआउनुभन्दा आउनु स्वास्थ्यका लागि राम्रो कुरा हो । फरक यति मात्र हो कसैको ग्याँस बढी गन्हाउछ भने कसैको गन्हाउदैंन । एक स्वस्थ व्यक्तिको २४ घण्टामा १० देखि २० पटकसम्म ग्यास आउनु राम्रो हो । ग्यास कम आउनु र धेरै आउनु पाचन प्रणालीको असरले गर्दा हुन्छ ।

हाम्रो पाचन प्रणाली मुखबाट शरु भएर मलद्वारमा अन्त्य हुन्छ । हामीले खानेकुरा खाएपछि पाचन प्रकृया शुरु हुन्छ र अन्त्यमा दिसा बनेर बाहिर निस्कन्छ । यस्तो प्रकृयामा पेटको विभिन्न ठाउँँमा ग्यास बन्छ । केही ग्यास खाना खाँदा निलेर बन्छ भने केही ग्यास केमिकल प्रकृयाबाट बन्छ साथै केही ग्यास पेटमा भएका ब्याक्टेरीयाले बनाउँछ ।


हामीले खानेकुरा खाँदा हावा पनि सँगै खान्छौं, त्यो पेटमा जान्छ र त्यो ग्यास केही मात्रामा डकारको रुपमा बाहिर निस्कन्छ । बाँकी ग्यास अगाडि बढ्दै गएर तलबाट पादको रुपमा निस्कन्छ । सामान्य रुपमा निस्कने ग्यास न्यूटल ग्यास हुन्छन् । जस्तै अक्सिजन, कार्बनडाइअक्साइड, हाइड्रोजन, नाइट्रोजन, मिथेन हुन्छन् । ती ग्यास डकार र पादको रुपमा बाहिर निस्कन्छन् भने केही ब्याक्टेरियाले उपभोग गर्छ र केही रगतमा मिसिन्छ ।

सामान्य खाएको खानाबाट ग्यास पनि जाने हुनाले डकारबाट निस्कने हो । २४ घण्टामा १० देखि २० पटक पाद आउनु सामान्य मानिन्छ । खाना राम्रोसँग पच्यो भने ग्यास कम आउछ र खाना राम्रोसँग पचेन भने ग्यास बढी आउने हुन्छ । खानामा सल्फरको मात्रा बढी भयो भने सल्फर डाइअक्साइड निस्कने हुँदा पाद गन्हाउने हुन्छ । ग्यास धेरै आउनु कुनै रोग होइन तर धेरै ग्यास आउनु र गन्हाउनु भनेको पाचन प्रणालीले राम्रोसँग काम नगरेको बुझ्नु पर्छ ।

ग्यास आउने प्रकृया खानेकुरामा पनि भर पर्छ । कुनै खानेकुरा राम्रोसँग पच्दैन । जस्तै कार्बोहाइड्रृेृटयुक्त खाना धेरै खायो भने ग्यास निस्कन्छ । साथै सल्फरयुक्त भएको खानेकुरा खाँदा र सल्फर निकाल्ने ब्याक्टेरिया पेटमा भएमा गन्हाउने ग्यास आउँछ । यसका लागि सल्फरयुक्त खाना कम खानु पर्छ ।

डा भुपेन्द्रकुमार बस्नेत, फिजीसीयन, वीर अस्पताल

महिलाको योनीसंग संबन्धित १० रोचक तथ्यहरु जुन धेरै पुरुषहरुलार्इ थाहा छैन



यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ । महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । यस्ता छन् योनी बारेका १० रोचक तथ्य :-

१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।

२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।

३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,

७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।

८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

के तपाइं ग्यास्ट्रिकबाट पीडित हुनुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुहोस्



बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।

कार्बोहाइड्रेट कम खाने : 

पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

दूध नपिउने :

ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ ।


प्रशस्त पानी पिउने :

लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रि«ङ्कको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

लसुन पानी :

बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने :

ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

पछाडि पर्स वा मोवाइल बोक्ने बानी छ भने यो एकपटक पढ्नुहोस



बस्दा हाम्रो शरीरको पुठ्ठा सतहमा रहन्छ । कहिलेकाहीँ बस्ने ठाउँ असहज या धेरै साह्रो हुँदा पुठ्ठामा पीडा महसुस हुन्छ । लामो समयसम्म एकै सिटमा बसिरहँदा पनि पुठ्ठामा दुखाइ हुन्छ । पछाडि खल्तीमा बाक्लो पर्स या कडा वस्तु राखेर बस्दा पीडाको महसुस झन् धेरै हुन्छ । लामो समयको बसाइपछि कुनै वेला गोडा झमझमाउने पनि गर्छ । पुठ्ठामा धेरै दबाब पर्दा शारीरिक असर निम्तिन्छ ? वरिष्ठ नसारोग विशेषज्ञ डा. जेपी अग्रवाल भन्छन्ः

रक्तसञ्चारमा समस्या

असहज बसाइ (पकेटमा बाक्लो पर्स, मोबाइल, नमिलेको सिट, कडा सतहलगायत)का कारण पुठ्ठामा दबाब पर्छ । तीन वस्तुले घर्षण दिएको बाहिरी सतहको छालासँगै त्यहाँ भएका स–साना नसामा असर पुग्छ । पुठ्ठामा साना नसा निकै धेरै हुन्छन् । नसामा दबाब परेपछि रक्तसञ्चालनमै समस्या हुन पुग्छ । यस्तो आसनमा लामो समयसम्म बस्दा दुखाइ मात्रै होइन, झमझमाउने समस्या निम्तिन सक्छ ।


गोडाको नसामा असर

पुठ्ठाको भागमा धेरै दबाब या घर्षण हुँदा स–साना नसामा परेको असर गोडामा देखिन पुग्छ । पुठ्ठामा रहेका नसाहरूको सम्बन्ध पुठ्ठाभन्दा तलको भागसँग रहन्छ । त्यसैले पुठ्ठाका नसामा दबाब पर्दा समस्या निम्तिने गोडामा हो । पुठ्ठाभन्दा माथिल्लो भागतिर यसले असर गर्दैन । पुठ्ठामा जति धेरै दबाब पर्छ, खतरा उति नै बढी हुन्छ ।

के गर्ने ?

कहीँ पनि बस्दा पुठ्ठा रगडिने गरी बस्नु हुँदैन । बस्नेक्रममा पछाडि पकेटमा कडा वस्तु राखेर टाइट पार्नु हुँदैन । बसाइलाई सहज बनाउनुपर्ने हुन्छ । असहज बसाइले पुठ्ठामा मात्रै होइन, ढाडमा पनि असर पार्ने गर्छ ।

आलुको बोक्राका यति राम्रा फाइदाहरु छन् जसको बारेमा हामीलार्इ थाहै छैन

हाम्रो आफ्नै प्यारो आलु- न त यो ‘तरकारी’ हो, न त ‘जरा’ नै र यसलाई ‘फलफूल’ त पक्कै पनि भन्न मिल्दैन! यो त जमीनमुनि फल्ने एउटा ‘नली भएको फल’ हो, जुन विश्वभरी नै सबैभन्दा बढि उपभोग गरिने चौथो खानेकुरा हो। तथापी, विश्वका अनेकौँ महङ्गा अनि स्वादिष्ट व्यञ्जनको रूपमा आनन्द उठाइने आलुको सबैभन्दा पोषिलो भागलाई मतलबै नगरी अधिकांश भाञ्छामा फालिने गरिन्छ- ‘आलुको बोक्रा’!

वास्तवमा भन्ने हो भने आलुको बोक्रा फोहोर होइन। अहिले फ्रेञ्च फ्राइ र आलु स्टिक खानेहरूको सङ्ख्या बढ्दै गैरहेको बेलामा फास्ट फूड कम्पनीहरूले दैनिक आलुको बोक्रालाई फोहोरसरी फाल्ने गर्छन्। विश्वभरीमा ‘मेकडोनाल्ड’ कम्पनीले मात्रै प्रति दिन करीब ४१ हजार किलो फ्रेञ्च फ्राइ उत्पादन गर्दछ भने एकपटक सोँच्नुहोस् त त्यस कम्पनीले एकैदिनमा कति धेरै पौष्टिक तत्वले भरिएको आलुको बोक्रा फ्याँक्ने गर्दछ?




 हुन त नेपालमा अधिकांशले आलुको बोक्रा नतासी पखालेर पकाउने गर्छन्, तर कतिपय भाञ्छामा सबैभन्दा पोषिलो आलुको बोक्रालाई नङ्ग्याएर त्यसको अस्तित्व लुटिने गरिन्छ। विशेष गरी, विवाह-व्रतबन्ध जस्ता पार्टीसमारोहमा यस्तो भूल गरिन्छ, जसको कारण आलुको स्वाद महत्वपूर्ण स्तरले गिरेको भेट्न सकिन्छ।

धेरैले बेवास्ता गर्ने आलुको बोक्रा किन फाल्नुहुँदैन त? यस्ता छन् कारणहरू:-

१. पौष्टिक तत्वले भरीपूर्ण

 आलुमा हाम्रो शरीरलाई अत्यावश्यक पर्ने भिटामिन तथा खनीज पदार्थहरू पाइन्छन्। प्रति १०० ग्राम आलुको बोक्रामा निम्नप्रकारका पौष्टिक तत्वहरू पाइन्छन्–


  • ५८ किलोक्यालोरी ऊर्जा
  • २.५७ ग्राम प्रोटिन
  • १२.४४ ग्राम कार्बोहाइड्रेट
  • ०.१ ग्राम चिल्लो पदार्थ
  • २.५ ग्राम फाइबर
  • ११.४ मिलिग्राम भिटामिन-सी
  • ३० मिलिग्राम क्याल्सियम
  • ३.२४ मिलिग्राम फलाम
  • ४१३ मिलिग्राम पोटासियम
  • १० मिलिग्राम सोडियम

तर, आलुलाई पकाउने तरिकाले यसको पौष्टिक मूल्यमा परिवर्तन आउँदछ। आलुलाई फ्राइ गर्दा लगभग आधा भन्दा बढि पौष्टिक तत्वहरू ह्रास भएर जान्छन्। त्यसैले आलु पकाउँदा धेरै बेरसम्म तेलमा भुटिराख्नुहुँदैन।

२. अनुहारको चमकतामा आलुको बोक्रा

तपाईँको अनुहारमा जादु गर्न सक्छ आलुको बोक्राले! यसमा भएको एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुणले तपाईँको छालालाई स्वस्थ मात्रै होइन, त्यसमा चमकता पनि प्रदान गर्दछ।


  • आँखातलको भाग फुलेको छ? त्यसमा आलुको बोक्रा तासेर एकछिन मालिस गर्नुहोस्।
  • आँखाको वरिपरि डार्क सर्कल आएको छ? आलुको बोक्राको लेप लगाउनुहोस्।
  • छालालाई नरम र उज्यालो बनाउने मन छ? आलुको जुस बनाउनुहोस् र अनुहारमा लगाउनुहोस्।
  • अनुहारबाट तेल आएर सताएको छ? छालामा आलुको बोक्रा लगाएमा त्यसले अनुहारबाट चिल्लो पदार्थ सोस्दछ।
  • डण्डीफोर, कालो र सेतो खील आएको छ? आलुकै बोक्राको सहायता लिनुहोस्।


३. कपालको सुन्दरताको लागि आलुको बोक्रा

कपाल झर्ने, नबढ्ने अनि फुस्रो हुने समस्याले सताएको छ भने यसो गर्नुहोस्।


  • आलुको बोक्रा तास्नुहोस् र त्यसको जुस बनाउनुहोस्।
  • कपालको तालुलगायत सबै भागमा ५ मिनेटसम्म उक्त जुस लगाउनुहोस् र १५ मिनेटसम्म त्यत्तिकै छाडिदिनुहोस्।
  • त्यसपछि मनतातो पानीले पखाल्नुहोस्। यसो गर्दा कपाल झर्ने र फुस्रो हुने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ।


४. भाँडा चम्काउन आलुको बोक्रा

चाँदी तथा आल्मुनियमको भाँडाकुँडा, तामाले बनेको पुजाको सामग्रीमा कडा जिद्दी दाग लागेको छ भने आलुको बोक्रा प्रयोग गर्नुहोस्। अलि बाक्लो बोक्रा निस्कने गरी आलु तास्नुहोस् र त्यसैले भाँडा मस्काउनुहोस्। यसमा पाइने हलुका किसिमको एसिडले भाँडामा लागेको दागलाई हटाउन मद्दत गर्दछ।

५. गमलामा आलुको बोक्रा

अनेकौँ पौष्टिक तत्वले भरिएको आलुको बोक्रा खान मन पर्दै भने त्यसलाई अर्कै कामको लागि सदुपयोग गर्न सक्नुहुन्छ। घरभित्र राख्नुभएको फूलको गमलामा आलुको बोक्रा राख्नुहोस्। यो कम्पोस्ट मल बनेर फूलको डाँठलाई चाहिने पौष्टिक तत्व प्रदान गरी बिरुवाको वृद्धिमा टेवा पुर्याउँदछ।

जाडोमा हरियो प्याज खानुका १० आश्चर्यजनक फाइदाहरु यी हुन्

काठमाडौं लगायत देशका विभिन्‍न भागमा विस्तारै विस्तारै जाडो बढ्दै गएको छ। जाडोको मौसममा शरीरको हेरचाह कसरी गर्ने भन्‍ने बारेमा धेरैले सोचिरहेका हुन्छन्। जोडो मौसममा के खाँदा उपयुक्त हुन्छ भनेर मानिसहरुले जाडोको खानाहरु खोजिरहेका हुन्छन्।

जाडोमा हरियो प्याज एकदमै फाइदाजनक चीज हो। यसले हाम्रो शरीरलाई धेरै नै पाइदा पुर्याइरहेको हुन्छ। सय ग्राम हरियो प्याजमा ३२ ग्राम क्यालोरी रहेको हुन्छ। जसले आफ्नो तौल घटाउन चाहन्छ उसको लागि हरियो प्याज खानु निक्कै फाइदाजनक छ। यसले मानिसको शरीरमा रहेको कोलेस्ट्रोलको मात्रा पनि कम गर्ने गर्दछ।


हरियो प्याजका १० फाइदाहरु यस प्रकार छन्:

      १. हरियो प्याजले मोटो शरीरको तौल पातलो बनाउँछ।

      २. मुटुको रोग हुनबाट बचाउँछ र कोलेस्ट्रोलको मात्रा घटाउँछ।

      ३. यसमा भिटामिन सी को मात्रा धेरै हुने भएकाले कमजोरी हटाउँछ र भरपूर शक्ति प्रदान गर्दछ।

      ४. हरियो प्याजमा फाइबरको मात्रा धेरै हुने भएकाले पाचनप्रणालीमा सुधार ल्याउँछ।

      ५. हरियो प्याजमा सल्फरको मात्रा कम हुने भएकाले यसले मानिसको ब्ल्डप्रेशरलाई कम गर्दछ।

      ६. यसले ब्ल्ड सुगर लेभललाई कन्ट्रोल गर्ने भएकाले डायबेटीजको बिरामीलाई निक्कै फाइदा पुर्‍याउँछ।

      ७. यसमा एन्टी ब्याक्टेरियल गुण भएकाले यसले रुघाखोकी तथा टाउँको दुखेकोलाई सन्चो बनाउँछ।

      ८. यसमा पेक्टिन नामक तत्व पाइन्छ जसले क्यान्सर हुनबाट बचाउँछ।

      ९. यसमा एन्टी इन्फ्लेमेटरीको गुण भएकाले यसले अर्थराइटिस हुनबाट जोगाउँछ।

      १०. हरियो प्याजमा भिटामिन ए समेत रहेको हुँदा यसले आँखाको ज्योति बढाउनुका साथै रतन्धो हुनबाट                   पनि जोगाउँछ।

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय:


बंदा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस् ।

यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं । शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ ।

जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामसरुप तपाईले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी घटेर जान्छ । अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न सक्नुहुन्छ र शरीरलाई चाहेको आकारमा ढाल्न सक्नुहुन्छ ।

यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन । यदि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप बिधि प्रयोग गर्नुहोस् ।

यो बिधिलाई सेकरेड हार्ट मेमोरियल हस्पिटलमा शरीरको तौल धेरै भएका मुटुका बिरामीहरुमा प्रयोग गरिएको थियो । तौल नियन्त्रण भए पछि मात्र अपरेशन गर्नु पर्ने भएकाले यो तौल घटाउने बिधि अपनाईएको थियो जसमा बिधि सफल प्रमानित भयो । यो बिधिलाई एड कास्पर एल एस, अकुपंचरीस्ट तथा हर्बलिस्टले समेत आफ्नो क्याबेज सुप फर सेभन डेज टु बर्न फ्याटमा उल्लेख गरेका छन् ।

अनि यो बिधि अपनाएको अवधि भर प्रसस्त पानी पिउन बिर्सिनु हुँदैन । साथै लामो अबधि सम्म यो सुप मात्र पिउने गर्नाले शरीरमा कुपोषण लाग्न सक्ने संभावना हुन्छ ।

सुपका लागि चाहिने सरदामहरु :


  • एउटा ठूलो बंदा, मसिनो पारेर काट्नुपर्छ
  • आधा किलो छोडाएको हरियो मटरकोसा
  • २ वटा हरियो खुर्सानी, काटेको
  • ६ वटा हरियो प्याज, मसिनो काटेको
  • आधा किलो गाजर, मसि काटेको
  • एक पाउ टमाटर, गोलो पारेर काटेको


शरीरबाट छालाका डल्ला हटाउने घरेलु उपाय


एजेन्सी । मान्छेको शरीरमा आउने स-साना डल्ला हटाउने उपायबारे सायदै सुन्नुभएको होला । शरीरमा जति डल्ला भएपनि अब भने यिनलाई हटाउने घरेलु उपायहरु पत्ता लागेको छ । हुन त यी डल्लाले शरीरलाई खासै हानी गर्दैनन् तर, सौन्दर्य विगारेको हुनाले अब घरमा बसेर सजिलैसँग डल्ला हटाउन सकिन्छ ।

डल्ला हटाउने उपायः


  • चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ ।
  • यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुई तीन पटक घोट्नुस् । यो प्रक्रिया दिनदिनै दोहोर्याउनुभयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ (अलिक बढी पनि लाग्न सक्छ) । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ ।
  • मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी हानिरहित डल्ला छालाबाट झुण्डिएका साना र नरम बेलूनजस्ता देखिन्छन् । पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ । प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।


नोटः डल्ला हटाउने एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) आयुर्वेद औषधालय, डिपार्टमेण्टल स्टोर तथा बजारमा पाइन्छ ।

Friday, January 27, 2017

पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?


चिकित्साशास्त्रको प्रारम्भिक काल देखि नै मानिसको पिसाबलाई स्वास्थ्य स्थिति थाहा पाउने राम्रो माध्यम मानिँदै आएको छ। पिसाबको रङ्ग, बाक्लो वा पातलोपन र गन्धले हाम्रो स्वास्थ्यको बारेमा धेरैले कुराहरू बताइरहेको हुन्छ।

हामीले खाएको खानाको प्रकारअनुसार पिसाबको रङ्गमा परिवर्तन हुने गर्दछ। यदि हामीले कुनै किसिमको मेडिकल औषधी सेवन गरिरहेका छौँ भने पनि पिसाबको रङ्ग गाढा अनि बढि गन्ध आउने हुन्छ। पिसाबको कुनै रङ्ग छैन, पारदर्शी छ भने हाम्रो शरीरमा पानीको मात्रा बढि भएको जनाउँदछ।
यसरी नै पिसाबको कस्तो रङ्गले कस्तो स्थितिलाई बुझाउँदछ, हेरौँः

Thursday, January 26, 2017

यी हुन पिसाव पोल्ने समस्या समाधानका ९ घरेलु उपाय



पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –
१.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।
२.गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।
३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।
४पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।
५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।
६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।
७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।.
८.तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ ।

९ फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।

जति माँझ्दा पनि दाँत गन्हाउने र पहेंलो नै देखिन्छ ? यसरि सफा राख्नुस्



दाँत हरेक जीवहरुको निम्ति अत्यावश्यक छ ।तर मानिसलाई दाँत केवल कुनै चिज चपाउन मात्र होईन सौन्दर्य बढाउने एक माध्यमको रुपमा पनि पर्न आउँछ । तपाईहरु मध्य कतिपयलाई दाँत दिनहुँ सफा गर्ने गरेको तर कहिल्लै सेतो नदेखिने या दाँत पहेंलोनै देखिने गरेको छ भने यस्ता विधिहरु अपनाएर दाँतलाई सफा र सुन्दर राख्न सकिन्छ ।

हाम्रो गाउघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २(४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ । केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस र यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ ।

तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ , तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।

कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि हटेर जान्छ अनि स्वस्थ्यलाई पनि निकै फाईदा जनक छ ।

सुन्तलाको बोक्रा र तुलसीको पात लार्इ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।


खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ ।

नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ यो दिनहु नीमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ ।

स्ट्रबेरी दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो्र यसमा पाइने मालिक एसिड ले दांत लाइ सेतो र चम्किलो बनाउछ ।

गर्भावस्थामा यौन सम्पर्क राख्नेकी नराख्ने ? डा ज्योती अग्रवाल


गर्भावस्थामा प्रायः कस्ता किसिमका समस्या देखिन्छन् ?
गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ ।

गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ । गर्भावस्थाको सुरुमा बान्ता हुनुलाई सामान्य समस्या भनिन्छ भने रक्तश्राव भएको अवस्थालाई जटिल समस्या पनि भनिन्छ । रक्तश्राब भएमा बच्चा बिग्रने सम्भावना ५० प्रतिशत हुन्छ । त्यस्तै गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पत्ता, जण्डिस जस्ता समस्या देखिने गर्दछन् ।

गर्भावस्थाको जटिलस्थितिको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
गर्भावस्थामा रगत बगिरहेको छ भने त्यसलाई जटिल अवस्थाको रूपमा लिइन्छ । यदि जुम्ल्याहा बच्चा छ भने पनि जटिल अवस्था सृजना हुनसक्छ । गर्भवती महिलामा प्रेसर, सुगर र जण्डिस देखिएमा जटिलता निम्तिन सक्छ । त्यसैले गर्भवतीको स्वास्थ्यमा धेरै ख्याल राख्नुपर्छ । गर्भावस्थाको अर्को जटिलता भनेको गर्भमा बच्चा उल्टो बस्ने, बच्चाले दिशा खाने, घाँटिमा साल बेरिनेलगायतका हुन् । यस्ता समस्याको पहिचानका लागि भिडियो एक्सरे गर्नुपर्छ । कहिलेकाँही गर्भ पाठेघरमा नबसी ट्युब वा अण्डाशयमा पनि बस्न सक्छ । यसलाई एक्टोपिक प्रेग्नेन्सि भनिन्छ । सामान्य अवस्थाको गर्भमा पाठेघरको मुख गर्भावस्थाभर बन्द रहन्छ । तर गर्भावस्थाको तेस्रो महिनापछि पाठेघरको मुख खुली गर्भपतन हुनसक्छ । यसबाट पनि सचेत रहनुपर्छ । गर्भावस्थामा डिप्रेसनको समस्या पनि देखिने हुनाले यसप्रति परिवारका सदस्यहरु सजग रहनुपर्छ ।


गर्भ खेरजाने (गर्भपतन हुने) कारणहरु के के हुन् ?
गर्भमा रहेको बच्चा जन्मने अवधि नपुग्दै खेर जानुलाई गर्भपतन भनिन्छ । तीन जना गर्भवतीमा एकजनाको गर्भपतन हुने गर्दछ । कतिपय अवस्थामा थाहा नपाई पनि गर्भपतन हुने गर्दछ । अझैपनि गर्भपतन भएका पाँच जना मध्ये दुई जनाको कारण पत्ता लाग्न सकेको छैन । उमेर बढी भएका महिलामा गर्भपतन हुने सम्भावना बढी हुन्छ । त्यस्तै मधुमेह, कलेजो रोग, हार्मोनको असन्तुलन, रोगको संक्रमण, धुम्रपान, मद्यपान, असुरक्षित यात्रा आदिले पनि गर्भपतन गराउन सक्छ । २५ प्रतिशत गर्भपतन क्रोमोजोनल डिफेक्टले पनि हुन्छ । क्रोमाजोनल डिफेक्ट अण्डासय वा शुक्रकिटको खराबीले हुन सक्छ । कहिलेकाहिँ कामको लोडले पनि गर्भपतन हुनसक्छ ।
गर्भपतन भएको कती समयपछि पुनः गर्भधारण गर्न सकिन्छ ?

गर्भपतन भएको तीन महिनापछि गर्भधारण गर्न सकिन्छ । तर कतिपय अवस्थामा लामो समयसम्म गर्भधारण गर्न नहुने अवस्था पनि हुनसक्छ । यसका लागि गर्भधारण पूर्व प्रसुतिरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । समयमै ध्यान पुर्‍याउन सके पुनः गर्भपतन हुने सम्भावना कम हुन्छ ।

गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
पटकपटक गर्भपतन भएकाहरूले गर्भ रहेको सुरूको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क राख्नै हुँदैन । अन्य समयमा सावधानी पूर्वक यौनसम्पर्क राख्न सकिन्छ । अन्य सामान्य अवस्था भएका महिलाको पनि तर यौन सम्पर्क राख्दा पेट थिच्नु हुँदैन । तर कुनै गर्भवतीको सालनाल तल छ, कुनै किसिमको इन्फेक्सन छ अथवा पहिला बच्च खेर गएको छ भने गर्भावस्थाभर यौन सम्पर्क नराख्नु नै उचित हुन्छ ।

गर्भावस्थामा खानामा अपनाउनुपर्ने सावधानीहरु के के हुन् ?
गर्भवती अवस्थामा लामो समयसम्म पेट खाली राख्नु हुदैन । खाना एकैपटक धेरै नखाई पटक÷पटक थोरै पोषिलो खाना खानुपर्छ । गर्भावस्थामा अमिलो पिरो खान मन लागेपनि खानु हुँदैन । अमिलो पिरो खानाले ग्याष्टिक हुने र वान्ता हुने गर्दछ । प्रोटिनजन्य खाद्य पदार्थ बढी मात्रामा खानुपर्छ । जसमा गेडागुडी, दुध, दही, माछा मासु, अण्डा, हरीया सागपात, ताजा फलफूल प्रसस्त खानुपर्छ । कब्जियत हुन नदिनका लागि झोल कुराहरु बढी मात्रामा खानुपर्छ । गर्भावस्थामा आइरनको मात्रा बढी चाहिने हुनाले सागसब्जी बढी खानुपर्छ । गर्भावस्थामा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुहुदैन । यसले आमालाई मात्र होईन बच्चालाई पनि असर गर्दछ ।


जति तितो नीमपत्ता, ऊति नै बहुऊपयोगीः यस्ता स्वास्थ्य समस्यामा नीमपत्ता घरेलु औँषधीको रुपमा प्रयोग गर्न सकिन्छ (जानिराखौं)


जति तितो नीमपत्ता, ऊति नै बहुऊपयोगीः यस्ता स्वास्थ्य समस्यामा नीमपत्ता घरेलु औँषधीको रुपमा प्रयोग गर्न सकिन्छ (जानिराखौं)
  ज्वरो आएमा
यदि शरिरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस् आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।
 औलोको ज्वरोमा
नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान्बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।
 कपाल दुखेकोमा
नीमको ताजा पातको रस निकालेर २-२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ ।
 कान दुखेमा
नीमको पातको रस मनतातो पारेर कानमा ३/४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ ।
 आँखा दुखेमा
नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३/४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने ।
दाँतको रोगमा
नीमको फूलको काँढा पकाएर बिहान्बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।
 नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।
 दमको रोगमा
नीमको तेल १० थोपा सादापानमा हालेर बिहान्बेलुका खाने गरेमा दम ठीक हुन्छ ।
 झाडा लागेमा
नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ ।
 हैजाले गोडा बाउँडिएमा
हात गोडामा राम्ररी २/३ पटक नीमको तेल लगाएमा हैजाले गोडा बाउँडिएको ठीक हुन्छ ।
 शीत पित्तमा
नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।
 वात रक्तमा
नीमको गेडाको लेदो एक चम्चा वा पातको लेदो एक चम्चा ३/४ महिना नियमित खाने गरेमा वातरक्त निको हुन्छ । यसै प्रक्रिया द्धारा कुष्ठरोग, क्षयरोगको ज्वरो, अजीर्ण, चर्मरोग सम्पूर्ण निको भएर आउँछ ।
 जुको परेमा
दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २/४ दिनमा नै पेटको जुका मर्नेछन् ।
 डण्डीफोर
नीममा एन्टी इंफ्लेमेट्री तत्व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ। नीमको जूस रसले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ ।
 हृदयघात
यो नीमको जूस महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत निर्मुल नै पारी दिन्छ ।
 पिलिया
नीमको पातहरुको रस र सुद्ध महलाई २ भागको १ भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ।
 बिकार
नीमको रस कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ । नीमको जूस पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ ।
 कपाल मुलायम
नीमको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाउँछ ।
 छालालाई आकर्षक
शरीरको र अनुहारको छालालाई कामुक आकर्षक बनाई दिन्छ।
 आँखा तेजिलो
नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ ।
 छाला सम्बन्धि रोग
यसको साथै छाला सम्बन्धि रोगहरु जस्तैस् एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ । नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ ।
 गिजाबाट रगत आउने रोग
पयारिया, गिजाबाट रगत आउने जस्तो रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ। यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य बनाउद छ । नीमको फूलले पने निकै फाइदा गर्दछ। नीमको फुललाई मजाले कडापानी बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ। नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन लाई समेत प्रसन्न बनाउन मदत गर्दछ।
 सेतो दुबीमा
नीमको फल, फूल र पात बराबर लिएर मसिनो गरी पिंध्नु र शर्वत जस्तै १ गिलास पानीमा घोलेर पिउनु, यसरी पिएमा २०/३० दिनमा सेतो दुबी ठीक हुन्छ ।
 प्रसुति कष्टमा
नीमको जरा गर्भवती स्त्रीको कम्मरमा बाँध्नाले बच्चा सजिलैसँग जन्मन्छ तर बच्चा हुने बित्तिकै जरा फुकाएर फ्याकिदिनु पर्छ ।
 क्यान्सरको घाउमा
नीमको काठ पानीमा चन्दन झै घोटेर बाक्लो लेप गर्नाले क्यान्सरको घाउ पनि निको भएर आउँछ ।
 बिच्छी र बारुलाले टोकेकोमा
नीमको पात कुटेर रस निकाल्ने र टोकेको ठाउँमा राम्ररी दल्नाले आराम गर्दछ ।
 अंग नचलेमा वा पक्षघात भएमा
मरिचको धूलो, निमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।
सेतो दूबीमा
१० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
 अनुहार सुख्खा भएमा
मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

खोकी लागेको छ ? घरमै यसरी तयार पार्नुस् कफ सिरप



खोकी लाग्यो भने औषधि पसलबाट कफ सिरप किनेर खाइहाल्ने चलन हुन्छ । तर कफ सिरपको नाम लिने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले आउने कुरा हो की यो खाएपछि बढि निद्रा लाग्छ ।

के यस्तो बढि निद्रा लगाउने कफ सिरप औषधि पसलबाटै खरीद गरेर खानुपर्छ भन्ने छ र ? छैन । तपाइँ आफैले घरमै कफ सिरप बनाउन सक्नुहुन्छ । जसको कुनै साइड इफेक्ट पनि हुँदैन र तपाइँको खोकी पनि भगाइदिन्छ । घरमै कफ सिरप बनाउनका लागि तपाइँलाई चाहिने कुराहरु हुन् अदुवा, मह, कागती ।

अदुवामा खोकी तथा चिसो भगाउने प्राकृतिक गुण नै हुन्छ । यसले यसले घाँटीभित्र हुने संक्रमणलाई पनि कम गर्छ । यसमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ र एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल औषधिको काम गर्छ । अदुवामा ओलेओरेसिन नामको एक यौगिक पाइन्छ जसले खोकी तथा चिसोको समस्या हटाउनमा लाभदायक हुन्छ । मह पनि औषधिय गुणले युक्त हुन्छ । यसमा एन्टीअक्सिडेन्टका साथै जिवाणु प्रतिरोधी गुण हुन्छ र संक्रमणबाट बचाउने काम गर्दछ ।

त्यस्तै कागतीमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । एन्टीअक्सिडेन्टले भरिपूर्ण कागजतीले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्दछ । त्यस्तै ग्लिसरिनले प्राकृतिक पि्रजर्भेटिभ अर्थात् संरक्षकको काम गर्दछ ।
कसरी बनाउने कफ सिरप ?
यसका लागि तपाइँलाई अदुवा, मह, दुइवटा कागती तथा पानी आवश्यक पर्दछ । सबैभनदा पहिले अदुवालाई सफा गरेर बोक्रा छिलेर टुक्रा टुक्रा पारेर काट्नुस् । एउटा कागती निचोरेर रस निकाल्नुहोस् । एउटा भाँडोमा एक कप पानी तताउनुहोस् । त्यसमा टुक्रा पारेको अलिकति अदुवा तथा आधा चम्चा कागतीको रस मिसाउनुहोस् ।


उक्त मिश्रणलाई पाँच मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि त्यसलाई छान्नुहोस् । छानेको उक्त घोलमा केही मह मिसाउनुहोस् । र हल्का तताउनुहोस् । त्यसपछि त्यसमा दुइवटा कागती निचोर्नुहोस् ।

उक्त मिश्रणलाई पुनः केही बेर पकाउनुहोस् र त्यसलाई उतारेर कुनै सिसा वा प्लास्टिकको भाँडोमा खन्याउनुहोस् । त्यसपछि उक्त पदार्थलाई तपाइँ रुघाखोकी तथा चिसो लागेको बेला खान सक्नुहुन्छ । यसले तपाइँको रुघाखोकी भगाउनेछ ।

उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा


अङ्कुर पलाएको (टुसा उम्रेको) अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरू हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अति नै फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्दछ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ।

टुसा पलाएको अन्नको स्वास्थ्य फाइदालाई मध्यनजर गर्ने हो भने अधिकांश रोग तथा समस्यालाई यसले सजिलै रोकथाम गर्न सक्दछ। शरीरको पाचनप्रक्रियामा सुधार, मोटोपनाबाट राहत, रक्तअल्पताको रोकथाम, कोलेस्ट्रोल नियन्त्रण, रक्तचाप नियन्त्रण, शिशुको मस्तिष्क विकास, क्यान्सरबाट बचाउ, छालाको स्वास्थ्यमा सुधार, आँखाको शक्तिमा वृद्धि अनि प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम ‘टुसा पलाएको अन्न’ले गर्दछ।
 अङ्कुरित अन्नको पोषणको मूल्याङ्कन गर्दा
टुसा पलाएको गेडागुडी अर्थात अङ्कुरित अन्नबाट हुने सबै स्वास्थ्य फाइदाहरू यसमा पाइने भिटामिन, खनिज पदार्थ अनि जैविक तत्वबाटै आउने गर्दछ। यसमा प्रोटिन अनि फाइबरको मात्रा पनि प्रशस्तै हुन्छ। साथै यसमा भिटामिन-के, फोलेट, प्यान्टोथेनिक एसिड, भिटामिन-सी र भिटामिन-ए पनि पाइन्छन्।
खनिज पदार्थको कुरा गर्दा अङ्कुरित अन्नमा माङ्गानिज, तामा, जिङ्क, म्याग्नेसियम, फलाम र क्याल्सियम पाइन्छ। गेडागुडीमा टुसा नपलाउँदा सम्म यस्ता पौष्टिक तत्वहरूको मात्रा थोरै हुने गर्दछ भने टुसा पलाउन थालेपछि यिनीहरूको मात्रा ह्वात्तै बढेर आउँदछ।
 अङ्कुरित अन्नका स्वास्थ्य फाइदाहरूः
१. पाचन शक्तिः
गेडागुडीको टुसामा पाइने सबैभन्दा महत्वपूर्ण तत्व भनेको ‘इन्जाइम’ हो। यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा पनि सुधार ल्याउँदछ। इन्जाइमको सहायताले हामीले खाएको खानालाई सजिलै टुक्र्याउँदछ र त्यसबाट सामान्य भन्दा धेरैमात्रामा पौष्टिक तत्वहरू सोस्न सक्दछ। जसले गर्दा शरीरले पर्याप्त मात्रामा ऊर्जा पनि पाउँदछ।
२. रक्तसञ्चारः
शरीरमा पर्याप्त मात्रामा फलाम भएन भने ‘रक्तअल्पता’ हुन्छ। रक्तअल्पता हुँदा शरीरका मांशपेसी अनि अन्य महत्वपूर्ण अङ्गमा रगतको सञ्चार हुन पाउँदैन। यदि हामीले पर्याप्त मात्रामा फलाम भएका खानेकुराहरू खाएनौँ भने शरीरमा बिस्तारै रक्तकोषको मात्रा घट्दै जान्छ, किनभने रक्तकोष निर्माणको लागि चाहिने महत्वपूर्ण तत्व भनेकै फलाम हो। यसले गर्दा शरीर आलश्य हुने, एकाग्रताशक्ति घट्ने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, पेटमा गडबडी हुने जस्ता समस्याहरू देखा पर्दछन्।
टुसा उम्रेको अन्नमा प्रशस्तै मात्रामा फलाम पाइन्छ, जसले यस्ता समस्याहरूबाट सजिलै राहत प्रदान गर्दछ।
३. मोटोपनाः
अङ्कुरित अन्न यस्तो खानेकुरा हो, जसमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र क्यालोरीको मात्रा कमि हुन्छ। यसको मतलब तपाईँले कुनै चिन्ता नै नगरी यसलाई खान सक्नुहुन्छ। फेरि, यसमा हुने फाइबरले गर्दा शरीरमा घ्रेलिन नामक हरमोनलाई हटाई भोक पनि सजिलैसँग मेट्दछ। *घ्रेलिन हरमोनले हामीलाई भोक लागेको छ भनेर मस्तिष्कमा सूचना पठाउने गर्दछ।* जसले गर्दा अघाउनको लागि टन्नै खानुपर्ने जरुरी हुँदैन। र मोटोपनाको चिन्ता पनि हुँदैन।
. मुटुको स्वास्थ्यः
अङ्कुरित अन्न ‘ओमेगा-३ फ्याटी एसिड’को राम्रो श्रोत हो। हुन त यो एकप्रकारको कोलेस्ट्रोल नै हो, तर ‘राम्रो कोलेस्ट्रोल’ हो। यसले रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ। साथै यसले मुटुको धमनीमा पर्ने दवाव र जलनलाई पनि कम गराउँदछ। मतलब ‘नो कोलेस्ट्रोल’ अनि ‘नो ब्लड प्रेसर’।

५. शिशुको स्वास्थ्यः
अधिकांश शिशुहरूमा ‘फोलेट’ नामक खनिज पदार्थको कमि हुँदा ‘न्यूरल ट्यूब डिफेक्ट’ हुने गर्दछ। यो भनेको मस्तिष्कको समस्या हो। यो समस्या हुँदा बच्चाहरूको दिमाग बोधो हुने, चाँडै बोल्न नसक्ने, भनेको कुरा चाँडै बुझ्न नसक्ने जस्ता खतरनाक समस्याहरू देखा पर्दछन्। अङ्कुरित अन्नमा प्रशस्त मात्रामा फोलेट पाइन्छ, जसले गर्दा तपाईँको शिशुमा यस्ता घातक समस्या हुनबाट बचाउँदछ।
. क्यान्सरः
टुसा पलाएको गेडागुडीमा पाइने जैविक तत्वको एण्टिअक्सिडेन्ट गतिविधिले क्यान्सर प्रतिरोधात्मक तत्वको पैदा गराउँदछ। भिटामिन-सी, भिटामिन-ए र एमिनो एसिड, प्रोटिन अनि इन्जाइमले शरीरमा ‘फ्री राडिकल’को मात्रा प्रभाव पार्दछ। *फ्री राडिकल भनेको पाचनप्रक्रियाबाट निस्कने खतरनाक तत्व हो जसले स्वस्थ कोषलाई क्यान्सरयुक्त कोषमा परिणत गर्दछ।* त्यसैले अङ्कुरित अन्नले क्यान्सर लगायत, चाँडै बूढो हुने, स्मरण शक्तिमा ह्रास हुने अनि उमेरसँगै आउने समस्याको पनि अन्त्य गराउँदछ।
 ७. प्रतिरक्षा प्रणालीः
अङ्कुरित अन्नलाई ‘प्रतिरक्षा शक्ति बढाउने खानेकुरा’ भन्न मिल्ने कारणहरू थुप्रै छन्। यसमा हुने भिटामिन-सी मात्रैले पनि शरीरको सेतो रक्तकोषलाई बलियो बनाउँदछ जसले विभिन्न किसिमका सङ्क्रमण अनि रोगहरूबाट बचाउँदछ। साथै, जब अङ्कुरको विकास हुन थाल्दछ तब भिटामिन-ए को मात्रा १० गुणाले बढ्दै जान्छ, जसले सेतो रक्तकोषको शक्ति र विकासमा मद्दत पुर्याउँदछ।
 ८. आँखाको स्वास्थ्यः
माथि नै उल्लेख गरेअनुसार अङ्कुरित अन्नमा प्रशस्त भिटामिन-ए पाइन्छ। र हाम्रो आँखाको दृश्य शक्तिलाई बढाउने एउटै मात्र तत्व भनेको भिटामिन-ए नै हो। यसमा हुने एण्टिअक्सिडेन्ट तत्वले आँखाको रेटिनाको कोषलाई फ्री राडिकलबाट बचाउँदछ र उमेरसँगै रेटिनाको ह्रास हुने क्रमलाई पनि घटाउँदछ। त्यसैले चस्मा लगाउन छोड्न चाहनुहुन्छ अनि यो सुन्दर संसारलाई राम्रोसँग नियाल्न चाहनुहुन्छ भने दिनहुँ ‘अङ्कुरित अन्न’ खानुहोस्।

अति महत्वपूर्ण नोटः
अङ्कुर पलाएको अन्नलाई काँचै खाँदा सबैभन्दा उचित हुन्छ। तर, यसमा धेरैकिसिमका ब्याक्टेरियाहरू पाइने अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले अङ्कुरित अन्नको सेवन गर्दा राम्रोसँग सफा गरेर अझ सकिन्छ भने तातो पानीले पखालेर खाँदा सबैभन्दा उचित हुन्छ।