Tuesday, March 1, 2016

प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन–पत्रमा के–के छन् ?

काठमाडौं, १८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिएको ज्ञापन–पत्रको भाषामा प्रारम्भीक सहमति जुटाएको छ ।
सद्भावना पार्टीको केन्द्रीय कार्यालय नयाँबानेश्वरमा बसेको सचिवालय बैठकले ज्ञापन–पत्रको भाषामा मोटामोटी सहमति जुटाएको हो ।
बैठकका विषयमा जानकारी दिँदै सद्भावना पार्टीका महासचिव मनीष सुमनले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओली ज्यूलाई बुझाउने भनिएको ज्ञापनि पत्रको भाषा मिलाएका छौँ । सो विषयमा आ–आफ्नो पार्टीमा सरसल्लाह गरेर आउने सहमति भएको छ ।’
ज्ञापन–पत्र मधेसी मोर्चाले उठाउँदै आएको ११ बुँदे मागको कार्यान्वयन, शहीदको दर्जा र क्षतिपूर्ति, घाइतेको उपचार, भूकम्पबाट घरबारबिहीन भएकाहरूलाई उचित बासको व्यवस्था, कालाबजारी नियन्त्रणलगायतका विषय राखेको छ । मधेस आन्दोलनका बेला मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्न माग गरिएपनि सरकारले बेवास्ता गर्दै आएको छ ।
सचिवालयको कार्यविधि र कार्यालय स्थापनाका विषयमा पनि छलफल गरेको मधेसी मोर्चाले होलीसम्मका लागि विभिन्न संघर्षका कार्यक्रम पनि तयार पारेको छ । तराई मधेस केन्द्रित संघर्षका कार्यक्रम सबै शान्तिपूर्ण हुने महासचिव सुमनले बताउनुभयो । कार्यदलको बैठक बुधबार पुनः बस्ने भएको छ ।
छ महिनादेखिको मधेस आन्दोलन निष्कर्षबिहीन हुन पुगेपछि मधेसी मोर्चाले नयाँ उर्जा र शक्तिका साथ आन्दोलनलाई माथि उठाउने उल्लेख गरेको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment