Tuesday, March 1, 2016

बाबुरामले भने– भारतसँगको मेरो योजनाको निरन्तरता ओलीले दिए

मंगलबार, १८ फागुन
काठमाडौँ । नयाँ शक्ति नेपालले नेपाल र भारतबीच अवरुद्ध रहेको द्विपक्षीय सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि संवादको चरणमा प्रवेश गरेको टिप्पणी गरेको छ ।
नयाँ शक्तिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीको भारत भ्रमणपछि सम्बन्ध सुधारको चरणमा प्रवेश गरेको र सहजीकरण हुने दिशामा केन्द्रित रहेको जनाएको हो ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले भने– “म प्रधानमन्त्री भएकै बखत सुरु भएका केही कार्यक्रम पुनःसुरु गर्ने सहमति भएको छ । राजनीतिक तहमा संवाद सुरु भएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।”
उनले राजनीतिमा नयाँ पनको सुरुवात जरुरी रहेको भन्दै आफूहरु त्यतैतिर केन्द्रित हुने र समाज सुधारमा लागिपर्ने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा हरियो काठमाडौँ, सफा काठमाडौँ अभियान सुरु गर्ने, भ्रष्टाचारविरुद्ध सहयोगक कक्ष स्थापना गर्ने, नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने र राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान सञ्चालन गर्ने घोषणा गरियो ।
सो अवसरमा नयाँ शक्ति अभियानका प्रचार प्रमुख मुमाराम खनाल र अर्थ विभाग प्रमुख रामेश्वर खनालले आ–आफ्नो विभागले गर्ने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment