Tuesday, March 1, 2016

भारतले नेपालमाथि आर्थिक नाकाबन्दी थाल्यो, यसरी गर्दैछ अर्को नाकाबन्दी

मंगलबार, १८ फागुन
काठमाडौं । भारतले नेपालसामु जे जस्तो प्रतिबद्धता जनाए पनि आर्थिक रुपमा नेपाललाई समस्या पार्ने रणनीति लिएको छ । भारतको बार्षिक बजेटले यो कुराको प्रमाणीत गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा राजकीय सम्मान दिएको भारतले त्यस लगत्तैको भारतको बजेटमा नेपाललाई दिदै आएको आर्थिक सहायतामा भारती कटौती गरेको हो ।
अर्थमन्त्री अरुण जेट्लीले प्रस्तुत गरेको सन् २०१६–०१७ को बजेटमा नेपालका लागि ३ अर्ब भारतीय रुपैयाँ छुट्याइएको छ, । तर, अघिल्लो वर्ष ४ अर्ब २० करोड विनियोजन गरिएको थियो ।
यो हिसाबले उस्ले नेपाललाई दिदै आएको आर्थिक सहायतामा ३० प्रतिशतले कटौती गरेको छ । भारतसँगको असमझदारी अन्त्य भएको प्रधानमन्त्री ओलीको दाबीलाई पनि यो बजेटले जिस्काइदिएको छ ।
ओलीले भारत भ्रमण गरेर असमझदारी अन्त्य गरि फर्कीए लगत्तै आएको बजेटले नेपालमाथि विस्तारै आर्थिक नाकाबन्दी गर्ने भारतीय रणनीति देखिएको छ ।
भारतले नेपालमा दिइएको सहयोग रकम सदुपयोग नभएको भन्दै नेपालप्रति अविश्वास गरेको भारतीय सञ्चारमाध्यमहरुको भनाई रहेको छ । भूकम्प पछिको पुन निर्माणका क्रममा बनेको प्राधिकरणले समेत काम गर्न नसक्ने र सहायता दुरुपयोग हुने भारतको अनुमान छ ।
भारतले नेपाललाई दिएको सहायता रकम सदुपयोग नभए अर्को बर्ष फेरि सहायता कटौती गर्नेसक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भारतीय विदेश मन्त्रालयलाई दिने बजेटमा समेत सरकारले भारती कटौती गरेको छ । अघिल्लो वर्षको तुलनामा करिब चार अर्ब कटौती गर्दै यो बर्ष एक खर्ब १६ अर्ब ६२ करोड मात्र विदेश मन्त्रालयलाई बिनियोजन गरिएको छ ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment