Tuesday, March 1, 2016

एमालेको मधेसी भेला विराटनगरमा सम्पन्न

मंगलबार, १८ फागुन
मोरङ । नेकपा (एमाले) सम्बद्ध मधेसी कार्यकर्ताहरूको सङ्गठन ‘लोकतान्त्रिक मधेसी सङ्गठन’ मोरङको जिल्लास्तरीय भेला सोमबार साँझ विराटनगरमा सम्पन्न भएको छ ।
पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले यही फागुन २२ गते हुने पूर्वाञ्चलस्तरीय जनसभालाई भव्यरुपमा सम्पन्न गर्न जिल्लाव्यापी रुपमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको सङ्गठनका केन्द्रीय सदस्य एवम् मोरङ अध्यक्ष रामलाल साहले बताए ।
सङ्गठनले पार्टीका हरेक कार्यक्रममा मधेसी समुदायको उपस्थितिलाई बृहद् बनाउन विराटनगर उपमहानगरपालिका, जिल्लास्थित नगरपालिका र सबै गाविसमा अगुवा कार्यकर्ता परिचालन गरी घरदैलो कार्यक्रम गर्ने निर्णय भेलाले गरेको अध्यक्ष साहले जानकारी दिए ।
“पार्टीको निर्देशनअनुसार घर घरमा पुगेर कार्यक्रममा उपस्थितिका लागि जनतासमक्ष अपिल र आह्वान गर्नेछौँ” – अध्यक्ष साहले भने
पार्टी केन्द्रीय सदस्य एवम् कोसी अञ्चल इन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यमा भएको भेलामा मोरङ अध्यक्ष महेश रेग्मी, जिल्ला कमिटी सदस्यहरू बद्री कामत, शुकदेव यादव, सैयद आलम, सन्तोष साह, जीतनारायण सरदारलगायतको उपस्थिति रहेको थियो ।
नयाँ संविधानको कार्यान्वयन र पार्टी कार्यक्रमहरूलाई जनस्तरसम्म पु¥याउने उद्देश्यका साथ सञ्चालित तीन महिने मधेस जागरण अभियानको समापनका अवसरमा फागुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभाको आयोजना हुने भएको हो ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, महासचिव इश्वर पोखरेललगायत केन्द्रीय नेताहरूले विराटनगरमा सम्बोधन गर्ने जनसभाको तयारी भइरहेको छ ।
मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा हुने क्षेत्रीयस्तरको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेता कार्यकर्ता, जनसङ्गठनलगायत शुभेच्छुक, शुभचिन्तकलाई सक्रियरुपमा परिचालन गर्ने पार्टी जिल्ला कमिटीको पूर्व निर्णयअनुसार नै भेला आयोजना गरिएको जनाइएको छ ।
जनसभामा मोरङबाट ६५ हजार र बाँकी अन्य जिल्लाबाट समेत गरी एक लाखभन्दा बढीको जनसहभागिता जुटाउने कार्यक्रमअन्तर्गत मधेसी समुदायको पनि कार्यक्रममा उत्साहजनक उपस्थिति रहोस् भन्ने ध्येयका साथ भेला गरी घरदैलोलगायत प्रचारप्रसारलाई व्यवस्थित गर्न खोजिएको पार्टी अध्यक्ष महेश रेग्मीले जानकारी दिए ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment