Tuesday, March 1, 2016

वर्षाेपछि पारस र हिमानीको यो कस्तो मिलन ?

काठमाडौं, १८ फागुन । झण्डै एक दशक लामो समयदेखि अलग बस्दै आएका पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् ।
नेपालमा राजसंस्था अन्त्य हुनुभन्दा पहिलेदेखि पारस र हिमानीको सम्बन्ध विग्रिएको बताइन्छ ।
यो बीचमा पारस थाइल्याण्ड बस्दै आएका थिए । राजा विरेन्द्रको निधनपछि ज्ञानेन्द्रले गद्दी सम्हाल्दा पारस निकै उग्र थिए । त्यही उग्र बानीले पारसलाई पूर्वराजा ज्ञानेन्द्रले विदेश पठाएका थिए ।

लामो समय थाइल्याण्ड बसेका पारस बेला बेला लागुऔषध कारोवार अभियोगमा पक्राउ समेत परे भने जेल पनि परेका थिए । त्यो समयमा यता हिमानी समाजसेवामा लागिन् । थाइल्याण्डमा प्रेमिका समेत बनाएपछि हिमानीसँग सम्बन्ध थप चिसिएको थियो । यसैक्रममा पारस गत वर्ष चैत १९ मा नेपाल फर्किएका थिए । उनलाई निर्मल निवासको ढोका बन्द गरियो भने हिमानीसँग भेट्न पाएनन् ।
तर, केही दिन अघि पारस र हिमालीको अपत्यारिलो मिलन भयो । त्यो पनि विवाहको समारोहमा । पारसका फुपू शोभा शाहीको छोरा हिमबानको विवाह समारोहमा हिमानीसँग उनले सँगै फोटो खिचाए ।

विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका हुन् । पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपनि उनी श्रीमतीसँगै एउटै तस्बिर देखिएका थिएनन् ।
थाइल्यान्डबाट स्वदेशमै बस्ने गरी फर्किए पनि पारस पूर्व युवराज्ञी हिमानी र आफ्ना छोराछोरीसँग भने बसेका छैनन् । यो मिलनले पारस र हिमानीबीच सम्बन्ध सुध्रिदै गएको संकेत गरेको छ ।
तस्वीर स्रोतः पहिलोपोस्ट ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment