Tuesday, March 1, 2016

धोतीमा लागेको फोहर पखाल्ने क्रममा एक महिलाको एक लाख ५० हजार चोरी

दाङ–दाङको तुलसीपुरमा दिनदहाडै एकजना महिलाको रु एक लाख ५० हजार चोरी भएको छ ।

सोमबार दिउँसो तुलसीपुर–८ दुधेना निवासी लबरी चौधरीको उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।

चौधरीले राष्ट्रिय वाणिज्य बैंकबाट उक्त रकम निकालेको र रकम निकासा गरी घरतर्फ फर्कने क्रममा बाटोमा धोतीमा लागेको फोहर पखाल्ने क्रममा उनको रकम चोरी भएको थियो ।

प्रहरीका अनुसार चौधरीले तुलसीपुर–५ बसपार्कको वधशालामा आफ्नो कपडामा लागेको फोहर पखाल्ने क्रममा पैसा राखेको ब्याग नजिकै राखेर कपडा सफा गर्ने क्रममा दुईजना सडक बालकले ब्याग चोरेर फरार भएका थिए ।

प्रहरीले रु एक लाख ५० हजार नगदसहित एउटा मोबाइल पनि रहेको झोला चोरेर भाग्ने ती बालकको खोजी जारी रहेको जानकारी दिएको छ ।

ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment