Saturday, February 25, 2017

विरगन्जमा क्रिश्यनहरुलार्इ देख्नै सक्दैनन् हिन्दुहरुले

वीरगञ्ज : वीरगञ्जमा शनिबार क्रिष्चियन समाजले आयोजना गरेको सांगीतक तथा प्रार्थना सभालाई हिन्दुवादी संगठनका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि नै रहेको लालदरबार परिसरमा क्रिष्चियन समाज पर्साले आयोजना गरेको वीरगञ्ज सांगीतिक तथा चापागाई प्रार्थना सभालाई हिन्दुवादी संगठनका कार्यकर्ताले बिथोल्ने प्रयास गरेपनि प्रहरीको सकृयताका कारण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम सुरु नहुँदै कार्यक्रमस्थलमा पुगेका विश्व हिन्दु युवा संघ, हिन्दु स्वंयसेवक संघलगायतका हिन्दुवादी संगठनका कार्यकर्ताले कार्यक्रम नगर्न आयोजक क्रिष्चियन समाजका पदाधिकारीलाई धम्की दिएका थिए ।




आयोजकले कार्यक्रममा अवरोध नगर्न आग्रह गरेपछि उनीहरुले कार्यक्रम नै गर्न नदिने अडान राख्दै क्रिष्चियन धर्मको विरोधमा र हिन्दु धर्मको पक्षमा नाराबाजी गरेका थिए ।
स्थिती तनावपूर्ण बनेपछि प्रहरीले नाराबाजी गर्ने हिन्दुवादी संगठनका १२ जना नेता कार्यकर्तालाइ नियन्त्रणमा लिएर अपरान्ह चार बजे छाडेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment