Saturday, February 25, 2017

गंभिर नैतिक पतन भएका नांगा बाबा र लिंग ढोग्न मरिहत्ते गर्ने नारीको पशुपति चर्तिकला

काठमाडौं, हिन्दु धर्म हो वा होइन भन्ने विषयमा भारतको उच्च अदालतले  विषय प्रवेशै नगरि हिन्दु जीवन पद्धति भएको फैसला गर्यो । हिन्दुलाई धर्मकै रुपमा व्याख्या गर्नेहरुले पनि यसलाई संसारको उदार धर्म भनेर तर्क गर्छन । यसमा कुनै अनिवार्य र अपरिहार्य फ्रेम छैन । हिन्दु ग्रन्थमा मनु स्मृतिले वर्णाश्रम व्यवस्थालाई वढी जोड दिएको छ । गरुढ पुराण र स्वस्थानीले महिलाहरुलाई होच्याएको आभाष हुन्छ । महाभारत र रामायण लडाई र सत्यको पक्षमा उभिएका शास्त्रहरु हुन् ।

चारवाक लगायत केहि ग्रन्थ उपदेशमुलक आदर्शवादी दर्शनमा आधारित छन् भने गिताले मानिसलाई लोभ,ईष्र्या,डाह र शक्तिको रागबाट विमुख गरि निष्ठामै केन्द्रीत गर्ने कोशिस गर्छ ।बेदभित्र विज्ञान, साहित्य, ब्रह्रमाण्डिय रहस्य, दर्शन, प्रशासन,राज्यसञ्चालनका विधि, पद्धति, आर्थिक ढाँचा लगायतलाई छुने कोशिस गरिएको छ ।


बेद हिन्दु धर्म, जीवन पद्धति, पूर्वीय दर्शन,पूर्वीय सभ्यता अझ भनौं हिन्दुज र इन्डुज सभ्यता एवं सँस्कृतिसंग जोडिएको एक ग्रन्थ हो । पूर्वीय दर्शन, इतिहास,सभ्यता र जीवन पद्धतिको खोज एक महत्वपूर्ण पक्ष होला त्यो अर्को पाटो हो ।

तर मानव समाज सभ्यता र कानुनको जगमा जहाँ उभिएको छ त्यहाँ केहि वाञ्छित र अवाञ्छित आचरणहरु समाज सञ्चालनका मुख्य पहलुभित्र पर्दछन् । संविधान र कानुनका अतिरिक्त सामाजिक संरचनाको सन्तुलन, विकास र रक्षाका लागि आचरणहरु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छन् ।

धर्म सँस्कार, सँस्कृति र सभ्यता भित्र रहेका केहि अन्धविश्वास, कुरिती, भद्दा र गतिछाडा परम्परागत कुसँस्कार छन भने त्यसलाई परिष्कृत गर्न नसक्ने वा नचाहने मानव समाज फगत निकम्मा समुदाय हो । पशुपतिका दृष्यहरुले त्यहि संकेत गर्छन ।शिवरात्रीको दर्शनमा नांगा बावाहरुको लिंग ढोग्ने हो भने संसारमा यसभन्दा जड, रुढ, हाँस्यास्पद र लजास्पद दृष्य सायद अरु केहि हुनसक्दैन ।



१८ औं शताव्दीमा युरोपमा चर्चभित्र पादरीहरुको यहि मनपरितन्त्रले वेचैन भएका कार्लमाक्र्सले धर्म अफिम हो भन्ने टिप्पणी गरेका थिए पशुपतिका नांगा बावाले लिंगमा घण्ट झुण्ड्याउने र त्यहि ढोग्न लाम लाग्ने महिला पुरुषहरुको हविगत हेर्दा त्यो टिप्पणी नेपालको हकमा पनि सत्यको नजिक छ भन्ने आभाष हुन्छ ।

पशुपतिका नांगा बावाहरुको नग्न प्रदर्शन नेपाली समाज सुहाउँदो हर्कत होइन । या त ति वावाहरु मानसिक रोगी हुन् वा गंभिर नैतिक पतन भएर जेलहाल्न योग्य व्यक्तिहरु हुन् । गाँजाको तालमा समाजको मजाक उडाउने गरि निर्वस्त्र हिड्ने उनीहरुको पशुवत शैलि पशुपतिको मन्दिर र दर्शनार्थिकै लागि मजाकको विषय हो ।

हेर्नुहोस् भिडियो भारतमा कसरी लखेटेका छन् नांगाबाबा भनाउँदा अश्लिल हर्कत  गर्दै हिड्ने जोगीलाई

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment